शोधकर्ता कोनराड लंगमोरका अनुसार पोर्न साइटहरुमा देखाइने विभिन्न खालका
विज्ञापनहरुमार्फत भाइरसजन्य फाइलहरु डाउनलोड भइरहेको प्रयोगकर्ताले पत्तो नै पाउँदैनन् ।
पोर्न हव जस्ता केही चर्चित पोर्न साइटहरु झनै खतरनाक रहेको शोधकर्ता बताउँछन् । पोर्न साइटबाट ह्याकरको निसानामा पर्ने बढि खतरामा विन्डोज् प्रयोगकर्ता बढि रहेका भएपनि पछिल्लो समय मोबाइलमार्फत इन्टरनेट चलाउनेमा पनि यो खतरा बढेको बताइन्छ ।
यद्यपि कुनैपनि पोर्न साइट आफै भाइरसजन्य नभएपनि पोर्न साइटमा देखिने विज्ञापनमा यस्ता मालवेयर रहने र त्यसले इन्टरनेट प्रयोगकर्ताको कम्प्युटरमा भाइरस छिराइदिने गर्छ । गुगलको डाइग्नोस्टिक एडभाइस सर्भिसको सहायताले शोधकर्ता लंगमोरले पोर्न साइटले इन्टरनेट प्रयोगकर्तामा पार्ने खतराको तथ्य एकिकृत गरेका थिए ।
साभार : अन्लाईन खबर

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !