नेताजीले आफ्नो कहानी सुनाए, 'के गर्नु मित्र ? महिना दिनअघि मैले २२ वर्षकी सुन्दरीलाई कान्छी
श्रीमतीका रूपमा भित्र्याएँ । मेरो टाउकोमा आधा कपाल सेतो थियो, आधा कालो । जेठी श्रीमती मलाई छिटो बूढो देखाउन कालो कपाल उखेल्थी, कान्छीचाहिँ मलाई तन्नेरी देखाउन सेतो कपाल उखेल्थी । हेर्नूस् न, महिना दिनमै मेरो यो हालत भो ।'
