CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » अध्यागमनमा अर्को काण्ड :यात्रु होटलमा, पासपोर्ट कर्मचारीको झोलामा

अध्यागमनमा अर्को काण्ड :यात्रु होटलमा, पासपोर्ट कर्मचारीको झोलामा

काठमाडौं। अध्यागमन कार्यालयमा एकपछि अर्को अनियमितताका घटना हुन थालेका छन्। पछिल्लो पटक त ट्रान्जिट भिसामा आएका यात्रुहरुलाई विनाभिसा एयरपोर्टबाट होटलमा पठाएर अध्यागमनका कर्मचारीहरुले अर्को लज्जास्पद काम गरेका छन्। ट्रान्जिटका यात्रुहरुलाई एयरपोर्टबाट बाहिर निस्कन अनुमति हुादैन। तर अध्यागमनका कर्मचारीहरुले घुसको प्रलोभनमा नियम कानुनअनुसार लिनुपर्ने भिसा शुल्क पनि नलिई र पासपोर्ट समेत चेक नगरी ती यात्रुहरुलाई विमानबाट
उत्रिनासाथ होटलमा पठाएका थिए।
विदेशमा कडा परिश्रम गरेर फर्किएकी एक युवतीको भएभरको रकम लुटेर बलात्कार समेत गरेको काण्डका अभियुक्त रामप्रसाद कोइरालाहरु कानुनी दायरामा नआउँदै अध्यागमनका भ्रष्ट कर्मचारीहरुले नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अर्को बेइज्जती गरेको घटना सार्वजनिक हुँदा पनि यो काण्डमा संलग्नहरुलाई जोगाउने चलखेल भइरहेको स्रोतले बतायो।
एयरपोर्ट अध्यागमन कार्यालयका कर्मचारीहरुले घुसको प्रलोभनमा गैरकानुनी रुपमा ट्रान्जिट भिसाका ७४ यात्रुलाई पासपोर्ट झोलामा हालेर होटलमा पठाएको खुलासा भएपछि सो काण्डमा संलग्न भएका ४ कर्मचारी अध्यागमन विभागमा तानिइसकेका छन्। मलेसियाबाट भुटानका लागि उडेको एयर एसियाको विमान २०६९ चैत १४ गते १ बजेर ३० मिनेटमा काठमाडौंमा ट्रान्जिटका रुपमा अवतरण भएपछि त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीहरुले ७४ कर्मचारीको पासपोर्ट एकमुष्ट झोलामा हाली उनीहरुलाई होटलमा पठाएका थिए। पछि कर्मचारीहरुबीच नै विवाद भएपछि गैरकानुनी रुपमा एयरपोर्ट बाहिर पठाइएका यात्रुहरुको पासपोर्ट झोलाबाट निकाली हतारहतार भिसा लगाउने काम भएको थियो। २ बजे ड्युटी सकिने एयरपोर्ट अध्यागमनका कर्मचारीहरुले ३ बजेसम्म बसी ती यात्रुहरुलाई पासपोर्ट चेक नै नगरी पठाएका थिए। ड््युटी सकिएपछि पनि घुस खाएर गैरकानुनी रुपमा ट्रान्जिट भिसाका यात्रुहरुलाई ट्राभल्स र होटलको मिलेमतोमा समूहमै एयरपोर्ट बाहिर पठाउने कार्य हुनलागेको पछिल्लो सिफ्टमा ड्युटीमा गएका कर्मचारीहरुले थाहा पाएपछि विरोध भएको थियो। ट्रान्जिट भिसामा आएका यात्रुहरुलाई भिसा नै नलिई बाहिर पठाउने काममा मुख्य रुपमा नासुद्वय माधव मरासिनी र नइन्द्र पौडेल संलग्न रहेको अध्यागमन स्रोतले बतायो। यस्तो अनियमित र लज्जास्पद कार्यमा शाखा अधिकृत गोपी पौडेल, ट्रान्जिट भिसामा सही गर्ने अध्यागमन अधिकृत रामेश्वर खत्रीसमेत मुछिएका छन्। नासु मरासिनीले होटल वा ट्राभलमा सम्पर्क गरी ती यात्रुहरुको पासपोर्ट जम्मा पारेर पठाएको खुलेको छ।
