झापाकी दीक्षा पाठक। हिरोइन बनेर तहल्का मच्चाउने ठूलो अभिलाषा बोकेकी छिन् यिनले। त्यसैले पत्रकारिता विषय पढ्दै गरेकी यिनले सिनेमा क्षेत्र नै रोजिन्। थारू भाषाको चलचित्रमा अभिनय गरेपछि कलाकारिता क्षेत्रतर्फ हामफालेकी दीक्षाले त्यसपछि टेलिफिल्म र अन्य फिल्महरूमा काम गरिन्। उनले अभिनय गरेको दुइ ठूलो पर्दाका चलचित्रहरू 145नाइन ओ क्लक146 र 145लुकी–लुकी146 अब प्रदर्शनका लागि तयार भएका छन्।
० पत्रकारितामा नलागेर किन सिनेमा क्षेत्र रोजेको नि?
० पत्रकारितामा नलागेर किन सिनेमा क्षेत्र रोजेको नि?
– बच्चादेखि नै मेरो रहर सिनेमा क्षेत्र थियो। यसमा नलागीकन सकिनँ।
० भनेपछि अब पत्रकारिता छोड्ने?
– होइन नछोड्ने? कलाकारितामा खासै केही गर्न सकिएन भने त पत्रकारिता आफ्नो विषय छँदै छ नि।
० झापाका केटीहरू निकै धूर्त हुन्छन् भन्छन् नि?
– त्यो त हेर्ने दृष्टिकोण र व्यवहारमा भर पर्छ। के म धूर्त छु त।
० किन त्यसो भनिएको होला?
– हरेक ठाउँमा हुन्छन् राम्रा या नराम्रा। केही नराम्राले गर्दा अरूमाथि पनि त्यस्तै नजरले हेरियो। तर, सबैलाई एउटै नजरले हेरिनु राम्रो होइन।
० सिनेमा खेल्न त निर्माताहरूको ओछ्यान तताउनुपर्छ। नयाँबाट निर्माताले यस्तै आशा राख्छन् भन्छन् नि?
– अरूले के गरे त्यो मलाई थाहा छैन। तर मैले अहिलेसम्म त्यस्तो गर्नुपरेको छैन। त्यो त आफूमा पनि भर पर्छ। मलाई त ओछ्याउन तताएर फिल्म खेल्नु छैन।
० दीक्षा त नयाँ कलाकार, काठमाडौंमा टिक्न सकिन्छ त?
– अहिलेसम्म टिकेकै छु। हेरौँ कहिलेसम्म टिकिन्छ। सङ्घर्ष गर्दै छु फल त पाइएला नि।
० कत्तिका छन् दीक्षामाथि आँखा लगाउनेहरू?
– होलान्, तर मैले पनि त आँखा लगाउनुपर्यो नि। अहिले ब्यायफ्रेन्डतिर लागेकी छैन म। पहिले क्यारियर नै बनाउने उद्देश्य छ।
० आजभोलि त नयाँ केटीहरू निकै उत्तेजक फोटो खिचेर बजारमा छाउन थालेका छन्। दीक्षाको के छ यसमा विचार?
– त्यसरी हेर्दा पनि घीन लाग्ने तस्बिर खिचाएर चर्चामा आउनु छैन मलाई। त्यस्तो काम त अशिक्षितहरूले गर्छन्। म त एउटा जिम्मेवार विषयको विद्यार्थी पनि त हुँ नि।