काठमाडौं।
बीमा समितिले एकाघर परिवारका सदस्यहरू बीमा कम्पनीको अध्यक्ष तथा सञ्चालक बस्न नपाउने व्यवस्था गरेको छ। एकै
व्यक्ति जीवन र गैरजीवन बीमाको सञ्चालक समितिमा समेत बस्न पाउने छैनन्। समितिले
भदौ १ गते जारी गरेको 'संस्थागत सुशासन सम्बन्धि
निर्देशिका–२०६९' ले सञ्चालक र अध्यक्ष बन्न रोक लगाएको हो। बीमा समितिको नयाँ
निर्देशनले प्राइम लाइफ र एभरेस्ट इन्स्योरेन्स दुबैका अध्यक्ष राजेन्द्र खेतानले एउटा कम्पनीको अध्यक्ष
छाड्नु
पर्ने
हुन्छ। प्राइममा राजेन्द्रका भाइ प्रेमप्रकास (पिपी) खेतान पनि सञ्चालक छन्। नयाँ निर्देशनसँगै पीपीले पनि प्राइम छाड्नु पर्ने हुन्छ।
हुन्छ। प्राइममा राजेन्द्रका भाइ प्रेमप्रकास (पिपी) खेतान पनि सञ्चालक छन्। नयाँ निर्देशनसँगै पीपीले पनि प्राइम छाड्नु पर्ने हुन्छ।
प्राइम
र एभरेस्टमा रतनलाल संघाइ र मधुसुदन अग्रवाल दुबै सञ्चालक छन्। दुबैले एउटा कम्पनी
छाड्नुपर्ने हुन्छ।
समितिले निर्देशन पालनाका लागि बढीमा ६ महिनाको समय दिएको छ। ६
महिनाभित्र पालना नभए समितिले जरिवानादेखि कारोबार रोक्कासम्मको कारवाही गर्ने छ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा अध्यक्ष
र
सञ्चालक रहेका संघाइ ग्रुपका दाजुभाइभध्ये एकले कम्पनी छाड्नु पर्ने छ। कम्पनीमा
दाजु पुरुषोत्तमलाल संघाइ अध्यक्ष
छन्
भने भाई गोविन्दलाल संघाई सञ्चालक छन्। संघाई समूहकै वीरेन्द्रकुमार संघाई
प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा सञ्चालक छन्। लाइफ इन्स्योरेन्स कर्पोरेसनमा
सञ्चालक रहेका अशोककुमार अग्रवाल र राजेन्द्रकुमार अर्याल प्रुडेन्सियल
इन्स्योरेन्समा पनि छन्। अर्याल सञ्चालककै अधिकार लिएर प्रुडेन्सियलमा कर्पोरेट
सल्लाहकार छन्।
तीनमध्ये
एकः हाल वीमा समितिले कारवाही गरेर कारोवार समेत रोक्का गरेको एनबी इन्स्योरेन्स
कम्पनीमा अध्यक्ष
जीतवहादुर
श्रेष्ठ, सञ्चालक लक्ष्मीवहादुर
श्रेष्ठ र जेन श्रेष्ठमध्ये दुई जनाले सञ्चालक समिति सदस्य पद त्याग गर्नुपर्दछ
कारोबार
रोक्का भएको एनबी इन्स्योरेन्स कम्पनीमा परिवारका तीन जना सञ्चालक समितिमा छन्।
जीतवहादुर श्रेष्ठ अध्यक्ष छन्, उनका भाई लक्ष्मीवहादुर
श्रेष्ठ र छोरा जेन श्रेष्ठ सञ्चालक समिति सदस्य छन्। प्रिमियर इन्स्योरेन्स
कम्पनीमा पनि एकाघरका सञ्चालक धेरै छन्। रामलाल श्रेष्ठ अध्यक्ष रहेको कम्पनीमा उनका छोरा सुरेसलाल श्रेष्ठ
प्रबन्ध सञ्चालक छन्। समितिको नयाँ निर्देशनले एकाघर परिवारको सदस्य सञ्चालक
समितिमा बस्न नपाउनुका साथै सञ्चालकले व्यवस्थापनको जिम्मेबारी लिनसमेत पाउने
छैनन्। सुरेसलाल कम्पनीमा प्रबन्ध सञ्चालक छन्। प्रिमियर इन्स्योरेन्समा एकाघर
परिवारका बालकृष्ण श्रेष्ठ, विजयकृष्ण श्रेष्ठ र
मदनकृष्ण श्रेष्ठ सञ्चालक छन्।
हिमालयन
जनरल इन्स्योरेन्समा राजकृष्ण श्रेष्ठ अध्यक्ष
छन्।
उनको एकाघर परिवारका महेन्द्रकृष्ण श्रेष्ठ, सन्नी श्रेष्ठ, विक्रमकृष्ण श्रेष्ठ सञ्चलक
छन्। श्रेष्ठ समूहले भर्खरै मात्र समिट होटल ५३ करोड रुपैयाँमा खरीद गरेको छ।
गुराँस लाइफ इन्स्योरेन्समा दुगडहरूको एकाघर परिवारको लगानी छ। मोति दुगड अध्यक्ष छन् भने सदस्यमा मालचन्द दुगड छन्। वीमा
समितिको निर्देशनले मारवाडी र नेवार समुदायलाई बढी प्रभावित पार्ने छ। यी समुदायको
लगानी वीमा कम्पनीहरूमा छरिएको छ।
समितिको
निर्देशन अनुसार, कम्पनीहरूले एकाघर परिवारको
व्यापार गर्न पाउने छैनन्। वीमा समितिको निर्देशनले आफ्नै संस्था तथा फर्महरूको
समेत वीमा गर्दै व्यापार बढाइरहेका कम्पनीहरूलाई पनि समस्या पार्ने छ। सञ्चालकहरूले
आफ्नै निजी कम्पनीमा गरेको मनपरी व्यापारमा समस्या धेरै भेटिएपछि निर्देशन जारी
गरिएको बताइन्छ। आफैले बीमा गरेर आफैले भुक्तानी लिँदा कोषको व्यापाक दुरुपयोग
भएको समितिले भेटेको थियो।
बीमा
कम्पनीले सञ्चालकको एकाघर परिवार वाहेक उनीहरूको वित्तीय स्वार्थ भएको व्यक्ति तथा
संस्थामा समेत वीमा गर्न पाउने छैनन्। एक प्रतिशतभन्दा बढी सेयर भएका सेयरधनीको
समेत वीमा गर्न रोक लगाइएको छ।
वीमा
समितिले सञ्चालक रहेको व्यक्तिलाई व्यवस्थापनको जिम्मेवारीमा बस्न नपाउने व्यवस्था
गरेको छ। अहिले आफै सञ्चालक भएर व्यवस्थापन पनि हेर्दै आएकालाई यो निर्देशनले
समस्यामा पारेको छ।
समितिले
बीमा कम्पनीका प्रमुख कार्यकारीलगायत माथिल्लो तहका कर्मचारीको तलव सुविधामा समेत
सीमा तोकेको छ। प्रमुख कार्यकारीले कम्पनीबाट न्युनतम तलव बुझ्ने कर्मचारीको भन्दा
बढीमा १५ गुणामात्र तलव लिन पाउने छन्। अहिले बीमाका हाकिमहरूले ४० गुणासम्म बढी
तलव बुझ्दै आएका छन्।
साँघु डेस्क/बिजमाण्डुबाट