CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » एनसेलमाथिको आक्रमण क्षम्य छैन :

एनसेलमाथिको आक्रमण क्षम्य छैन :


काठमाडौं, चैत ६ (नागरिक)- उद्योग व्यवसायहरुका संगठनले एनसेल मुख्यालयमा माओवादी मजदूरले गरेको आक्रमणको निन्दा गर्दै यो आक्रमणले नेपालमा भित्रिइरहेको वैदेशिक लगानीलाई निरुत्साहित गर्ने बताएका छन्।   नेपाल उद्योग वाणिज्य महासंघले घटनाको निन्दा गर्दै जुनसुकै राजनीतिक
दलको आवरणमा भएको भए पनि यस्ता आक्रमणलाई क्षम्य मान्न नसकिने उल्लेख गरेको छ।
यस्तो आक्रमणमले नेपालबाट पूँजी पलायनलाई अझ प्रोत्साहन गर्ने महासंघको धारणा छ। आक्रमणमा संम्लग्नलाई कानुनी कारबाही गर्न महासंघले माग गरेको छ।
केही दिनअघि मात्र उद्यमी विके श्रेष्ठमाथि भएको आक्रमण लगत्तै एनसेलमा भएको आक्रमणले सुनियोजितरुपमा निजी क्षेत्रमाथि प्रहार भइरहेको संकेत गरेको महासंघले जनाएको छ। वैदेशिक लगानी समेत भएको कम्पनीमा हुने आक्रमण रोकी सुरक्षा दिन महासंघले सरकारसँग माग गरेको छ।
नेपाल चेम्बर अफ कमर्सले पनि आक्रमणको निन्दा गर्दै यस्ता गतिविधीले विदेशी लगानी फिर्ता जानसक्ने बताएको छ। 'यस्ता घटनालाई राज्यले गम्भिरतका साथ लिएर दोषीलाई कारबाही गर्नुपर्छ,' चेम्बरका अध्यक्ष सुरेश बस्नेतले भनेका छन्।
आज दिउसो नेकपा-माओवादीको भातृसंस्था अखिल नेपाल संचार छापाखाना संघले वानेश्‍वरस्थित एनसेल भवनमा आक्रमण गरेका थिए। आक्रमणबाट एनसेलको मुख्यालयमा भौतिक क्षति पुगेको छ। तत्कालीन हेलो नेपालका ८७ जना कर्मचारीलाई हटाएपछि उनीहरु विरोधमा उत्रिएका हुन्। 'आक्रमण गर्नेले एनसेलसँग कुनै माग गरेका थिएनन। आक्रमणको जानकारीसमेत थिएन,' एनसेलका कर्पोरेट कम्युनिकेसन एक्सपर्ट मिलनमणि शर्माले भने, 'आक्रमण हुनु दुखद् हो। आक्रमणमा आउनेहरुसँग कम्पनीको कुनै सम्वन्ध थिएन।'
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis