CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , , » ओहो किस्ट बैंक घाटामा गाको कारण यस्तो पो ?

ओहो किस्ट बैंक घाटामा गाको कारण यस्तो पो ?

काठमाडौं,  - आफ्नै प्रवर्द्धकहरुलाई घुमाउरो तरिकाले घरजग्गामा लगानी गर्न ऋण दिएका कारण किस्ट बैंक ६ करोड ९५ लाख रुपैयाँ घाटामा गएको छ। बैंकले खुद ब्याजमा आम्दानी बढाए पनि घरजग्गाको ऋण डुबेपछि जोखिम व्यवस्थापन गर्न
ठूलो रकम छुट्याउनुपरेकाले घाटा खाएको हो। 
बैंकले ३७ करोड ९८ लाख रुपैयाँ नोक्सानी व्यवस्थामा राखेको छ। 
घरजग्गामा डुबेको ऋणबाट उकासिन बैंकले आफ्ना विभिन्न स्थानमा रहेका घरजग्गा बिक्रीमा राखिसकेको छ। वित्तीय अवस्था बिग्रँदा बैंकले बलियो र पैसा हाल्न सक्ने समूहहरुसँग समेत सम्बन्ध बढाएको छ।
नयाँ लगानीका लागि बैंकले ज्योति समूहलाई सेयर बिक्री गर्ने प्रयत्न गरेको छ। पु"जीकोष कम रहेको र खराब कर्जासमेत निरन्तर बढिरहेका कारण बैंकले नयाँ लगानीकर्ता खोजेको हो। 
ऋणबाट उम्कन आफू बसेको कार्यालय छाडेर अनामनगरकै अर्को साततले घरमा बैंकले आफ्नो मुख्य कार्यालय र शाखा सार्दैछ। बैंकले ३२.३२ आनामा फैलिएको अनामनगरको मुख्यालय बिक्री गर्न लागेको हो। बैंकले यो जग्गासहित २८ सय ७४ वर्गफिटको प्लिन्थ एरिया भएको घरजग्गा र अस्थायी निर्माण गरिएको कस्टमर सर्भिस काउन्टरलगायत पूर्वाधारसमेत बिक्री गर्न लागेको छ।
बैंकले सुरुमा ४ करोड रुपैयाँमा कर्पोरेट कार्यालयका लागि अनामनगरको जग्गा किनेको थियो। अहिले यो जग्गाको मूल्य आनाको ४० लाख रुपैयाँ पर्छ। अहिलेको बजार भाउअनुसार यसको कुल मूल्य १४ करोड रुपैयाँ पुगिसकेको छ।
गुण समूहका सञ्चालक तथा किस्टका पूर्वअध्यक्ष राजेन्द्र शाक्य (दिजेन्द्र) कर्जा सूचना केन्द्रको कालोसूचीमा परेपछि बैंकको साख अझ खस्किएको थियो। शाक्यले ओगटेको सेयर ज्योति समूहलाई किनाएर बैंकको साख र प्रतिष्ठा बढाउन खोजिएको स्रोत बताउँछ। बैंकले दुई वर्षदेखि सेयरधनीलाई लाभांशसमेत दिन सकेको छैन। बैंकले गत महिनामात्र आफ्नो चुक्तापु"जी घटाएको थियो।
१७ अर्ब ५८ करोड रुपैयाँ कुल कर्जा लगानी गरेको बैंकले घरजग्गामा २ अर्ब ५६ करोड रुपैयाँ कर्जा दिएको छ। यही कर्जा बैंकलाई पासो भएको हो। घरजग्गा कारोबार बढेका बेला बैंकका प्रबन्ध-सञ्चालक कमलप्रसाद ज्ञवालीले आफन्त र केही प्रवर्द्धकसँग मिलेर घरजग्गामा लगानी गरेका थिए। राष्ट्र बैंकले घरजग्गा कारोबार कर्जा बन्द गरिदिएपछि बैंक अप्ठेरोमा परेको हो। 
रियलस्टेट कर्जाले थलिएको बैंकलाई राष्ट्र बैंकले उस्तै समस्यामा रहेको भिबोर विकास बैंकसँग गाभ्न पहल गरेको छ। अन्तिम ऋण सुविधा प्रयोग गरेर बाँचेको भिबोरमा ज्योति समूहको लगानी छ। ज्योति समूहलाई किस्टमा ल्याएर भिबोरसँग मर्ज गर्न लागिएको हो।
एउटै प्रकृतिका समस्या भएका दुई संस्था गाभिँदा अझ समस्या पर्ने बैंकरहरु बताउँछन्। 'यस्तो मर्जर भए एचआइभी भएको केटा र क्षयरोग भएको केटीबीच विवाह गराएजस्तो हुन्छ,' राष्ट्र बैंकका वरिष्ठ कर्मचारी भन्छन्।
भिबोर र किस्ट मर्ज हुन लागेको हल्ला चलाउ"दै सेयर बजारमा यी दुई बैंकको सेयरमा समेत चलखेल भइरहेको छ। गत महिनासम्म प्रतिकित्ता एक सय १४ को हाराहारीमा रहेको किस्टको सेयर मूल्य पछिल्लो दुई साता ५० प्रतिशत बढिसकेको छ। यस्तै, ९० रुपैयाँ प्रतिकित्तामा कारोबार भइरहेको भिबोरको सेयर मूल्य पनि एक सय १७ रुपैयाँसम्म पुगिसकेको छ।
किस्टको रियलस्टेट कर्जा झन्डै ६० प्रतिशत हाराहारी थियो। राष्ट्र बैंकको निरन्तर दबाबपछि यो कर्जा सीमाभित्र रहेको देखाइएको छ। किस्टका कर्मचारीसूत्रका अनुसार अन्य शीर्षकमा कर्जा सारेर प्रतिशत घटाइएको हो। 
स्थलगत निरीक्षणमा गएको राष्ट्र बैंकको टोलीले अधिविकर्ष, व्यापारिक कर्जा शीर्षकमा गएको करोडौं रुपैयाँ रियल स्टेटमै लगानी गरिएकाले समायोजन गर्न लिखित निर्देशन नै दिएको थियो। 
ज्योति समूहलाई भिœयाएर मर्जरको तयारी गरिएको भिबोरको रियलस्टेट कर्जा अझै ३३ प्रतिशत छ। एक अर्ब चुक्ता पु"जी रहेको भिबोरको निक्षेप त्योभन्दा कम छ। 
अहिले भिबोरको खराब कर्जा १३ प्रतिशतभन्दा माथि छ। त्यस्तै, किस्टको साढे ७ प्रतिशत खराब कर्जा छ। राष्ट्र बैंकको नियमानुसार खराब कर्जा ५ प्रतिशतभन्दा माथि भए बैंकको वित्तीय अवस्था खराब मानिन्छ।
किस्टको पु"जीकोष १०.८ मात्र छ। राष्ट्र बैंकले वाणिज्य बैंकहरुको पु"जीकोष न्यूनतम ११ प्रतिशत हुनुपर्ने नियम बनाएको छ। अहिलेको अवस्थामा किस्टले १ करोड कर्जा दिनसक्ने हैसियत पनि राख्दैन। निक्षेप बढिरहे किस्टको घाटा झनै बढ्नेछ। 
कसरी छिरेको थियो गुण समूह?
किस्ट फाइनान्सलाई वाणिज्य बैंक बनाउने बेला पुराना लगानीकर्ताले रकम जुटाउन नसकेपछि नया" लगानीकर्ताको रुपमा गुण समूहलाई भिœयाइएको थियो। त्यसबेला गुण समूहको सञ्चालक राजेन्द्र शाक्य (दिजेन्द्र) ले सुरुमा १५ प्रतिशत सेयर किनेका थिए। त्यसपछि पनि पु"जी अपुग भएपछि १० प्रतिशत थप गरेका थिए। त्यसका लागि शाक्यले विभिन्न फाइनान्स कम्पनीहरुबाट ऋण लिएर किस्टको सेयर किनेका थिए।
२ अर्ब पु"जी रहेको किस्टमा शाक्य समूहले २५ प्रतिशत सेयर होल्ड गरेको छ। वाणिज्य बैंक बनाउन झन्डै ५० करोड रुपैयाँ खर्चेका शाक्यले चार वर्षको अवधिमा ५ प्रतिशत लाभांशबाहेक केही पाएका छैनन्। शाक्यले आर्थिक संकट टार्न गत महिना गुण एअरलाइन्स नै बिक्री गरेका थिए। 
वाणिज्य बैंक बन्ने बेलामा कम्पनीको अध्यक्ष बनेका शाक्यले एक कार्यकाल पनि पूरा समय चलाउन पाएनन्। उनी बीचैमा राजीनामा दिएर निस्किए। उनले २०६७ चैत ११ गते राजीनामा दिएका हुन्। एक सातापछि १८ चैतमा बसेको बैठकले उनको राजीनामा स्वीकृत गरी रामप्रसाद दाहाललाई अध्यक्ष चयन गरेको थियो।
चैत ७ (नागरिक)
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis