ब्यथाले च्यापेपछि रिक्सामा राखेर कोसी अञ्चल अस्पताल ल्याउँदै गरिएको थियो।
जोगवनीको रेल्वे प्लेटफर्मको पश्चिमपट्टिको टिकुलिया बस्तीमा बस्ने गुञ्जालाई बिहीबार विहान रिक्सामा राखेर कोसी अञ्चल अस्पताल ल्याउँदै गर्दा करिब साढे आठ बजे बाटोमै ब्यथाले च्यापेको थियो। ‘असहज भएपछि रिक्साबाट उतारेर सडकमै राख्यौ,' स्थानीय ममता थापाले भनिन,‘हामीहरुले सडकमै घेरा हालेर सुत्केरी गरायौ।'
ब्यथाले च्यापेको महिलालाई स्थानीय महिलाहरुले चारैतिरबाट सडकमै घेरा हालेर तातो पानी खुवाउँदै शिशु जन्माउनमा सहयोग पुर्याएको थियो। करिब डेढ घण्टाको प्रयासपछि गुञ्जाले सडकमै छोरा जन्माइन्। उनलाई स्थानीयहरुले पचास-सय रुपैयाँ सहयोग संकलन गरेर प्रहरीको गाडीमा राखेर कोसी अञ्चल अस्पतालको प्रसुति वार्डमा भर्ना गराइएको छ। अस्पतालका अनुसार शिशु र आमा दुबैको स्वास्थ्य अवस्था समान्य छ। गुञ्जाको यसअघि दुई छोरी र एक छोरा छन्।
-नागरिक न्युज
तस्बिर : अजित तिवारी
