अनुमान नं. २ : ब्राजिल Vs अर्जेन्टिना
ब्राजिलमा हाल भइरहेको विश्वकपमा आजदेखि समूह चरणका सबै खेल सकिएर फाइनलसम्मको समीकरणको अनुमान लगाउन सजिलो भएको छ। समूह चरणका खेलमा भए पो एउटा खेल हारे पनि अर्कोमा राम्रो गरौँला भन्ने हु्न्थ्यो। अब भने एउटा खेल हार्ने बित्तिकै प्रतियोगिताबाटै आउट भइन्छ। त्यस्तै अब त ड्र पनि खेल्न पाइन्न, टाइब्रेकरले छुट्याइन्छ। ३२ राष्ट्रको सहभागिता दोस्रो चरणमा पुग्दा १६ मा झरेको छ। त्यसबाट क्वार्टरफाइनलमा ८, सेमिफाइनलमा ४ हुँदै फाइनलमा २ टिम बाँकी रहन्छन्। समूह चरणको प्रदर्शनका अनुमानमा माइसंसारले फाइनलसम्मको समीकरण अनुमान गरेको छ। एउटा अनुमान धेरैले सोचे जस्तै फाइनल ब्राजिल र अर्जेन्टिनाबीच हुने हो (माथिको चित्रमा हेर्नुस्) तर त्यसका लागि दुवै टिमलाई त्यति सजिलो भने छैन। ब्राजिलले दोस्रो चरणमा चिली, क्वार्टरफाइनलमा कोलम्बिया वा उरुग्वे, सेमिफाइनलमा फ्रान्स वा जर्मनीलाई पन्छाउनु पर्नेछ। उता, अर्जेन्टिनाले पनि दोस्रो चरणमा स्विट्जरल्यान्ड, क्वार्टरफाइनलमा बेल्जियम वा अमेरिका अनि सेमिफाइनलमा अहिलेसम्म सशक्त प्रदर्शन गर्दै आएको नेदरल्यान्ड्सको तगारो पन्छाउन सक्नुपर्नेछ।
अनुमान
नं. २ : ब्राजिल Vs नेदरल्यान्ड्स
अनुमान
नं. ३ : जर्मनी Vs नेदरल्यान्ड्स
जर्मनी र नेदरल्यान्ड्सबीच फाइनल : यो अनुमान चाहिँ मेरो व्यक्तिगत विचारमा साँच्चै होला जस्तो छ। तर ब्राजिलको प्रतिकूल मौसममा युरोपेली टिमको विजय संभव होला? हेर्न बाँकी छ। यो अनुमान सही बनाउन जर्मनीले क्वार्टर फाइनलमा फ्रान्स, सेमिफाइनलमा ब्राजिलको तगारो हटाउनु पर्नेछ। उता नेदरल्यान्ड्सलाई भने सबैभन्दा ठूलो खड्गो अर्जेन्टिनाबाटै देखिन्छ, जुन सेमिफाइनलमा हुनेछ।
अनुमान
नं. ४ : जर्मनी Vs अर्जेन्टिना
यो अर्को अनुमान हो। अहिलेसम्म सशक्त प्रदर्शन गर्दै आएको जर्मनीले क्वार्टरफाइनलमा फ्रान्स र सेमिफाइनलमा ब्राजिललाई पराजित गरेको अवस्थामा यस्तो हुनसक्छ। यसका लागि उतापट्टी अर्जेन्टिनाले चाहिँ सेमिफाइनलमा नेदरल्यान्ड्सको खड्गो पार गरेको हुनुपर्छ।
अनुमान
नं. ५ : फ्रान्स Vs अर्जेन्टिना
फ्रान्स पनि कम छैन। समूह चरणमा एक बराबरी र दुई जितका साथ अपराजित फ्रान्सले क्वार्टर फाइनलमा जर्मनी र सेमिफाइनलमा ब्राजिलको तगारो पार गर्यो भने फाइनल फ्रान्स र अर्जेन्टिनाबीच पनि हुनसक्छ।
अनुमान
नं. ६ : फ्रान्स Vs नेदरल्यान्ड्स
उतापट्टी सेमिफाइनलमा अर्जेन्टिना पराजित भयो भने र यता फ्रान्स अघि बढ्यो भने फाइनल फ्रान्स र नेदरल्यान्ड्स बीच पनि हुन सक्छ।
के थाहा, विश्वकपमा उलटपुलट नतिजा पनि आउन सक्छ। दोस्रो चरणमा नसोचेको टिमले जितेर अघि बढ्यो भने यो समिकरणमा थोरै परिवर्तन हुने निश्चितै छ। तर लगभग माथिको अनुमान मिल्ला कि, तपाईँको के विचार छ ? को-को पुग्ला त फाइनलमा ?
साभार : माई संसार
ReplyDeleteअनुमान न ३ शाही हो । अर्थात् अनुमान लगाउनै पर्दैन यो पाली निदर्लेन्द ले जित्छ जर्मनिलाई