त्यसैलाई ध्यानमा राखेर नेपाली एकता समाजले यस पटक करिब पाँच सय जना अटाउने ठूलो हल लिएको छ । गत साल युरोप स्तरिय नाट्य प्रतिस्पर्धा भएकै हल हो त्यो । कार्यक्रम यहि २४ मार्चका दिन अपरान्ह तिन बजेबाट हुने छ । उनले यो पटक युरोपमा केहि देशमा फन्को मार्दै छन् । त्यसलाई उनले मिनी सांगितिक युरोप टुर भनेका छन् ।(कार्यक्रमको पूण जानकारि पुछारमा हेर्नुहोला । )
धेरैलाई लाग्दो हो, हैन यो नेपाली एकता समाजले कलाकार ल्याएर नचाउने बाहेक अरु कार्यक्रम गर्न जान्दैन कि के हो ? त्यसो होइन । हाम्रा कलाकारहरुले सानै देखि हलो कुटो कोदालो गरिगरिपनि हतारमा सिक्छन् । ऋण खोजि खोजि पढ्छन् । सांगितिक साधन किन्छन् महँगोमा । तर देश सम्पन्न नभएकाले तिनको दुख अनुसारको कमाई हुन्न । घुम्न, यस्सो देश हेर्न र विकसित मुलुकका संगितबारे जान्न जसलाईपनि धोको हुन्छ । संगितका आधुनिक आयाम नजाने पछि परिन्छ । परिस्क्रित भ ईन्न । नेपाली कलाकार बिदेश आएको बेला तिनलाई सानो सहयोग गर्नु, तिनको कलाको कदर गर्नु बिदेशमा बस्ने नेपालीको कर्तब्य हो । अझ, मनोरञ्जन लिनपनि पाइनु, तिनलाई थप कामकालागि हौसला दिनु र त्यसबाट उठेको केहि रकमले सामाजिक काममा लगानी गर्नपनि पाउनु । यो सबैकालागि अवशरनै अवशर ।
यस्ता कार्यक्रमहरु गरेर उठेको रकमले नेपाली एकता समाजले पेरिसमा अलपत्र भएका । बेखर्ची भएर खाने कुरोपनि नभएका । डेरा भाडा तिर्न नसकेर भौंतारिएका धेरैलाई सहयोग गरेको छ । ऐन कानुन नबुझेर, सम्पर्क गर्ने मेसो र भाषा नजानेर अलपत्र परेका धेरैलाई सहयोगपनि गरेको छ । हो, पेरिसमा यस्तै दुख पाउने नेपालीलाई खर्च गर्न यो रकम सायद खर्च गरिन्छ । मुलत यस्ता कार्यक्रमबाट उठेको रकम नेपाली एकता समाजले एउटा आकस्मिक कोष बनाएर छुट्टै खाता खोली राखेको छ । यसरि उठेको रकम संस्थाले आफुखुशि खर्च नगर्ने जानकारि नेपाली एकता समाजले दिँदै आएको छ । त्यसैले यस्तो काममा सहभागि हुनु भनेको रमाइलोका साथै कलकारलाई प्रेरणा दिना र हौसला दिनु, कदर गर्नु र सानै भएपनि समाजसेवालाई सहयोग पनि हो ।
कार्यक्रमको जानकारि
मिति: २४ मार्च २०१३ आइतबार
समय : ३ बजे देखि
स्थान : 10 Rue Des Terres Cure, 75013 Paris (गत सालको अप्रिल १५ मा नृत्य प्रतियोगिता भएको हल)
मेट्रो : Line 14 , Olympiade / Bibliotheque Francois Mitterand
समय : ३ बजे देखि
स्थान : 10 Rue Des Terres Cure, 75013 Paris (गत सालको अप्रिल १५ मा नृत्य प्रतियोगिता भएको हल)
मेट्रो : Line 14 , Olympiade / Bibliotheque Francois Mitterand
अथवा metro 7 : porte d’ivry
प्रवेश शुल्क : १५ यूरो (साथमा हल्का पेय पदार्थ)
सम्पर्क गर्नु परे यो नम्बरमा फोन गर्न सकिन्छ ।
KC Kamal Bikram
0605770558
- नेपाल प्लस

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !