सावधान, फेसबुक दुरूपयोग गर्नेहरू पक्राउ पर्दैछन । सीआईबीको यो विज्ञप्ती पढ्नु होसः
"सामाजिक संजाल फेसबुक मार्फत ठगी
तथा Sex Tourism Event गर्न खोज्ने पक्राउ"
अन्तराष्ट्रिय सामजिक सञ्जाल फेसबुकमा Krishi Krish को नामबाट जिल्ला
मोरङ हनुमान मन्दिर टोल – ६ विराटनगर स्थायी ठेगाना भई हाल
का.जि.का.म.न.पा, कुमारीगाल (नयाँ बस्ती) बस्ने वर्ष ४० को किर्तन पोखरेलले
"Bunga Bunga" Event create गरि सो मार्फत "Bunga Bunga" नामक पार्टी
आयोजना
गर्ने, पार्टीमा १० देखि १७ बर्ष उमेरका किशोरीहरु समाबेश गरि
निजहरुबाट मनोरञ्जन लिन सकिने र उक्त पार्टीमा सहभागी हुन चाहने
ब्यक्तिहरुका लागी २००० (दुई हजार) यूरो खर्च लाग्ने भन्ने सूचना प्रवाह
गरेको देखिएको । सो Event मा केही फेसबुक प्रयोगकर्ताहरुले Like गरेको
पाईएको ।
साथै निज किर्तन पोखरेलले २० भन्दा बढि email address हरुको
प्रयोग गरि Internet सुविधाको दुरुपयोग गर्दै फेसबुकमा Fake Event राखी रकम
उठाई अन्तराष्ट्रिय संगठित अपराध गर्न सक्ने तथा फेसबुकमा Create गरेको
Event बाट अन्तराष्ट्रिय रुपमा निज Sexual Exploitation (Sex Tourism)
गर्ने कार्यमा संलग्न रहेको र आर्थिक लाभकालागी निजले प्रयोग गरेका Email
Address हरु मार्फत नग्न तस्विरहरु आदान प्रदान गर्ने गरेको आधारमा मिति
२०६९/०५/०८ गते केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले निज किर्तन
पोखरेललाई का.जि.का.म.न.पा. – ६, कुमारीगाल ईलाकाबाट पक्राउ गरी विधुतीय
कारोबार ऐन अन्तर्गत आवश्यक अनुसन्धान तथा कारवाहीको लागि महानगरिय प्रहरी
परिसर हनुमानढोकामा बुझाईएको छ ।
तपाईँलाई अचम्म लाग्न सक्छ, के हो यो बुङ्गा बुङ्गा भनेको? बुङ्गा बुङ्गा शब्द एक ताका अन्तर्राष्ट्रिय मिडियामा निकै चर्चामा थियो। इटालीका पूर्व प्रधानमन्त्री सिल्भियो बेर्लुस्कोनीको यौन जीवनसँग जोडिएर यो शब्दमा समाचार बन्ने गरेका थिए। प्रष्ट शब्दमा भन्ने हो भने सेक्स पार्टी जनाउँछ यसले। बुङ्गा बुङ्गाका कारण इटालीमा बेर्लुस्कोनीले ठूलो स्क्यान्डल खेप्नु पर्यो।
कम उमेरका केटीहरुसँग सेक्स पार्टी गर्ने कार्यक्रमका रुपमा बुङ्गा बुङ्गा शब्द इटालीमा चर्चित भयो। नेपालमा भने को आयो बुङ्गा बुङ्गा गर्न ?
प्रहरीका अनुसार उनी हुन् ४० वर्षका कीर्तन पोखरेल। घर उनको मोरङ जिल्ला हनुमानमन्दिर टोल–६ विराटनगर रहेछ। हाल चाहिँ कुमारीगाल नयाँ बस्ती बस्ने।
उनले फेसबुकमा बुङ्गा बुङ्गा इभेन्ट बनाएका रहेछन्। यो सेक्स पार्टीमा ११ देखि १७ बर्ष उमेरका किशोरीहरु समावेश गर्ने योजना उनको रहेछ। पार्टीमा सहभागी हुन चाहने ब्यक्तिहरुका लागि २ हजार युरो खर्च लाग्ने त्यहाँ लेखिएको रहेछ। प्लेनको टिकटसहितको खर्च रे त्यो। प्लेनको टिकट नचाहिने भए चाहिँ सात सय युरो मात्र रे।
फेसबुकमा यस्तो सूचना राख्दा पुलिसले के थाहा पाउला र भन्ने सोचेका थिए होला पोखरेलले। सो इभेन्टमा केही फेसबुक प्रयोगकर्ताहरुले लाइक पनि गरेका थिए। तर पुलिसले थाहा पाइहाल्यो। क्रिशी क्रिश नामले उनले त्यो इभेन्टलाई ‘पब्लिक’ अर्थात् सबैले देख्न मिल्ने बनाएका थिएनन्। त्यो फ्रेन्डस् इभेन्ट थियो। अर्थात् उनका साथीहरुले मात्रै हेर्न पाउँथे। उनको साथीमा कोही पुलिस थियो कि उनको साथी भएको कसैले पुलिसलाई खबर गरेको हो, शुक्रबार उनलाई प्रहरीले नियन्त्रणमा लियो।
इभेन्ट बनाएकै भरमा कसैले २ हजार युरो तिरेर नेपालमा सेक्स पार्टी गर्न आउला त ? पत्याउन गाह्रो छ। तर फेसबुकमा बनाएको इभेन्टबाट उनी अन्तर्राष्ट्रिय रुपमा सेक्स टुरिजम गर्ने कार्यमा संलग्न रहेको आरोप प्रहरीले लगाएको छ। यो आरोपको अदालतमा प्रहरीले कसरी पुष्टि गर्ने हो, हेर्न बाँकी छ। त्यसैगरी उनले प्रयोग गरेका इमेल ठेगानाहरुबाट आर्थिक लाभका लागि नग्न तस्विरहरु आदान प्रदान गर्ने गरेको आरोप पनि प्रहरीले लगाएको छ। इन्टरनेटमा नाङ्गा तस्बिर त जति पनि पाइन्छ। कसलाई उनले पैसा लिएर त्यस्ता फोटो बेचेका हुन्, प्रहरीको वक्तव्यमा प्रष्ट छैन।
आवश्यक अनुसन्धान र कारबाहीका लागि उनी अहिले हनुमानढोकामा छन्। उनलाई विद्युतीय कारोबार ऐन अन्तर्गत कारबाही गरिने भएको छ। आरोप प्रमाणित भयो भने उनलाई बढीमा ५ वर्ष जेल र १ लाख रुपियाँसम्म जरिवाना हुनसक्छ।
यो घटनाले फेसबुकमा जे पायो त्यही इभेन्ट बनाउँदै हिँड्नेहरु सचेत हुन्छन् भन्ने आशा गरौँ
कम उमेरका केटीहरुसँग सेक्स पार्टी गर्ने कार्यक्रमका रुपमा बुङ्गा बुङ्गा शब्द इटालीमा चर्चित भयो। नेपालमा भने को आयो बुङ्गा बुङ्गा गर्न ?