CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » एसएसपी सापका गज्जब गज्जब किस्सा

एसएसपी सापका गज्जब गज्जब किस्सा


महानगरीय प्रहरी परिसरका प्रमुख रणबहादुर चन्दका विभिन्न किस्सा अहिले प्रहरी संगठन र उनलाई चिन्नेहरूबीच 'हट केक' भएका छन्। एउटा किस्सा यस्तो छ- चन्दको गाडीलाई ट्राफिक प्रहरीले साइड लगाएर उनका चालकसँग लाइसेन्स मागे। मापसेले मातेका चन्द पछिल्लो ढोकाबाट ढुनमुनिँदै ओर्लिए र आफूसँग भएको पेस्तोल निकालेर ट्राफिकको हातमा राख्दै भने, 'यही हो मेरो लाइसेन्स।' 
गृहमन्त्री विजयकुमार गच्छदारका विश्वासपात्र डन गणेश लामाले चन्दलाई एसएसपी बनाउन ठूलो भूमिका खेलेका थिए। सरुवाको अघिल्लो दिन लामा रणबहादुरको खोजीमा थिए। मोबाइल अफ गरेका चन्द कतै फेला नपरेपछि उनले प्रहरीकै
च्यानल प्रयोग गरेर उनलाई खोजे। फेला परेका चन्द मदिराले वास्नादार बनेका भए पनि लामाले गृहमन्त्रीको सरकारी क्वार्टरमा लगेर चिनाउँदै भनेका थिए, 'उहाँ नै हो हाम्रो मान्छे।'
एसपीबाट एसएसपीमा बढुवा हुँदा तीन नम्बरमा रहेका उनी पाँच नम्बरमा पुगे। अहिलेका मुख्यसचिव त्यो बेला गृहसचिव थिए। चन्दमाथि अन्याय भएको र असल छवि भएको भन्दै उनले काँध थाप्दै चन्दलाई अपराध महाशाखा पठाए। असल र सोझा भनिएका चन्द अपराध महाशाखा आएपछि 'नालायक' छवि बनाएर बाहिरिए।
आफ्नै बडीगार्ड करणसिंह साउदले उनको गोली हानेर हत्या गर्ने प्रयास गरेका थिए। हेडक्वार्टरले उनलाई महाशाखाबाट प्रधान कार्यालय तान्यो। अमेरिकामा कमान्डो तालिम लिएका उनी सार्प सुटरका रूपमा परिचित छन्।
मदिरा र स्त्रीप्रेमी छविका धनी पनि हुन् उनी। अन्य प्रहरीसँग काम लिन पैसा चाहिन्छ। मस्त मदिरा र मदमस्त तरुनीको व्यवस्था गर्ने हो भने चन्द काम गर्न सजिलै तयार हुन्छन् भनिन्छ। अपराध महाशाखामा काम गर्दा असुलीका लागि टोली नै गठन गरेका थिए उनले। अहिले अख्तियारमा अकुत सम्पत्ति कमाएको मुद्दा खेप्दै छन्।
हेडक्वार्टर चन्दमाथि कडा निगरानी गरेर गल्ती गरे लगत्तै सरुवा गर्ने मुडमा छ। एआइजी नवराज ढकाल भने उनको परिर्वतन हुन नसक्ने मदिरा र स्त्रीप्रेमी छविलाई सुधारेर साधु बनाउने ध्याउन्नमा छन्।

--- नागरिक न्युज
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis