CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » » बौद्ध धर्मका सन्दर्भका दलाई लामाका बिबादास्पद भनाईहरु

बौद्ध धर्मका सन्दर्भका दलाई लामाका बिबादास्पद भनाईहरु


दलाई लामाले बोलेका प्रशंगलाई लिएर धेरै कुराहरु मिडियामा आइरहे। उनले जे भनेपनि धर्मुगुरुले भनेका हुन यसै शिरोधार्य गर्नुपर्छ भनी कोही चुपचाप रहने देखिए भने कोही सही कुरा बोल्न वा चित्त नबुझेका कुरामा बोल्नुपर्छ भन्ने पनि उत्तिकै देखिए। दुबै खालेका उग्र सम्बादले मिडिया निक्कै नै अप्रिय ढंगमा गरम रहन गयो। मिडियामार्फत थाहा भयो दलाई लामाले, बुद्धमार्गको शुरुवात भारतबाट भएको हो। कोही कोही बुद्धलाई नेपाली भन्छन् केहीले भारतीय तर यसबाट केही फरक पर्दैन भनेका रहेछन्। तर यसको ठीक विपरित बुद्धको जन्मभूमी नेपालमा पर्नुले नेपाल र नेपालीलाई धार्मिक, राजनीतिक, आर्थिक र साास्कृतिक हिसाबले धेरै फरकपर्छ भन्ने नेपालीहरु देखिए र यी मान्य धर्मगुरु अनुयायीहरुलाई चित्तै दुख्ने हिसाबमा प्रश्नका दायरामा पर्नपुगे। त्यहाा गएर सुन्ने धेरैले मानेका छन्, त्यसदिन दलाई लामाले बुद्धका जन्मस्थानबारे उच्चारणै नगरेको भए पनि उनको प्रवचनमा कमी रहने थिएन। अनि बुद्ध जन्मेका त नेपाली भूमी लुम्बिनीमै हो भन्ने सत्य बोल्दा पनि त्यस प्रवचनमा कमी वा कुनै चारचााद पनि लागिहाल्ने थिएन। तर बुद्ध भारतीय राजकुमार हुन् भन्ने भ्रम विश्वमा फैलिरहेको र भारतले त्यसैमा कुत्सित ढंगमा हावा दिइरहेको अनि नेपालीहरु भने ज्यान फालेर बुद्धजन्मस्थल लुम्बिनीको प्रतिष्ठालाई उचाल्न खोजिरहेको बेलामा धर्मगुरुलेे त्यो विषय नै महत्वपूर्ण होइन भन्न पुग्दा गुरुले सत्य कुरामा प्रकाश पार्न जीब्रो चपाएको मात्र होइन अझ झुठलाई नै साथ दिएको आभासमा नेपाली जनमानस झस्कन पुगे। बिचारणीय यो छ –यो भनाई यस्तो सभामा भनिएको थियो कि जसको आयोजक लुम्बिनीको प्रतिष्ठालाई उचाल्न लागिपर्ने सक्रिय नेपालीहरु नै थिए। दलाई लामाका उक्तिलाई बुद्धका राष्ट्रियता नेपाली वा भारतीय भन्ने विवादलाई सान्दर्भिक बनाइएको छ। तर शब्द चयन त्यस्तै भएपनि बुझिन्छ राष्ट्रियताको कुरा यसमा पक्कै उनले उठाएका होइनन्। २६०० वर्षअघि न नेपाल थियो न भारत. उबेलाका कुरालाई आजको राजनीतिक भूगोलको दायरामा कुनै अज्ञानीले राख्छन् होला तर दलाई लामाजस्ता धर्मगुरुले पक्कै राखेका होइनन्। कुरा के हो र पक्कै के हो भने दलाई लामाले नेपालीहरुको बुद्ध जन्मस्थल आजको दिनमा लुम्बिनी नेपालमा पर्छ भन्ने सत्याग्रह र भारतीयहरुको 218बुद्धधर्म भारतबाट शुरु भएको218 भन्दै गोलमटोलमा बुद्धलाई भारतीय बनाउने प्रयाशको सन्दर्भमा बोलेका हुन्। त्यसैमा नेपाली जनमानसले बुझ्नपुग्यो कि दलाई लामा नेपालीहरुको सत्याग्रहलार्ई धर्म र गुरुबचनको आडमा निरुत्साहित गर्दैछन् र घुमाई फिराई भारतीयहरुको कुत्सित प्रयाशलाई पक्षपोषण गर्दैछन्। केहीले भनेका छन् कि दलाई लामालको उक्तिबाट कुनैपनि नेपालीले मन दुखाउन पर्दैन किनभने उनले बुद्ध जता जन्मेपनि धार्मिक हिसाबमा कुनै फरक पर्दैन भनेका हुन् लुम्बिनिलाई हेपेर भनेका होइनन्। उनी लुम्बिनीलाई चार सम्बेजनीय स्थान मध्यको एक मान्छन् र केही पहिले उनी लुम्बिनिमा तीर्थसमेत गर्नआएका थिए. त्यसबखत नेपाल सरकारले चीन रिसाउाछ भनी सहज यात्रा गर्नदिएका थिएनन् र पनि उनी सामान्य तीर्थयात्री सरह यहाा आएका थिए। उनले यसलाई महत्व दिंदैन भन्ने त हुादै होइन। तर त्यसै आधारमा उनैका बोली केलाउदै नेपालीहरु भन्छन– त्यसैले त नेपालको महत्तालाई छायाामा पार्दै भारतीय हितको पक्षपोषण गर्ने उनी दाउ गर्छन्। बुद्धको जन्मस्थल भएको हुादा लुम्बिनी बौद्धहरुको लागि चार संवेजनीस्थल ( जन्मस्थल लुम्बिनी, बुद्धत्व प्राप्त गरेको स्थान बोधगया, प्रथम धर्म प्रचार गरेको स्थान सारनाथ र निर्वाण प्राप्त गरेको कुशीनगर ) मध्ये एक मानिएको छ। जापान वा तिब्बत वा चीन वा श्रीलंकाका आदि स्थानका बौद्धहरुलाइ लुम्बिनी भारत वा नेपालमा पर्दा केही फरक नपर्ला किनभने उनीहरुले नेपाल व भारत भन्दा पनि बुद्धको जन्मस्थललाई महत्व दिने हो तर नेपालीहरु र भारतीयहरुलाई त फरक पर्छ र धुम्धामले पारिरहेको छ। त्यो गौरवशाली भूमी नेपालमा परेको छ र नेपालीको गर्व आकाशमा चुलिएको छ। लाखौा करोडौा पयर्टकहरु आउादा यहााको सम्मान र आर्थिक स्थिति युगौायुगसम्म चुल्लिएको चुल्लियै हुने स्थिति छ। त्यसैले नै नेपालीहरु लुम्बिनीको प्रतिष्ठालाई प्रवद्धन गर्न ज्यान फालेर उद्दत छन् र भारतीयहरु आ136नो पक्षमा झुठको खेति गर्न मरिमेट्दै छन्। यतिखेर सम्झना भइरहेछ सदा बुद्धलाई भारतीय राजकुमार भन्दै हिाडने वा पुस्तकै छपाउने रामदेवले गतबर्ष काठमाडौामा आएका बेला बुद्धको जन्मस्थल नेपाली भूमी लुम्बिनी भएको कुरा २३ सय वर्ष पुरानो अशोकस्तम्भले प्रमाणित गरेको छ त्यसैले बुद्ध कहाा जन्मे भन्ने कुरा विवादको कुरै होइन भन्दा काठमाडौाको आकाश नेपाली तालीले गुञ्जायमान भएथ्यो। रामदेव त बौद्धमार्गी पनि होइनन्, लुम्बिनीलाई छायाामा पार्न भारतीय खेलका कारक भारतकै एक चरम राष्ट्रवादी नागरिक हुन्। उनले भारतीय स्वार्थमा हाामा हाा नमिलाई सत्यको वकालत गरे। उनले पक्का सन्तको परिचय दिए र त्यसरी पूज्य भए। प्रमाणिक सत्यनै धर्मको आधार मान्ने बुद्धधमर्का यी धर्मगुरुलाई त्यही प्रमाणिक सत्य बोल्न केले विचलित गर्‍यो? शंका उब्जियो नेपाली मानसमा। जुन धर्मको दलाइ लामा धर्मगुरु बनेका छन्। जुनधर्मका प्रवर्तकका उनी कुनै सम्प्रदायमा अवतारी पुरुष नै बनेका छन्। उनै धर्मका प्रवर्तक महात्मा बुद्धको जन्मस्थल कहाा हो भन्ने कुरा धर्म वा एक गुरुलाई कसरी महत्वपूर्ण हुन्न? जुन स्थानको हावापानी माटो र आकाशले बुद्धलाई बुद्ध हुने सम्मको देह प्रदान गर्‍यो, जुन स्थानकोे संस्कृति, संस्कार, शीक्षा र परिवेशका प्राज्ञिक आधारहरुले बुद्धलाई बुद्ध बनाउने बौद्धिक मानस प्रदान गर्‍यो त्यो कारक भूमी कसरी महत्वपूर्ण भएन भन्न पुगे? बुद्ध स्वयम नै बुद्धत्व प्राप्त गरेपछि आफूलाई त्यहाासम्मको स्थितिमा पुर्‍याउने यस महान भूमीलाई सम्मान दिन नतमस्तक भएर यहाा आएका थिए। हरेक कार्यको जड नै कारण हो र विनाकारण कुनै परिणति हुन्न भन्ने सिद्धान्त प्रतिपादन गर्ने बुद्ध धर्मका कारण भनेको चार आर्यसत्यमा एक आर्यसत्य मानिन्छ। बुद्धलाई बुद्ध बनाउने कारणका तत्वलाई यसै धर्ममा धर्मगुरुले नेपाल वा भारतमा कतै पनि पर्दा केही फरक पर्दैन भनी कसरी भन्न पुगे? यहाा नेपालीलाई काहाानिर दुख्न पुग्यो भने त्यो भूमी आज नेपालमा पर्छ भन्ने कुराकै महत्तालाई उनले छायाामा पार्नखोजे। यहाा नेपालीलाई अझ बढी कहाानिर दुख्न पुग्यो भने भारतले बुद्ध भारतीय राजकुमार हो भनी भ्रम फैलाउादै जन्मस्थल लुम्बिनिको उच्चारण नै नगरी बुद्धमार्ग भारतबाट शुरु भएको भन्ने संसारभर डंका पिटी रहेको बेलामा त्यही बोली उनले बोल्न पुगे। विवादमा उत्रनेहरु सोच्दछन्। दलाईलामा भारतको शरणमा बसेर फि्र तिब्बतको राजनीति गर्दैछन् र भारतको सहयोगबिना उनको राजनीति चल्नेवाला छैन। त्यसैले उनी भारतीय बोली बोल्छन्। उन्को यो बोली कदाचित धर्मसम्मत छैन राजनीतिसम्मत छ। बुद्धले त धर्मको लागि राज्य त्यागेका थिए तर दलाइ लामा भने राज्यप्राप्तिको लागि धर्मको उपयोग गर्दै देखिन्छन्। अझ फि्र तिब्बतको पक्षमा समस्त चीन विरोधी विश्व समुदाय दलाइलामाकै पक्षमा राजनीतिक हिसाबमै एकैतिर ध्रुविकृत छन्।  



 -- कविताराम श्रेष्ठ, देशप्रेम 

Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis