यातामन्त्री रे लाहुडले एक विज्ञप्ति प्रकाशन गरी मुलुकभरका समुदायबाट उनीहरूको
विमानस्थलका टावरको महत्वका विषयमा गुनासो आएपनि यस प्रकारको निर्णय गर्नुपरेको बताउनुभयो। उहाँले बजेट कटौती पालना गर्नुपर्ने भएकाले यस प्रकारको व्यवस्था गर्नुपरेको पनि उल्लेख गर्नुभयो। सङ्घीय उड्डयन प्रशासनले हालको बजेटमा ६३ करोड ७० लाख अमेरिकी डलर बराबर कटौती गर्न र मार्चदेखिको सात महिनामा आठ करोड ५० लाख कटौती गर्न परेकाले यस्तो अवस्था आएको जानकारी दिएको छ।
उहाँले गत महिना टावरहरू बन्द गर्नाका साथै कर्मचारीहरूलाई केही समयका लागि बिदामा राख्नुपर्ने वा उनीहरूलाई वेतलबी बिदा दिनुपर्ने अवस्था पनि आउसक्ने चेतावनी दिनुभएको थियो। उड्डयन प्रशासन तथा विमान सेवाहरूले अप्रिल ७ देखि टावर बन्द गर्दा मुलुकभर हवाइ यातायातमा कटौती गर्नुपर्ने अवस्था आउने चेतावनी दिएका थिए। हाल कम यातायात चाप भएका विमानस्थल बजेट कटौतीबाट प्रभावित भएका छन्।
-हाम्रो कुरा

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !