काठमाडौ, फाल्गुन १९ - अमेरिकी सपना बोकेर त्यता लाग्नेमा कमैको करोडौंमा खेल्ने सपना पूरा हुने गर्छ । तर भारतमा जन्मिएका मनोज भार्गवले आफ्नो सपनालाई साकार बनाए, करोडौंको मात्र होइन, अर्बको मालिक भएर । सन् १९७२ मा आफ्नो ग्य्राजुएन नसकी पढाइ छाडेका उनले भारत र अमेरिकामै धेरै वर्ष
अध्यात्म शिक्षामा बढी ध्यान दिए ।
बाह्र वर्ष भिक्षु बनेका भार्गवले अमेरिका फर्केर निर्माण क्षेत्रको मजदुर, त्यसपछि लेखापाल र ट्याक्सी ड्राइभरको काम गरेका थिए । उनी अहिले यति सफल कसरी भए ? यस्ता कामबाट कमाउन नसकेपछि उनले आफ्नै पि्रन्टिङ प्रेस सञ्चालन गरे । त्यसपछि सन् १९९० मा प्लास्टिकको 'र मटेरियल' कम्पनी प्राइम पीभीसी सुरु गरेका थिए । यो कम्पनीलाई २ करोड अमेरिकी डलरमा बेचेर उनले सन् २००४ मा थालेको इनर्जी डि्रंक्स 'फाइभ आवर इनर्जी' सञ्चालनमा ल्याए । उनको जीवनलाई यो कम्पनीले हजारौंबाट अर्बौंको मालिक बनाइदियो । जसको बजारमा ९० प्रतिशत हिस्सा छ । उनले क्यालिफोर्नियाको ट्रेड सो २००३ का दौरान प्राकृतिक उत्पादन देखेपछि इनर्जी डि्रंक्सको उत्पादन सुरु गर्ने योजना बनाएका थिए ।
सन् २०११ मा 'फाइभ आवर इनर्जी' को सम्पत्तिको मूल्यांकन ६० करोड अमेरिकी डलर थियो । अहिले यो रकम बढेर १ अर्ब अमेरिकी डलर पुगेको छ । बजारमा उनको ब्रान्डको नक्कल गर्दै 'सिक्स आवर पावर' र 'एट आवर इनर्जी' जस्ता धेरै इनर्जी डि्रंक्स नआएका पनि होइनन् । तर यसलाई कसैले पनि जित्न सकेको छैन । यसको नजिकको प्रतिस्पर्धीका रूपमा रहेको एनभीई फर्मास्युटिकल ब्रान्डको बजार मात्र ३ प्रतिशत हाराहारीमा छ । २०१२ मा भएको फाइभ आवर डि्रंक्सको परीक्षणमा ३ हजार चिकित्सकमध्ये ७३ प्रतिशतले यसलाई आफ्ना बिरामीलाई इनर्जी सप्लिमेन्टका लागि दिने गरेको बताएका थिए । यसले उनको ब्रान्डलाई थप विश्वासिलो बनाएको छ ।
- हेल्लो शुक्रबार
- हेल्लो शुक्रबार