मोभियो नाम दिइएको यो स्कुटर सडकमा २८ किलोमिटर प्रतिघण्टाको गतिमा कुँदाउन सकिन्छ ।
जम्माजम्मी तौल २५ किलो रहेकेा यो स्कुटरको ब्याट्री एकपटक पूरा चार्ज गरेपछि २२ माइलसम्म गुृड्छ । जबकी ब्याट्री फूल चार्ज हुन जम्मा एक घण्टा मात्र लाग्छ । यो स्कुटर बिच भागबाट पट्याएर ठ्याक्टै शुटकेस जस्तो बनाउन सकिन्छ अनी मज्जाले घर वा अफिस भित्र लग्न सकिन्छ ।
पट्याउँदा धूलोमैलो लाग्ने पांग्रा लगायतका भागहरु पूरै बाहिरी खोलभित्र पर्ने भएकाले यसको बाहिरी सुनौलो रङ मात्र देखिन्छ र झ्वाट्ट हेर्दा त्यो स्कुटर हो भन्न पनि गाह्रो पर्छ ।
अर्को वर्षको सुरुबाट यो मोड्न मिल्ने स्कुटर बजारमा पठाउने लक्ष्य कम्पनीको रहेको छ । यसको मुल्य युरोपेली बजारमा २ हजार पाउण्ड तोकिएको छ ।