ट्रान्जिट भिसामा आएका यात्रुहरु २४ घन्टा भन्दा बढी बस्न पाइँदैन भने एयरपोर्टबाट बाहिर निस्कन पनि पाइँदैन। ट्रान्जिट भिसाका यात्रुको फिक्स्ड टिकट हुन्छ। एयरपोर्टबाट निस्कनु परे ५ अमेरिकी डलर बराबरको भिसा टाँसेर मात्र निस्कन पाइन्छ। त्यो पनि प्रत्येक यात्रुको पासपोर्ट चेक गरेर कहाँ जाने हो, त्यो कुरा खुलाएर भिसा लागेकोलाई मात्र जाने अनुमति दिनुपर्ने ब्यवस्था छ। तर सो दिन एयर एसियाबाट आएका ट्रान्जिट भिसाका ७४ यात्रुलाई भिसा नै नलिई र पासपोर्ट नै चेक नगरी नासु माधव मरासिनी र पौडेलहरुले ग्वारग्वार्ती होटलमा पठाएका थिए। अध्यागमनका कर्मचारीहरुले ती यात्रुको भिसाबापत लाग्ने ५ डलरका दरले ७४ जनाको राजस्वमा प्राप्त हुने रकम घुस लिए भने होटल र ट्राभलबाट समेत अलगै घुस खाएर ती यात्रुलाई नियम विपरीत बाहिर पठाउन लागेका थिए। घुसको रकम सानो भए पनि अध्यागमन कार्यालयका कर्मचारीहरुले गम्भीर गल्ती गरेको स्रोतले बतायो। तर होहल्ला भएपछि पासपोर्ट झोलाबाट निकालेर भिसा टाँस गरिएको थियो। सो दिन विवाद ननिस्केको भए एक व्यक्तिबराबर ५ डलर राजस्व गुम्ने अवस्था थियो भने अध्यागमनका कर्मचारीहरुको घुसका लागि जे जस्तो हर्कत पनि गर्न पछि पर्दारहेनछन् भन्ने पनि देखाएको छ। एयरपोर्टका बरिष्ट अध्यागमन अधिकृत सुरेन्द्र पौडेल र एयरपोर्ट अध्यागमन प्रमुख दिनेश भट्टराईको समेत सहमति नभई मरासिनीहरुले यो काम गर्न नसक्ने स्रोतले बतायो।
ती कर्मचारीहरुले ७४ जना यात्रुको ५ डलर बराबर भिसा टाँस नगरी राजस्व त मार्ने काम गरेका छन्। गैरकानुनी रुपमा भिसा विना कस्ता व्यक्तिहरुलाई एयरपोर्ट बाहिर पठाइयो, ती को थिए र कुन उद्देश्यले आएका थिए भन्ने कुरा थप आशंकाको बिषय भएको छ।
दोषी कर्मचारीहरु विभागमा तानिए पनि यो काण्ड गुपचुप पारी पुनः ती कर्मचारीहरु एयरपोर्टमै फर्किने चलखेल भइरहेको छ। यसअघि २०६९ फागुन २२ गते जेट एयरबाट नयाँदिल्ली हुँदै अफगानिस्तान जान लागेका डम्बर सुनुवारबाट ४५ हजार रुपैयाँ घुस लिएको खुलासा भएपछि अध्यागमन कार्यालय एयरपोर्टका नासु लक्ष्मण दुलालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्ध्ाान गरिरहेको छ। दुलाललाई अख्तियारले कारबाही गरे पनि माधव मरासिनीहरुलाई कारबाहीको प्रक्रिया नै सुरु हुन नसकेेको स्रोतले बतायो। गृहमन्त्रालयका सचिव नवीन घिमिरेले चैत १४ को काण्डका दोषीलाई कारबाहीको दायरामा ल्याउन किन बिलम्ब गरिरहेका हुन् भन्ने प्रश्न उठेको छ। एमाले समर्थक भएकाले दुलाल कारबाहीमा पर्ने तर नेपाली कांग्रेस समर्थक भएकाले माधव मरासिनीहरु जोगाउन लागेको आरोप गृहसचिव र अध्यागमन विभागका महानिर्देशक बसन्त घिमिरेमाथि लागेको छ। घिमिरे गृहसचिव भएपछि एकपछि अर्को काण्ड अध्यागमनमा घटिरहेका छन्। तर घिमिरेले जोगाउन प्रयत्न गरे पनि ढाकछोप गर्न नसक्ने अपराध भएकाले रामप्रसाद कोइरालाहरु कारबाहीको दायरामा परे पनि अहिलेसम्म कानुनको दृष्टिमा फरार छन्। एयरपोर्ट काण्डमा मुछिएका कर्मचारीलाई कारबाही नगरिएको बारेमा गृहसचिव नवीन घिमिरेसँग प्रतिक्रियाका लागि चैत १८ गते पटक पटक प्रयास गर्दा पनि उनले मोवाइल उठाएनन्। अध्यागमन विभागका महानिर्देशक वसन्त गौतमको मोवाइल स्वीचअफ गरिएको थियो। - साँघु ,चैत्र  १९ 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis