किनभने उनले धेरै नै राम्रा कामहरु गरे, अनेकौँ सुधारका उपाय लागू गरे। अनि त उनलाई असहयोग गर्नेहरु बढे। माथिका भगवानले हेरिरहेका होलान उनको काम तर तल पृथ्वीका यी भगवान भने अन्ततः थाके। आखिर के गरेका थिए त उनले त्यस्तो ?
- अस्पतालमा आर्थिक चुहावटका केही ठाउँ पत्ता लगाएर त्यसलाई रोक्ने र अनावश्यक खर्च कटौती गर्ने क्रम सुरु गरेपछि दुई महिनामै अस्पतालको आम्दानी एक करोडको हाराहारीमा बढ्यो। १० वर्षदेखि घाटामा रहेको टिचिङ आन्तरिक खर्च धान्ने अवस्थामा पुग्यो।
- सेवाको स्तर र चिकित्सक उपलब्ध हुने क्रम बढेर बिरामी रेफर घट्यो। निजी अस्पतालतिर तान्ने दलालहरु बिच्किए यसबाट। कमिसनको लोभमा इमर्जेन्सीबाटै जथाभावी बिरामी फर्काउने र रेफर गर्ने प्रवृत्ति रोक्ने कडा नीति लिए उनले। रेफर गर्नुपरे विशेषज्ञले त्यसको कारण खुलाउनुपर्ने नियम लगाए। रेफर गरे पनि पहिला अन्य सरकारी अस्पतालमा मात्र गर्नुपर्ने बनाए। कहाँ रेफर गरियो, किन गरियो भन्ने अभिलेख नै राख्न लगाइयो।
- सबै कर्मचारीले ५० प्रतिशत थप भत्ता पाउँदै आएका थिए। उनले त्यो पनि रोकिदिए अत्यावश्यक देखिएको अवस्थामा बाहेक नदिने नीति लगाएर। अस्पताल समयमै काम गरेर ओभरटाइमका नाममा वर्षको झण्डै ७५ करोड भार थप्ने नीति परिवर्तन गरिदिए।
- हाजिर गरेर टाप ठोक्नेलाई नियन्त्रण गर्न फिङ्गर प्रिन्टसहितको आएको समय र गएको समयको हाजिर र्ने व्यवस्था लगाए। र त, हाजिर गरेर निजी अस्पताल र क्लिनिकतिर दौडिहाल्ने डाक्टरहरु अस्पतालमै भेटिन थाले।
- यातायातमा इन्धन र माइलेज बढी देखाएर खाएको देखेपछि अनुगमन कडा बनाई बिनास्वीकृति सवारी सञ्चालन रोके।
- अस्पतालका सर्जिकल उपकरण सुटुक्क निजी अस्पतालमा लैजाने गरेको थाहा पाएपछि सामान लैजान नपाउने बनाइयो।
- जुनसुकै वार्डमा पनि बेड खाली भएसम्म भर्ना लिने नीति लिए।
- ल्याबका लागि जथाभावी केमिकल किन्ने क्रममा रोक लगाए।
- अस्पतालभित्र र बाहिरको औषधि पसललाई मर्ज गरेर २४ सै घन्टा अस्पताल फार्मेसी खुला राख्ने व्यवस्था गरियो।
- टिफिन टाइम भन्दै एक घण्टा ल्याबलगायत सेवा बन्द गरिने व्यवस्था खारेज गरे र पालो मिलाएर खाजाका लागि जाने तर सेवा बन्द नहुने व्यवस्था गरियो।
- सामानहरू किन्दा किर्ते बिल बनाएर पैसा हाम् गर्ने काममा कडाइ गरे।
- दल र ट्रेड युनियनको दबाबमा आफ्ना मान्छेलाई निःशुल्क उपचार गराउनेमा नियन्त्रण गरे।
By Salokya, on March 3rd, 2013
