एनआरएन बंैककका महसचिव सुनील खड्काका अनुसार बिहीबारभन्दा शुक्रबार पारसको स्वास्थ्यमा सुधार आएको छ । सुधार हुँदै आएकाले आइतबारसम्म
उनलाई भेन्टिलेटरबाट बाहिर ल्याउने तयारी डाक्टरहरूले गरेको खड्काले जानकारी दिए ।
'पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार हुँदै आएको छ । यसरी नै सुधार हुँदै गए शनिबार वा आइतबारसम्म उहाँलाई भेन्टिलेटरबाट बाहिर ल्याउने तयारी डाक्टरहरूले गरेका छन्,' शुक्रबार राति टेलिफोनमा नयाँ पत्रिकासँग खड्काले भने, 'आइतबारसम्म उहाँको होस आउने आशा डाक्टहरूले गरेका छन् ।'
अस्पतालले बिहीबार जारी गरेको विज्ञप्तिमा पारसको रक्तचाप र मुटुको धड्कन नियन्त्रणमा आएको उल्लेख गरिएको थियो । तर, स्थिति गम्भीर र स्थिर भनिएको थियो । छोरा पारसलाई भेट्न बैंकक गएका पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल शाहले बिहीबार चिकित्सकहरूसँग भेटेर उपचारका विषयमा थप जानकारी लिएका थिए । शाही परिवार सबै बैंककमै छन् ।
-नयाँ पत्रिका ,
