CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » नायिका सुमिनाले मारेर फालिलिने धम्की दिए रे. हो र, होइन होला ?

नायिका सुमिनाले मारेर फालिलिने धम्की दिए रे. हो र, होइन होला ?

Sumina-Photo-3
२१ चैत, काठमाडौं । चलचित्रकी नायिका सुमिना घिमिरेले मंगलबार साँझ अनलाइखबरका रंग पत्रकार विजय आवाजलाई ज्यान मार्ने धम्की दिनुभएको छ । बेलुकी साढे ५ बजे फोन गरेर नायिका घिमिरेले ‘टाउको झोलामा र खुट्टा खोलामा पुर्याइदिने’ बताउनुभएको हो ।
मंगलबार अनलाइनखबरमा ‘सोझीबाट हट हुँदा पनि चलिनन् सुमिना’ शीर्षकमा
नायिका सुमिनाले खेलेका चलचित्र नचलेको र फिल्म घाटामा गएको समाचार प्रकाशित भएको थियो । समाचारमा नायिकाको व्यक्तिगत विषयमा कुनै टिप्पणी नगरी चलचित्रमा उनले सफलता पाउन नकिएको मात्र विश्लेषण गरिएको थियो । तर, उसै विषयलाई लिएर उहाँले पत्रकारलाई फिल्मी डायलगमा धम्की दिनुभएको हो ।
फोनमा सुमिनाले मेरो बिरुद्धमा किन समाचार लेखेको, मेरो बारेमा नराम्रो र राम्रो दुबै समाचार नलेख् भन्दै धम्काउनुभएको छ । ‘तेरा बाउले बनाएको सिनेमा हो ? तँ साले प्रोड्युसर होस् ?’- सुमिनाले फोनमा भन्नुभयो ।
यस्तै उहाँले तँ साले खाते, भन्दै पत्रकार आवाजलाई मारेर फालिलिने धम्की दिनुभयो । ‘तँ सालेले मलाई चिनेको रैनछस्, तेरो टाउको झोलामा र खुट्टा खोलामा पुर्‍याइदिन्छु ।’- नायिका घिमिरेले भन्नुभयो । करिब ४ मिनेट फोन गरेकी घिमिरेले पत्रकार आवाजलाई असभ्य भाषामा गाली गर्नुभएको अडियो रेकर्ड अनलाइनखबरसँग सुरक्षित छ ।
नेपाली मिडियामा चलचित्रहरु र त्यसमा अभियन गर्ने नायक नायिकाहरुका विषयमा समीक्षा हुनुलाई समान्य मानिन्छ । सुमिनाका बारेमा अनलाइनमा छापिएको समाचारमा सुमिनाले खेलेका चलचित्रबारे समीक्षा गरिएकोमा यसैलाई आधार मानेर ‘टाउको झोलामा खुट्टा खोलामा’ नायिकाको धम्कीले उहाँ चलचित्रमा मात्रै असफल हैन, सांस्कृतिक स्तरको हिसाबले पनि कमजोर हुनुहुँदोरहेछ भन्ने देखाएको छ । नायिकाजस्तो संस्कृतिकर्मीले यस्तो तल्लोस्तरको भाषा बोल्ला भनेर सभ्य समाजमा कल्पनासम्म गर्न सकिँदैन ।

सोझीबाट हट हुँदा पनि चलिनन् सुमिना


एक चलचित्रमा नायक अर्जुन कार्कीले शरीर भरी किला रोपे पछि उनको चर्चा एकाएक चुलिएको थियो । उनले त्यसपछि लगालग १८ वटा सिनेम खेले । तर एकपछि अर्को सिनेमाले पानी नमागेपछि उनी जसरी उचाईमा पुगेका थिए त्यसरी नै झरे । नायिका सुमिना घिमिरेको करिअर पनि अहिले त्यस्तै मोडमा पुगेको विश्लेषण गर्न थालिएको छ । चलचित्र क्षेत्रमा आशालाग्दी नायिकाको रुपमा हेरिएकी सुमिना अहिले असफल सावित हुँदै गएकी छिन् । सुमिनाले अभिनय गरेका कुनै पनि सिनेमाले व्यवसायिक रुपमा सफलता हात पार्न नसकेपछि उनको करिअर पनि ओरालो लाग्न थालेको हो ।चलचित्रमा अभिनय गरेर भन्दा पनि विभिन्न चलचित्रकर्मीसँग नाम जोडिएर उनले चर्चा बटुलेकी छिन् । सुमिनाको आजसम्म ‘दुलही’, ‘छविलाल कञ्जुस छैन’, ‘किन मायामा’, ‘हेल्लो प्रकृती’, ‘तिम्रो लागी’, ‘रङ’ लगायतका सिनेमा प्रदर्शनमा आएका छन् । तर यि सबै सिनेमाले निर्माताको लगानी बचाउन सकेनन् । सुमिनाले सबैभन्दा धेरै आशा गरेको चलचित्र ‘नाइन ओ क्लक’ को व्यापार पनि शुन्य जस्तै छ । दुलहीमा सोझी युवतीको भुमिकामा अभिनय गरेकी सुमिनाले अहिले आफ्ना भुमिकालाई परिवर्त गर्दै चलचित्रमा हट दृश्य समेत दिन थालेकी छिन् । तर उनले जस्ता भुमिका गरेपनि दर्शकले रुचाएका छैनन् । यसैले उनी अहिले सफल सिनेमाको खोजीमा छटपटिएको देखिन्छ ।
कुनै पनि कलाकारले अभिनय गरेका आधादर्जन भन्दा बढि सिनेमा मध्ये एउटाले पनि व्यापार नगर्नु असफलताको संकेत हो । सुमिनाको टाउको हेरेर दर्शक हलसम्म गएका छैनन् । यसैले पनि सुमिनालाई सिने नगरीमा चल्न नसकेकी नायिकाको रुपमा विश्लेषण गर्न थालिएको छ ।

साभार ; अन्लाईन खबर 

Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis