काठमाडौं, चैत ७ । थुनिदिने भन्दै थर्काउँदै पैसा असुल्ने सक्कली प्रहरीको सिको नक्कली प्रहरीले गर्न थालेका छन्। राजधानीमा मात्र नभई देशभरि प्रहरीको नाममा असुलीका घटना बढेका छन्। पछिल्लो एक महिनामा एक दर्जन नक्कली प्रहरी पक्राउ परिसकेका छन्।
आफूहरूलाई इन्टरपोलको प्रहरीका रूपमा प्रस्तुत गरी लुटपाट गर्ने
गिरोह गत साता मात्र राजधानीमा पक्राउ परेको छ। जोरपाटीका सजन तिमल्सिनाले आफूलाई इन्टरपोलका डिएसपीका रुपमा चिनाउँदै आएका थिए। पैसावाल व्यक्तिहरूलाई पहिचान गर्दै उनीहरूले हतकडीसमेत देखाएर विशेष प्रहरी टोलीका रुपमा पहिचान दिएर उनीहरूले पैसा असुल्दै आएका थिए। उनका दुई साथी भाइकिङ सुब्बा र संजोग सुब्बा लिम्बूसहित महानगरीय प्रहरी अपराध महाशाखाले उनीहरूलाई हत्कडीसहित पक्राउ परेको छ। पक्राउ परेका तीनैजना सम्पन्न परिवारका युवाहरू हुन्।
सो समूहले कम्तीमा दुई जनालाई पक्राउ गरी थुनिदिने भन्दै रकम असुलेको खुलिसकेको छ। महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार २७ जेठमा क्षेत्रपाटीका मिलन गुरुङ तथा असोजमा जगन्नाथ नामका व्यक्तिलाई हत्कडी देखाई थुनिदिने धम्की दिएर उनीहरूले पैसा असुलेका थिए।
घरमा बसिरहेका बेला गुरुङलाई 'हामीहरू इन्टरपोलबाट आएको हौँ, प्रहरीको नयाँ टोली हौँ, तपाईंसँग दुई बोरा नक्कली पैसा छ निकाल्नोस्' भन्दै धम्क्याएका थिए। गुरुङले रकम नदिएपछि हत्कडी लगाएर ट्याक्सीमा राखेका थिए। सुरुमा सोह्रखुट्टे प्रभागमा लैजाने भन्दै उनीहरूले आफूहरू प्रहरी नै भएको विश्वास दिलाउन खोजेका थिए। पछि एयरपोर्टको एक होटलमा पुर्याभई एक लाख दिए छाडिदिने भन्दै बार्गेनिङ गरेका थिए। पछि १० हजार लिएर छाडेको प्रहरीले जनाएको छ।
त्यस्तै, वीरगन्ज घर भएका जगन्नाथ भन्ने व्यक्तिलाई पनि लागूऔषधको कारोबारी भएको भन्दै धम्क्याएर रकम असुलेको प्रहरीले जनाएको छ। दुवै जनालाई आफूहरू इन्टरपोलको प्रहरी भन्दै उनीहरूले धम्क्याएका थिए।
पक्राउ परेका सजन र भाइकिङ साइप्रसबाट होटल मेनेजमेन्ट पढेर नेपाल फर्किएका युवा हुन्। उनीहरूबीच साइप्रसमै चिनजान भएको थियो। जागिर नभएपछि हत्कडी किनेर उनीहरूले नक्कली प्रहरीको धन्दा गरेको प्रहरी अधिकारीहरू बताउँछन्।
करिब एक महिना अघि एक युवाले आफूलाई प्रहरीको रुपमा उभ्याएर लुटपाट गरेका थिए। महानगरीय प्रहरी अपराध महाशाखाले शनिबार हलचोक बस्ने लक्ष्मीबहादुर सुनुवारलाई पक्राउ गरेको थियो। उनले स्वयम्भुको जंगलमा भेटिएका एक जोडीलाई अश्लिल क्रियाकलाप गरेको आरोपमा धम्क्याएर मोबाइल लुटी युवतीलाई दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ परेका छन्।
सुनुवारसहित तीन जनाको समूहले स्वयम्भुबाट सेतो गुम्बा जाने जंगलमा रहेका एक जोडीलाई थुनिदिने भन्दै धम्क्याएर मोबाइल लुटी युवतीलाई यौन दुर्व्यवहार गरेका थिए।
पीडित व्यक्तिले प्रहरीमा जाहेरी दिएपछि अनुसन्धान थालिएको थियो। अनुसन्धानको क्रममा उनीहरू नक्कली प्रहरी भएको खुलेको हो। घटनामा संलग्न सुनिल तामाङ र अनिल माझी फरार छन्।
गत महिना नै ललितपुरमा नक्कली प्रहरीको नाममा लुटपाट भएको थियो। हामी सिआइबीका प्रहरी हौँ, केही दिनअघिको सातदोबाटोको झगडाबारे बुझ्नु छ, तपाईंहरू हामीसँग हिँड्नुस्।' ललितपुरको कुमारीपाटीमा केही युवाहरूले तीन विद्यार्थीलाई नियन्त्रणमा लिई ट्याक्सीमा राखे। प्रहरी भनेपछि स्नातक तहमा अध्ययनरत मोहन सिजापति, शीतल शर्मा र अभिषेक केसी डराउँदै ट्याक्सीमा बसे। आफूलाई प्रहरी बताउने तीन युवाले ट्याक्सीमा रहँदा प्रहरीकै जस्तो गरी सातदोबाटोमा झगडा भएको भन्दै त्यस विषयमा सोधपुछ गरिरहे।
करिब आधा घन्टापछि ट्याक्सी टेकुको भित्री गल्लीमा पुगेर रोकियो। ट्याक्सीलाई भाडा दिएर फर्काएपछि उनीहरूभित्रको एकान्त ठाउँमा पुगे। प्रहरी बताउनेमध्ये एक युवाले सिरिन्जले आफ्नो शरीरबाट रगत निकाल्यो। 'मलाई एचआइभी भएको छ, तिमीहरूसँग भएको सबै हामीलाई देउ नत्र सिरिन्जले घोपिदिन्छौँ,' उसले विद्यार्थीलाई धम्क्यायो। बल्ल विद्यार्थीले सो समूह नक्कली प्रहरी भएको पत्ता लगाए। उनीहरू लुटेरा भएको खुलेपछि तीनमध्ये शीतल शर्मा भागे। अन्य दुई जना भाग्न सकेनन्। भाग्दा पनि एचआइभी सारिदिन सक्ने डरले उनीहरूले आफूसँग भएको ल्यापटप, मोबाइल र पर्स उनीहरूलाई बुझाए। यसरी शनिबार राजधानीमा फिल्मी शैलीमा उनीहरूसँगको पैसा र सरसामान लुटिएपछि उनीहरूले आफूहरू ठगिएको महसुस गरे। सुरुमा प्रहरी भनेर धम्क्याउने र पछि एचआइभी सारिदिने भन्दै लुट्नेहरूलाई कारबाही गर्न भन्दै उनीहरूले महानगरीय प्रहरी वृत्त कालिमाटीमा निवेदन दिएका छन्।
प्रहरी भनेर नियन्त्रणमा लिँदा परिचयपत्र नमाग्नु उनीहरूको गल्ती भएको कालिमाटी वृत्तका डिएसपी शेखर खनाल बताउँछन्। प्रहरी अधिकारीका अनुसार यस्तै प्रकृतिको घटना त्यसको पाँच दिनअघि कमलपोखरीस्थित सिटी सेन्टरमा पनि भएको थियो। सिटी सेन्टरको फुड कोर्टमा खाजा खाइरहेका तीन युवालाई अन्य दुई व्यक्तिले आफूहरू कालिमाटीको प्रहरी भएको भन्दै नियन्त्रणमा लिई ट्याक्सीमा राखेर कालिमाटी पुर्याफई लुटेका थिए। दुवै घटनामा एउटै समूहको संलग्नता थियो। केही दिनपछि प्रहरीले सो समूहलाई पक्राउ गर्योई।
उता दुई महिनाअघि सशस्त्र प्रहरी कर्मचारी हुँ भन्दै स्थानीय व्यक्तिसँग जबर्जस्ती पैसा उठाउने एक नक्कली प्रहरी समातिएका थिए। सशस्त्र प्रहरी बलको टोलीले कन्चनपुरको भीमदत्त नगरपालिकाका लोकेन्द्र विकलाई पक्राउ गरेको हो।
विकले आफू सशस्त्र प्रहरी बलको घुमुवा भएको भन्दै व्यवसायी तथा सर्वसाधारणसँग जबर्जस्ती पैसा उठाउन खोजेपछि उनलाई सशस्त्र प्रहरीले आइतबार पक्राउ गरेको हो। उनले जबर्जस्ती रकम उठाउने प्रयास गरेको खबर प्राप्त भएपछि सशस्त्र प्रहरी बल भन्सार सुरक्षा बेस गड्डाचौकीबाट खटिएको एपिएफ टोलीले स्थानीयको सहयोगमा उनलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल मुख्यालयले जनाएको छ। स्थानीयले उनलाई नियन्त्रणमा लिई सशस्त्र प्रहरी बलको सो बेसमा खबर गरेका थिए। पोखरामा पनि यस्तै प्रकृतिको घटना भयो। नक्कली प्रहरी बनी रकम असुल गर्ने दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ। कास्कीको नागडाडामा रहेको प्रहरी चौकी र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले नक्कली प्रहरी बनी रकम असुली गरिरहेको अवस्थामा दुई जनालाई पक्राउ गरेको हो।
प्रहरीले पोखरा ११ फूलबारी बस्ने २५ वर्षीय शंकर नेपाली र सोही ठाउँ बस्ने पप्पु भन्ने टपबहादुर नेपालीले पक्राउ गरेको हो। ६/७ महिनादेखि आफूहरूलाई सादा पोशाकका प्रहरी भनी रकम उठाउने काममा लागेको थाहा भएपछि उनीहरूलाई पक्राउ गरिएको थियो ।
उनीहरूले समाजमा अनैतिक एवं गैरकानुनी कार्य गर्ने व्यक्तिहरूलाई सादा पोशाकका प्रहरी हौं भन्दै नियन्त्रणमा लिने र रकम असुल गरी छाड्ने गरेको दिए। पछिल्लोपटक उनीहरूले शुक्रबार पोखरा ६ बैदामका मोटरसाइकलचालक सन्तोष भण्डारीसँग रकम असुली गरेपछि उनीहरू पक्राउ परेका हुन्। उनीहरूलाई सार्वजनिक अपराध तथा सजाय ऐन २०२७ अन्तर्गत कानुनी कार्वाहीका लागि जिल्ला प्रशासन कार्यालय कास्कीबाट म्याद थप गरी वडा प्रहरी कार्यालय बगरमा राखिएको प्रहरीले जानकारी दिएको छ।