CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » आयो सबैभन्दा सस्तो महिन्द्राको इलेक्ट्रीक कार

आयो सबैभन्दा सस्तो महिन्द्राको इलेक्ट्रीक कार

car
भारतको चर्चित मोटर कम्पनी महिन्द्राले विश्वकै सम्भवतः सबैभन्दा सस्तो विद्युतिय कार सार्वजनिक गरेको छ । रेवा इ टू नाम दिइएको उक्त कारको भारतीय बजारमा मुल्य ५ लाख ९० हजार भारु तोकिएको छ ।
भारतमा सार्वजनिक गरिएलगत्तै यहीँ
वर्षभित्रमा यो कार युरोप तथा अफि्रकाका बजारमा पूराउने लक्ष्य महिन्द्रा कम्पनीको रहेको छ ।
बिजुलीबाट चल्ने यो कारको गति ८० किलोमिटर प्रतिघण्टा सम्म छ भने एकचोटी ब्याट्री पूरा चार्ज गरेको खण्डमा यो कार १ सय किलोमिटर सम्म गुड्न सक्छ ।
महिन्द्राले प्रदुषणरहित भविष्य बनाउने लक्ष्य सहित यो सस्तो विद्युतिय कार बनाएको दाबी गरेको छ । महिन्द्राले सन् २०१० मा रेवा कम्पनी खरीद गरेको थियो । महिन्द्राले खरिद गरेपछि रेवाबाट निर्मित यो पहिलो कार हो ।
यसअघिको रेवा कारमा केवल दुइ जना मात्र बस्ने सक्ने रहेकोमा अहिलेको कारमा ४ जना सम्म बस्न मिल्छ । यो कारको ब्याट्री पाँच घण्टामा फूल चार्ज हुन्छ । अझ रोचक कुरा त के भने यो कारको छतमा राखिएको सोलार प्यानलबाटै ब्याट्री चार्ज गर्न सकिन्छ ।
यो कारमा जिपिएस नेभिगेसन, कि लेस इन्ट्री तथा स्टार्ट स्टप जस्ता अत्याधुनिक प्रविधि समेत जडान गरिएको छ । यो कारमा ब्रेक लगाउँदा पैदा हुने उर्जाबाट समेत ब्याट्री चार्ज हुने प्रविधि रहेको समाचार अन्लाईन खबरमा छापिएको छ |
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis