CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » ज्ञानेन्द्रले झण्डै गोली ठोकेर मारे

ज्ञानेन्द्रले झण्डै गोली ठोकेर मारे


काठमाण्डौ । काठमाण्डौका पूर्व मेयर केशव स्थापित । केशवको खुवी भनेकै उनी बढो रोचक ढंगबाट गफ गर्न सिपालु छन् । राजादेखि ठूला नेताहरुलाई पनि उनले गफ गरेर हेरेको हेर्‍यै पार्छन् । धेरैले उनलाई हावा गफ गर्छ भनेपनि सवैले आफ्ना गफलाई सिरियस्ली लिएको केशव
दावी गर्छन् । शनिवारको नयाँ पत्रिकामा केशवले ठूला नेतासँगका रमाइला प्रसङ्ग कोट्याएका छन् ।
ज्ञानेन्द्र राजा भएकै बेला केशवले दर्शनभेट पाएछन् । उनले आफुसँग देश बिकाशको खाका छ भन्दै गफ दिएपछि ज्ञानेन्द्र प्रभावित भएर भनेछन- लेट्स वर्क टुगेदर, गिभ मी योर मोवाइल नम्बर ।’ अन्तिममा राजाले राजतन्त्रको भविष्य के हुन्छ भनी प्रश्न गरेछन । तर केशवले भविष्य छैन, सकुन्जेल मिलेर काम गरौं भनेछन् । राजाले किन भनेर सोध्दा केशवले भनेछन- वीरेन्द्रको बंश बिनास हुनुमा कसको दोष छ मलाई थाहा छैन, तर मान्छेहरुले सरकारलाई नै भन्छन् ।’ राजतन्त्रको भविष्य कसरी सुरक्षित हुन्छ भन्ने ज्ञानेन्द्रको प्रश्नमा केशवले भनेछन- नागार्जुनलाई लभ पार्क बनाइदिनुस,
हरेक दिन १० हजार केटाकेटी मोटरसाइकल लिएर लभ गर्न जान पाए सरकारको जयजयकार गर्छन । बिकाश योजना पनि नचलाउने, आफ्नो सम्पत्ति पनि च्यापेर राख्ने, सामाजिक काम पनि नगर्ने हो भने राजतन्त्र खत्तम हुन्छ भन्न मात्र पाएको थिएँ, अब बोल्ने हैन, बेशी बोल्ने हैन भनेर थर्काए । त्यसपछि उनका सचिव पशुपतिभक्त महर्जनले सेना लगाएर झण्डै मारेको केशव दावी गर्छन् । ४० मिनेट समय लिएर तीन घण्टा गफ लगाउने भन्दै गाली गरेछन् । राजाका अगाडी औंला ठड्याएर कुरा गरेको अभियोग लगाएछन् ।
माओवादीलाई रेडियो ल्याइदिने, आर्मी पोशाकको लाइन मिलाइदिने आफैले गरेको दावी गर्ने केशवलाई एकजना माओवादी कार्यकर्ताले झण्डै मारेनछन् । ‘माओवादीको साधुराम देवकोटाले मलाई फोनमा भन्यो- ए साला कुकुरको मुत खाएर बसेको ? मलाई मार्छु भनेर थर्कायो । मैले भने- हेर भाई तँ पनि कम्युनिष्ट, म पनि कम्युनिष्ट, हतियारले हान्न पाइदैन, फाइट खेल्ने भए खेलौं । महाराजगंज पुगेपछि चावहिल जाउँ भन्यो । मैले भने जहाँ भनेपनि जान्छु । त्यसैवेला उसको अर्को मोवाइलमा फोन आयो । उता कुरा गरेर मलाई भन्छ- आज नठोक्नु भन्या भएर बँचिस् । भनें- ए बेइमान तैंले मलाई मार्न पो खोज्याथिस् ? फाइटमात्र खेल्ने भन्या हैन ?’
जाँड खाने कार्यकर्तालाई देखि नसहने एमाले नेता माधव नेपालसँग पनि रमाइलो प्रसङ रहेछ । हाल साउदी अरबका लागि राजदूत रहेका उदयराज पाण्डेसँगै बसेर केशव र केही साथीहरुले १७ हजार रुपैयाँको जाँड खाएछन् । रेष्टुरेन्टको बिल निकाल्दै माधवले भन्न थालेछन- एमाले कार्यकर्ता भएर १७ हजारको रक्सी खाने ? यही हो इज्यत ? यसरी बन्छ पार्टी ? यसरी बन्छ देश ?
आफुले सानैदेखि चियाको सट्टा जाँड खाएर हुर्किएको त्यो दिनको जाँड खाने फरक सन्दर्भ भएको र आफुले दिनमा पाँच पेगभन्दा बढि नखाने भन्दै माधवलाई स्पष्टीकरण दिएछन । आजदेखि तीन पेगमात्र खानु भन्दै माधवले केशवलाई आदेश दिएछन, केशवले पनि कमरेडले भन्नुभयो आजदेखि तीन पेगमात्र खान्छु भनेछन् । त्यसपछि भीम रावललाई फोन गरेर माधवले भनेछन- यस्तो इमान्दार कार्यकर्ताको पोल लगाइदिने ? तीन पेग खाउभन्दा तीन पेगमात्र खान्छु भन्ने यस्तो इमान्दार कार्यकर्ता को हुन्छ भन्दै थर्काएछन् ।
केशवले राजाको शासनकालमा फेरि मनोनित मेयर बनेको, निर्वाचित उपमेयरलाई काजमा कास्की सरुवा गरेको, माओवादी नेता बादलसँग जाँड खाएर गफ दिएको, प्रधानमन्त्री बाबुराम भट्टराईसँग देश बनाउने गफ दिएर प्राधिकरणको अध्यक्ष बनेको अनेक रोचक प्रसङ्ग सुनाएका छन् ।
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis