मानवीय जीवनमा भावना (इमोसन) को ठूलो भूमिका रहन्छ। प्रेम, भय, डर, खुसी, आनन्द तथा उदासी आदि मानवीय जीवनका मूल भावना या संवेग हुन्। (संवेग) हुन्। मूल संवेग अनार्जित र सार्वत्रिक हुन्छन्। यी हरेक संस्कृतिमा पाइन्छन्। जस्तो कि आफन्तको बिछोडमा दुःखी हुनु।
हरेक मानिसले जीवनमा प्रेम चाहन्छ, मिलन चाहन्छ, सफलता चाहन्छ। यसर्थमा युवायुवतीले प्रणय दिवसका दिन
एकअर्कालाई प्रेम प्रस्ताव राख्नु अनौठो कुरा होइन। त्यो किनभने ‘प्रेम' हरेक सामान्य युवायुवतीका लगि एक जैविक, मनोवैज्ञानिक तथा सामाजिक आवश्यकता हो र प्रणय दिवस त्यो आवश्यकता पूर्तिको अवसर हो। तर, दुःखको कुरा के भने भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवसमा सक्कलीभन्दा पनि नक्कली प्रेमका अनेकौ" रूपरङ देख्न पाइन्छन्। अधिकांश यस्ता प्रेम यौन उन्माद हुन्, मात्र यौन उन्माद।
प्रेम एक धनात्मक (सकारात्मक) भावना हो। यो मानिसमा बाल्यकालदेखि नै विकसित हुन्छ। जब मानिसमा कुनै मानिस, पशुपंक्षी, स्थान तथा पदार्थप्रति आकर्षण विकसित हुन्छ, तब यस्तो संवेगात्मक स्थितिलाई प्रेम (लभ वा एफेक्सन) को संज्ञा दिइन्छ। यस्तो संवेगमा व्यक्तिले मित्रता, सहानुभूति तथा सहयोगको प्रवृत्ति देखाउ"छ। प्रेमले मानिसको तनमनमा ठूलो प्रभाव पार्छ। प्रेमले शरीरमा इन्डोर्फिन, सेरोटोनिन तथा इम्युनोग्लोबुलिनजस्ता रसायन निष्कासन गर्छ, जसले मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यमा ठूलो भूमिका निर्वाह गर्छन्।
सकारात्मक प्रेमको विचारले खुसीका अणुहरू निष्कासन गर्छ, जब कि नकारात्मक विचारले हाम्रो इम्युनिटीलाई नै कमजोर पार्छ। र, रोगहरूले आक्रमण गर्छन्। त्यसैले ठोकुवा गर्न सकिन्छ- मानिसको रोगका लागि प्रेमभन्दा ठूलो चिकित्सा यो जगत्मा अर्को छैन। वास्तवमा प्रेम हरेक रोगको औÈधि हो। प्रत्येक रोगको उपचार हो। यो कुरा हरेक चिकित्सकले बुझ्नुपर्छ र बिरामीलाई प्रेम र विश्वासको क्याप्सुलमा औÈधि हालेर दिनुपर्छ। अनि, जस्तोसुकै घातक रोग पनि निको हुन सक्छ।
प्रेमबिना मानिसको जीवन असंभव छ। प्रेमबिना मानिस बा"च्नै सक्दैन। अरू कुरो छोडौँ, शरीरका अंगप्रत्यंगले पनि बेला-बेलामा तपाईंको ध्यान आकर्षण गर्न खोज्छन्। तपाईंको प्रेम खोज्छन्। त्यसैले शरीरको कुनै अंग दुखेको छ भने त्यहा"का जीव कोषहरूले तपाईंको प्रेम खोजिरहेका हुन्छन्। त्यसैले त्यो अंगमा ध्यान दिनुहोस्। प्रेमपूर्वक त्यो अंगलाई स्पर्श गर्नुहोस् त, तपाईंले तुरुन्तै राहत महसुस गर्नुहुनेछ। प्रसिद्ध लेखक एम्मेट फाक्सले भनेका छन्, ...पर्याप्त प्रेम गर्न सक्यौ भने तिमी संसारको सबैभन्दा शक्तिशाली व्यक्ति बन्नेछौ।'
हुन पनि हो, यो ‘प्रेम' शब्द नै कति मीठो र श्रुतिमधुर छ कि यो शब्दध्वनि कानमा पर्नासाथ मनस्थिति तुरुन्तै परिवर्तन हुन्छ। र, मन ‘प्रेम रस' मा आ≈लादित हुन पुग्छ। प्रेममा आनन्द छ। प्रेममा शान्ति छ। प्रेममा शक्ति पनि छ। प्रेम नै यस्तो भाव हो, जसले मानिसलाई शान्ति पनि दिन्छ, शक्ति पनि दिन्छ। वास्तवमा ‘प्रेम' जीवनको प्रेरक शक्ति हो, मस्तिष्कको अपार ऊर्जा हो, असीम सुखको पवित्र गंगा हो, परम शान्तिको अनन्त स्रोत हो। जब मानिस ‘प्रेममय' हुन्छ, तब ऊ आफ्नो वास्तविक स्थितिमा रूपान्तरित हुनपुग्छ। प्रेमको धारा व्यापक छ, समग्र छ, सर्वत्र र सार्वभौमिक छ। त्यसैले नै बेन्जामिन डिजरायलीले भनेका छन्, ...हामी सबै प्रेम गर्न उत्पत्ति भएका हौँ। यो नै अस्तित्वको सिद्धान्त हो। र, एक मात्र अन्त्य।'
हो, प्रेम सकारात्मक भावना हो। तर, प्रेममा विघ्न-वाधा तथा अड्चन आइपर्यो भने प्रेम स्वयं एक समस्या बन्छ। यसले मानिसमा क्रोध, व्यथा (डिस्टे्रस) तथा उदासी जस्ता नकारात्मक भावना निम्त्याउ"छ। उदासी (स्याडनेस एन्ड डिप्रेसन) यस्तो सांवेगिक प्रतिक्रिया हो, जो प्रिय मानिस बिछोड ह"ुदा तथा प्रिय वस्तु हराउ"दा उत्पन्न हुने गर्छ। जब यस्तो उदासीको संवेग ज्यादै तीव्र हुन्छ, त्यसलाई शोक वा विषाद (ग्रिफ) भनिन्छ। यदि शोक अवधि धेरै लम्बियो भने जीवनको चारैतिर अँध्यारो छाउ"छ। मानिस जिउ"दो लासजस्तो भएर बा"चेको हुन्छ। यसलाई कडा खालको अवसाद (क्लिनिकल डिप्रेसन) भनिन्छ। र, आधुनिक समाजमा डिप्रेसन आत्महत्याको प्रमुख कारण भएको छ।
डिप्रेसन कुनै नया" रोग होइन, युगौँदेखि, अझ भन्ने हो भने मानिसको उत्पत्तिस"गै समाजमा देखा परेको रोग हो। यस रोगको पुरानो नाम उदासीनता हो। हजारौ" वर्षपहिले रामायणमा, रामको बिछोडमा दशरथ तथा सीताको बिछोडमा रामसमेत डिप्रेसनको शिकार भएको देखिन्छ भने महाभारतमा श्रेष्ठ धनुर्धर अर्जुन पनि उदासीनताको चंुगुलमा परेको भेटिन्छ। रामले हनुमानको सहयोग (सोसल सर्पोट) पाए। अर्जुनले कृष्णको सहयोग (उपदेश) पाए र दुवै आ-आफ्ना लक्ष्य पूरा गर्न सफल भए। तर, दशरथले यस्तो मौका पाएनन्। उदासीनताकै कारण उनको ज्यान गयो। कृष्णले अर्जुनलाई दिएको त्यो उपदेशलाई गीता भनिन्छ। सम्भवतः यो सबैभन्दा पुरानो मनोचिकित्सा हो र कृष्ण पहिलो मनोचिकित्सक हुन्।
नेपाली समाजमा प्रेमीप्रेमिकाको ‘प्रेम'को बाधक भनेको नै जातपात र धन हो। त्यसो त शिक्षा पनि कहिलेकाही" प्रेममा बाधक बन्ने गर्छ। अल्लारे प्रेमले पनि धेरै युवा-युवतीको जीवनमा समस्या पैदा गर्छ। किनकि अल्लारे बैँसमा धेरै युवा-युवतीले प्रेमलाई केवल यौन तृष्णाको प्यास बुझाउने माध्यम ठान्छन् र यस्तै प्रेममा रमाउन चाहन्छन्। तर ढिलो-चा"डो यस्तो उन्मत्त कामुक प्रेमले मानिसहरूको जीवनमा धेरै समस्या निम्त्याउ"छ।
युवायुवतीको कुरा मात्र पनि होइन, किशोरकिशोरदेखि वृद्धसम्मका लागि पनि हिजोदेखि नै यौन प्रमुख आकर्षणको केन्द्र भएको छ। अधिकांश विवाहित पुरुषसमेत अन्य स्त्रीस"ग यौनसम्पर्क गर्न सधै" लालायित रहन्छन्। कतिपय यस्ता मानिस यसैको खोजीमा हुन्छन्। तर, विवाहित महिलाको कुरा गर्ने हो भने पतिबाट यौन सन्तुष्टि प्राप्त गर्न नसकेका तथा आर्थिक स्थिति कमजोर भएका कतियप महिलाले परपुरुषस"ग यौनसम्पर्क राख्ने गरेको देखिन्छ। बढ्दो शहरीकरण, शहरकेन्द्रित बसाइ तथा मोबाइल फोन, च्यानन टीभी र इन्टरनेटले गर्दा नेपाली समाजमा समेत यौन उन्मत्तता बढ्दै गएको हो। त्यहीमाथि भ्यालेन्टाइन्स डेको बहाना त छ"दै छ।
हो, यौन प्राकृतिक कुरा हो। हरेक सामान्य मानिसमा यौन चाहना हुने गर्छ। अधिकांश मनोवैज्ञानिक तथा यौन विशेषज्ञहरू यस कुरामा सहमत छन् कि मानिसमा यौन भावना जन्मदेखि नै एक ऊर्जाको रूपमा मौजुद हुन्छ। यस्तो यौन ऊर्जा युवाकालमा निकै बलवान् हुने गर्छ।
यौन एउटा मनोभावले एक समस्या हो, तर अर्को मनोभावले यो परमानन्द पनि हो। निर्मल प्रेमपूर्ण अंगालोको यौनक्रीडाले मानिसलाई परम आनन्दित बनाउ"छ। स्त्री-पुरुष, दुवैलाई स्वर्गीय सुख दिलाउ"छ। वास्तवमा ऊर्ध्वगामी अर्थात् धनात्मक दिशाको यौन एक ऊर्जा हो, असीमित शक्ति हो। त्यसैले भन्न सकिन्छ, ऊर्ध्वगामी प्रेम र यौन भावानाले नै शरीरलाई शक्ति दिन्छ र मनमस्तिष्कलाई अपार ऊर्जा। र, यसरी मानिस सफल र सुखी बन्छ।
(लेखक स्नायुमनोविद् हुन्।)
ओम बानियाँ
-नागरिक