CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » विदेशमा पहिलो नेपाली स्कुल जापानमा 'एभरेष्ट इन्टरनेशनल स्कुल' स्थापना

विदेशमा पहिलो नेपाली स्कुल जापानमा 'एभरेष्ट इन्टरनेशनल स्कुल' स्थापना

Everest International School, Japanकाठमाडौं। नेपाली पाठ्यक्रम अनुसार अध्यापन गराउन जापानमा पहिलो नेपाली विद्यालय स्थापना भएको छ। 'एभरेष्ट इन्टरनेशनल स्कुल' निजी क्षेत्रबाट स्थापित विदेशको पहिलो नेपाली विद्यालय भएको दावी गरिएको छ। 
राजधानीमा बुधबार भएको अर्न्तक्रियामा नेपाल एजुकेशन सेन्टर टोकियो जापानका अध्यक्ष डा.
भूपालमान श्रेष्ठले उक्त विद्यालय नेपाली भाषामै आफ्नै मौलिक कला, संस्कृति र पाठ्यक्रममा आधारित हुने जानकारी दिए। 'जापानमा रहेका नेपाली समुदायमा विद्यालयको अभाव खडि्कँदै गएपछि सिंगो नेपाली समुदायको सक्रियतामा जापानको राजधानी टोकियोमा आगामी अप्रिलदेखि 'एभरेष्ट इन्टरनेशनल स्कुल, शुभारम्भ गर्दैछौँ,' उनले भने। 
जापानको सरकारी तथ्यांकमा २० हजार ३ सय ८३ नेपाली छन्, तीमध्ये एक हजार प्राथमिक तहमा अध्ययन गर्ने बालबालिका छन्। विद्यालयले 'नेपाली भाषाको साम्राज्यता' कायम गर्ने पहिलो कदम हुने डा. श्रेष्ठको भनाइ छ। 
'जापानमा काम गर्ने दम्पतीका सन्तानलाई नेपालमा राखेर अध्यापन गराउँदा आवासीय विद्यालयमा राख्नुपर्छ,' उनले भने, 'एकातिर जापानको व्यस्त दैनिकीका कारण आफ्ना बालबालिकासँग भेट्न समयमै सकिँदैन। नेपालमा आवासीय विद्यालय खर्चिलो पनि छ।' 
अप्रिलदेखि पठनपाठन सुरु हुने विद्यालयमा नेपाली शिक्षक शिक्षिका रहनेछन् भने पाठ्यक्रम विकास केन्द्रले तयार पारेको नेपाली पाठ्यक्रम अनुसार अंग्रेजी माध्यममा मन्टेश्वरी प्रणालीअनुसार अध्यापन गराइन्छ।  
'यसमा नेपाली भाषा ऐच्छिक रहनेछ,' उनले भने, 'त्यसबाहेक साप्ताहिक रुपमा नेपाली भाषा संस्कृति अध्यापन गराइनेछ। 
'एभरेष्ट इन्टरनेशनल स्कुल जापान' नेपाल एजुकेशन सेन्टर जापान (एनपीओ) को मातहतमा सञ्चालन गरिने कार्यक्रममा जानकारी गराइयो। पहिलो वर्ष नर्सरीदेखि कक्षा ३ सम्म अध्यापन गराइन्छ। वर्षेनि 'अपग्रेट' गर्दै माध्यमिक स्तरसम्म पुर्‍याउने लक्ष्य लिइएको छ। 
पहिलो वर्ष ५०–७० जना विद्यार्थीहरु भर्ना हुने अनुमान गरिएको छ। यो संख्या तेस्रो वर्षमा २०० जना पुग्ने अनुमान गरिएको छ। 
कार्यक्रममा एमाओवादी विदेश विभाग प्रमुख राम कार्कीले विद्यालय सुरु भएपछि नेपालमा आफन्तको छोराछोरी राख्नुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गरे। 'अब फूपु र मामाकोमा छोरोछोरी राख्नुपर्ने झन्झट हटेको छ,' उनले भने, 'नेपाली भाषा, संस्कृति जोगाउन त झन् कोषेढुंगा सावित भएको छ।' 
पूर्वशिक्षामन्त्री एवं एमाले पोलिट्ब्यूरो सदस्य गंगालाल तुलाधारले विद्यालयलाई स्तरोन्नती गर्दै विश्वविद्यालयसम्म बनाउन सुझाव दिए। 'त्यो विश्वविद्यालयले नेपालका विश्वविद्यालयबाट पनि सम्बन्धन लेओस्,' उनको भनाइ थियो, 'नेपाल र जापानबीच शैक्षिक आदानप्रदानमा भूमिका खेल्नुहोस्।' - रोड म्याप 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis