काठमाडौ, फाल्गुन १७ -
ब्वाई फ्रेन्डले आफ्नो फेसबुक पासवर्ड माग्यो भने दिने कि नदिने ? विद्याइका कोइरालाका लागि अनपेक्षित प्रश्न थियो यो । एभरेस्ट फ्लोरिडा कलेजमा अध्ययनरत यी १७ वर्षे ठिटी अहिलेसम्म लभ रिलेसनमा परेकी छैनन् रे । त्यसैले
यसको रेडिमेड जवाफ थिएन, उनीसँग । यदि रिलेसनमा भइदिएको भए ?
'अहँ दिन्न थें,' अघिल्तिर लत्रिएको केश पन्छाउँदै उनले भनिन्, 'हरेक कुरामा आफ्नो प्राइभेसी भन्ने त भइहाल्छ नि ।' मार्क जुकरबर्गले हार्वर्ड विश्वविद्यालयमा सामन्य प्रयोजनका निम्ति सन् २००४ मा फेसबुक स्थापना गरेका थिए । त्यसको ठीक ११ वर्षपछि विद्याइका यो सञ्जालमा जोडिइन् ।
'सुरुमा के नै पाएँजस्तो भो,' उनले सुनाइन्, 'त्यसैले आएजति प|mेन्ड रिक्वेस्टलाई एसेप्ट गरें ।' तर, यसरी जोडिन आउने सबै साथीहरू 'जेन्युन' हुन्छ भन्ने छैन । फेक आईडी बनाएर आउने भच्र्युअल साथीहरूले आफूलाई 'मुर्गा' बनाउन पनि त सक्छ । विद्याइका पनि यस्तो फन्दामा परिसकेकी रहिछन् ।
एक दिन उनले आफ्नै साथी फेसबुकमा फेला पारिन् । ती साथीसँग फेसबुक संवाद नहुने कुरै भएन । तर, सामान्य दिनचर्याबाट सुरु भएको संवादमा 'ननभेज' कुराहरू आउन थाल्यो । 'आफ्नो क्लोज प|mेन्डले कसरी त्यस्ता कुरा गर्न सक्छ ?' विद्याइकाको प्रश्न थियो । पछि थाहा भो, त्यो आईडी फेक रहेछ ।
यसरी आफ्नै साथीको नाम र फोटो दुरुपयोग भएपछि उनको पनि ब्रह्मा ज्ञान खुल्यो । 'धेरै साथी बनाउने लहलहैमा हामी जस्तोसुकै साथीसँग जोडिन सक्छौं,' उनको बुझाइ थियो, 'तर नचिनेका साथीहरूले आफूलाई मिसयुज गर्न सक्छन् ।' यसपछि विद्याइकाले थुप्रै साथीलाई आफ्नो प|mेन्ड लिस्टबाट बिदा दिइन् ।
बेलायतमा गरिएको एक अध्ययनले भन्छ, 'फेसबुकमा धेरै साथी हुनेहरू बढी तनावमा हुन्छन् ।' धेरै साथीमार्फत आउने अनेक थरीका टीकाटिप्पणीले प्रयोगकर्तामा मानसिक तनाव पैदा गर्ने गर्छ । 'केटाहरूको त धेरै साथी नै हुँदैन,' ठट्यौली शैलीमा प्रस्तुत भए प्रज्ज्वल कुँवर, 'केटीहरूचाहिँ केयरफुल हुनुपर्यो ।'
तुलनात्मक रूपमा केटाभन्दा केटीसँग फेसबुकमार्फत मित्रता गाँस्न चाहनेहरू बढी हुने उनको बुझाइ छ । 'राम्री केटी देख्नै नहुने' अलि चञ्चले स्वभावका प्रज्ज्वलले सुनाए, 'केटाहरूले प|mेन्ड रिक्वेस्ट पठाइहाल्छन् ।' प्रकृति श्रेष्ठसँग त्यतिबेला फेसबुक एकाउन्ट थिएन, जतिबेला उनले यसको मिसयुजबारे थाहा पाइन् ।
साथीको फोटो न्युड बनाएर कसैले फेसबुकमा अपलोड गरिदिएछ । आफ्नो दाइले फेसबुकप्रति सतर्क गराउँदै उनलाई यो प्रसंग सुनाएका थिए । त्यसो त अर्काको फोटो मात्र होइन, पासवर्ड ह्याक गरेर फेसबुक एकाउन्ट नै दुरुपयोग गर्नेहरू पनि बढ्दो छ । अहिले बजारमा यस्ता सफ्टवेयर पनि उपलब्ध छ, जसले दोस्रोको पासवर्ड ह्याक गर्न सकिन्छ ।
'कतिपय साइबर क्याफेमा यस्तो सफ्टवेयर युज गरेको हुन्छ,' अमित अधिकारी भन्छन्, 'आफूले कुनै कम्प्युटरमा बसेर टाइप गरेका कुराहरू अर्कातिर सरसर्ती देखिन्छ ।' त्यसैले सार्वजनिक कम्प्युटर प्रयोग गरेर गोप्य कुरा तथा आर्थिक दस्तावेजहरू आदान-प्रदान गर्न नहुने उनको सुझाव छ ।
ह्याकरहरूले पासवर्ड लिएर अर्काको फेसबुक एकाउन्टमार्फत अश्लील सामग्रीहरू पोस्ट गर्ने गरेका छन् । 'हामीलाई थाहा नहुन सक्छ,' ऋतिका खनाल भन्छिन्, 'तर हाम्रै नामबाट अरूलाई नराम्रो म्यासेजहरू गइरहेको हुन्छ ।' यसले सामाजिक जीवनमै अप्ठ्यारो पार्न सक्ने ऋतिका बताउँछिन् ।
त्यसैगरी अर्काको गोपनीयता थाहा पाउन पनि पासवर्ड ह्याक गरिदिने प्रकृति बताउँछिन् । उनी भन्छिन्, 'अर्काको गोप्य म्यासेज हेर्नका लागि पासवर्ड चोर्न सक्छ ।' साइबरलगायत धेरैले प्रयोग गर्ने कम्प्युटरमा फेसबुक प्रयोग गर्दा पासवर्ड चोरिने जोखिम बढी हुन्छ । त्यसैले सकेसम्म निजी डिभाइस चलाउनु नै राम्रो हुने प्रकृतिको भनाइ छ ।
फेसबुक प्रयोगकर्तालाई यसको गोपनीयता सम्बन्धी जानकारी हुन आवश्यक रहेको बताउँछिन्, ऋणा यादव । 'फेसबुकमा सबै कुरा सेयर गर्ने होइन,' उनी भन्छिन्, 'के सेयर गर्ने र कसका लागि गर्ने भन्ने कुरा थाहा हुनुपर्छ ।' फेसबुकमा साथी बनाउने क्रमदेखि फोटो, स्टाटस अपलोड गर्ने कुरामा समेत सतर्क रहनुपर्ने उनको सुझाव छ ।
फेसबुकको प्राइभेसी सेटिङमा यस्ता विकल्पहरू छन्, जसमा आफ्नो के-कति कुराहरू गोपनीयता राख्ने भन्ने निर्धारण गर्न सकिन्छ । अहिलेका पुस्ता आफ्ना सबै कुरा फेसबुकमार्फत पोख्न आतुर हुन्छन् । भात खाएदेखि घरमा पालेको कुकुर बिरामी भएको कुरासम्म अब फेसबुकमार्फत थाहा हुन्छ ।
कसैले आफ्नो परीक्षाबारे लेख्छ त कसैले रुघा लागेको कुरा पोस्ट गरिदिन्छ । 'फेसबुक भनेकै भावना सेयर गर्ने त हो नि,' प्रज्ज्वल भन्छन्, 'आफूलाई मनमा लागेको कुरा फेसबुकमा ठोकिहाल्ने हो ।' नभेटिएका पुराना साथीहरू फेला पर्छन्, फेसबुकमार्फत । कतिपयको प्रेम र दाम्पत्य सम्बन्ध जोड्ने सेतु बनेको छ, यो ।
तर यही प्रेम सम्बन्धमा खटपट ल्याउने निहुँ पनि बनेको छ, फेसबुक । खास गरेर प्रेमी/प्रेमीका, श्रीमान्/श्रीमतीबीच फेसबुकको पासवर्ड सेयर गर्ने विषयमा खटपट हुने गरेको प्रज्ज्वल बताउँछन् । 'अहिले गर्ल प|mेन्ड र ब्वाई प|mेन्डबीच बोलचाल बन्द भयो भने कारण नसोधे हुन्छ,' प्रज्ज्वलले थपे, 'त्यो पासवर्ड सेयर गर्ने विषयले हुन्छ ।'
एक थरी भन्छन्, लभ भनेकै 'केयरिङ र सेयरिङ' हो । जहाँ केयरिङ र सेयरिङ हुँदैन, त्यस्तो सम्बन्धको कुनै आयु हुँदैन । तर आपसी भावना, इच्छा-आकांंक्षा, सुख-दुःख सेयर गर्नेहरू 'पासवर्ड' सेयर गर्न राजी हुँदैनन् । त्यसैले त पछिल्लो पुस्ताको प्रेम सम्बन्धमा तगारो बनेको छ, पासवर्ड ।
'गर्ल प|mेन्ड र ब्वाई प|mेन्डबीच पासवर्डकै निहुँमा मनमुटाव हुन्छ,' राजनकुमार सिंह भन्छन्, 'कतिको बे्रकअप पनि ।' लभ रिलेसनमा मात्र होइन, वैवाहिक जीवनमा समेत यसले खटपट ल्याउने गरेको उनले सुनाए । राम्रै घरजम गरिरहेका दम्पतीमा कहिलेकाहीँ पासवर्डकै विषयले झगडा निम्त्याउने गरेको सुन्न पाइन्छ ।
पासवर्ड सेयर नगरेकै कारण बढेको असमझदारीले प्रेम तथा दाम्पत्य जीवन टुट्न सक्ने राजनको भनाइ थियो । 'पासवर्ड भनेको त नितान्त व्यक्तिगत कुरा भो,' विद्याइका भन्छिन्, 'यो कसैलाई पनि सेयर गर्नै भएन ।' उनको कुरामा ऋणा, प्रकृति, ऋतिका सबैको सहमति थियो ।
प्रकाशित मिति: २०६९ फाल्गुन १८ ०९:५७
शिव मुखिया, हेलो शुक्रबार