पातलो ज्यान भएका र ब्रुस कट कपाल काटेका ती युवाले होटलमा ठेगाना काठमाडौं र नाम राजकुमार थापा लेखाएका छन् । प्रहरीका अनुसार सुनका गहना खोसेपछि ती युवाले युवतिलाई शौचालयमा थुनेर मोबाईल समेत लिई कोठा छाडेर भागेका थिए । उजुरी गर्ने युवतिबाट २५ हजार भन्दा बढिको सुन लगेपनि अरु युवतिहरुलाई समेत ठगी गरेको हुन सक्ने प्रहरीको अनुमान रहेको खबर अन्लाईन खबरले लेखेको छ ।
पत्रिकामा सुचना छापिएपछि मोडल बन्न चाहने र जागिर खोज्ने धेरै युवतिले प्रमाणपत्रको फोटोकपि बुझाएका थिए । युवतिहरुले बुझाएका केही प्रमाणपत्रको फोटोकपी कोठामै भेटिएको होटलले जनाएको छ ।
होटलको समेत करिब ३५ सय नतिरी भागेको एम्बासडर होटलका सञ्चालक धनीराम राईले बताए ।

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !