जाजरकोटका अधिकांश सरकारीकार्यालयका कर्मचारीहरु मदिरा सेवन गरेर कार्यालयमा आउदा दैनिक कामकाजमा वाधा पुग्दै आएको सेवागा्रहीले गुनासो गरेका छन् । मदिरा सेवन गरेर कार्यालयमा आएर जनताका काम काज भन्दा पनी अन्य कर्मचारीहरु संग झगडा गर्दा वातावरण अशान्त हुने गरेको एक कर्मचारीले वताए ।
दैनिक जनताको काम भन्दा पनी कार्यालयमा झगडा गर्न आएजस्तो हुने गरेको समेत उनले थपे । सरकारी कार्यालयको काम कारवाई के कस्तो भयो भनेर निगरानी गर्ने जिल्ला प्रशासन कार्यालयका कर्मचारी नै दैनिक मदिरा सेवन गरेर आउने गरेको देखिन्छ । त्यस्तै नेपाल टेलिकम, वन कार्यालय, पशुसेवा कार्याललय, जिल्ला स्वस्थ्य कार्यालय र जिल्ला विकास समितीका कर्मचारीहरु दैनिक मदिरा सेवन गरेर कार्यालयमा आउने गरेको देखिएको छ । तर ती कार्यालयका प्रमुख भने मुखदर्शक हुने गरेको पाईन्छ । मदिरा सेवन गरेर ति कर्मचारीले काम गर्दा धेरै पटक काम विग्रिएको र जनताले हैरानी पाएको सेवा ग्रही दिलवहादुर नेपाली बताउछन ।
जिल्ला स्वस्थ्य मा कार्यरत एक कर्मचारी कैयान पटक मदिरा सेवन गरेर कार्यालयको कार्यकक्षमा निदायपछि रातीभरी थुनिएको र भोली पल्ट कार्यालय सहयोगीले कार्यालय खोल्दा मात्र थाहा हुने गरेर स्वस्थ्यका एक कर्मचारीले वताए ।
हेमन्त केसी फागुन ३–

-- ग्रेत वे