CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » 'मोस्ट वान्टेड' नेविसंघ केन्द्रीय सदस्य पक्राउ नेविसंघको विरोध

'मोस्ट वान्टेड' नेविसंघ केन्द्रीय सदस्य पक्राउ नेविसंघको विरोध


इनरुवा, चैत्र २५ - प्रहरीको सर्वाधिक खोजी सूचिमा रहेका तर राजनैतिक आवरणमा लुकेका एकजना अभियुक्तलाई सुनसरी प्रहरीले शनिबार राति इटहरीवाट नियन्त्रणमा लिएको छ । ज्यान मार्ने उद्योग र हातहतियार खरखजानाको मुद्धामा फरारी सूचिमा रहेका तथा अपहरण र फिरौती लगायतका काण्डमा मुछिएका नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सूर्य राईलाई प्रहरीले राति नियन्त्रणमा लिएको हो ।
प्रहरीको रेकर्डमा सर्वाधिक खोजी सूचिमा रहेको बताइए पनि उनी विगत लामो समयदेखि राजनैतिक आवरणमा खुल्ला
रुपमा घुम्दै आएका थिए । इटहरीका नागेश लिम्बुलाई अंगभंग हुनेगरि काटेको अभियोगमा ज्यान मार्ने उद्योग तथा हातहतियार खरखजाना समबन्धी मुद्धामा फरारी सूचिमा रहेकोले उनलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरिक्षक श्याम सारु मगरले जानकारी दिए ।
प्रहरी निरीक्षक मगरका अनुसार साढे तीनवर्ष अघि लिम्बुलाई काटेको अभियोगमा चलाइएको ज्यान मार्ने उद्योग अन्तरगतका राई बाहेकका अन्य अभियुक्तहरु अहिले अदालतको आदेशमा पुर्पक्षका लागि कारागारमा छन् । राई उक्त घटनाका मुख्य योजनाकार भए पनि फरार हुँदै आएका थिए ।
पक्राउ परेका राई सीटीईभीटीको क्षेत्रिय कार्यालय इटहरीका कर्मचारी रेवती सापकोटाको अपहरण र फिरौती काण्डमा मुछिएका थिए । अपहरणमा परि १२ लाख फिरौती बुझाएर मुक्त भएका सापकोटा अहिले जागिर छोडेर डरले विदेश पलायन भइसकेका छन् । पक्राउ परेका राईमाथि अन्य थप मुद्धाहरु भए नभएको वारेमा अनुसन्धान थालिएको प्रहरी निरीक्षक मगरले बताए ।
उनलाई पहिला हातहतियार खरखजाना मुद्धामा पेश गरिने तथा त्यसको फैसलापछि ज्यान मार्ने उद्योग समबन्धी मुद्धामा अदालतमा पेश गरिने मगरले बताए । राई नेतृ सुजाता कोइरालाका विश्वासपात्र मानिन्छन् ।
नेविसंघको विरोध
नेविसंघ केन्द्रीय सदस्य सूर्य राईलाई सुनसरी गिरफ्तार गरेको घटनाप्रति नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले भर्त्सना गरेको छ । केन्द्रीय कार्यालय मुख्य सचिव शिव रिमालले विज्ञप्ती जारी गर्दै राईलाई तत्काल रिहाई गर्न माग गरेको छ ।
 
अबधेशकुमार झा, ईकान्तिपुर 
प्रकाशित मिति: २०६९ चैत्र २५ १०:५८ 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis