मन्त्रिपरिषद्का अध्यक्षले उपत्यकामा भत्काइएका सडकहरू छिटोभन्दा छिटो पुनःनिर्माण गर्न निर्देशन दिएछन्। त्यो जनविरोधी निर्देशनपछि मलाई डर लाग्न थालेको छ, कतै सडकहरू पुनःनिर्माण भएर उपत्यका सफासुग्घर भयो भने हामी उपत्यकावासीले कसरी सास फेरौँला ! हाम्रो फोक्सोको के गति होला ! रक्तनलीहरूले के ओसार्लान् र हाम्रो मुटु सुचारु होला ! कृपा गरी हामी राजधानीवासीको स्वासप्रश्वास प्रक्रियालाई जोखिममा पार्ने दुष्कार्य नगरयिोस्। हामीलाई धूलो, धूवाँ, ढुंगा, इँटा, कीला, काँटी, खाल्डा, प्लास्टिक, कागज, खोस्टा, सिसा, ढल र हिलोयुक्त सडक नै चाहिन्छ।
धूलो हाम्रो अपरहिार्य खाद्यतत्त्वका रूपमा रहिआएको छ। हाम्रा भान्सामा धूलो छ। चामल, दाल, तरकारी, पिठो र आँटामा धूलो छ। धूलो बढार्ने कुचोमा धूलो छ। धूलो पखाल्ने पानीमा धूलो छ। हामी टाउकादेखि खुट्टासम्म धूलोले पुरएिका छौँ। कपालका जरामा, नाकका टोड्कामा, कानका प्वालमा, आँखाका नानीमा सर्वत्र धूलोको पत्र छ। हामी धूलो खाइरहेका छौँ, धूलोले नुहाइरहेका छौँ। धूलोको ओछ्यानमा धूलो ओढेर सुतिरहेका छौँ, धूलो पन्छाउँदै उठिरहेका छौँ। हामीलाई धूलोबिनाको जीवन स्वीकार्य छैन। हामीलाई धूलोबिनाको राजधानी मान्य छैन।
धूलोको प्रभाव र फाइदाबारे एउटा घटना सुनाउँछु। केही समयअघि म ज्ञानेश्वर क्षेत्रमा सपरविार पैदल यात्रामा थिएँ। मान्छेको भीड र गाडीहरूको जाम भएको व्यस्त सडकमा एक्कासि ठूलो आवाजका साथ धूलोको भयंकर मुस्लो मडारयिो। धर्ती अँध्यारो भयो। संसार प्रलय हुने हल्ला चलेको बेला थियो, मान्छेहरू प्रलय भएको भयले रुन, चिच्याउन थाले। म सास रोकेर जहाँको तहीँ उभिइरहेँ। केही बेरपछि बिस्तारै धूलो पातलियो। धूलोमा रुमलिएर बेपत्ता भएका छोराछोरी र श्रीमती निकै बेरको खोजतलासपछि फेला परे। कुरा बुझ्दा थाहा भयो, नेपाल सरकारका कर्मचारीहरूले सडक पिच गर्ने क्रममा मेसिनबाट हावा लगाएर धूलो उडाएका रहेछन्। कति राम्रो काइदा ! सारा मान्छे सडकमा निस्किएका बेला सबैले देख्ने गरी सरकारले काम देखाएको। काम भएन भन्नेहरूका मुखमा बुजो लगाएको। सरकारले मात्रै होइन, त्यही बेला धूलोले हाम्रो फोक्सोमा पनि बुजो लगाएछ। परविारका सबैलाई त्यो दिनदेखि भेटेको रुघाखोकीले आजसम्म छाडेको छैन। खान मन लाग्दैन। भान्सा खर्च आधै घटेको छ।
यसरी विचार गर्दा धूलोबाट नोक्सानी छैन, लाभै लाभ छ। अस्पतालहरूको विकास र विस्तार भएको छ। औषधी र साबुनका फ्याक्ट्रीहरू बढेका छन्। विद्युतीय सामग्रीहरूको मर्मत-बिक्रीको पेसामा लाभ भएको छ। धूलोसँगै सडकमा थुपि्रएको ढुंगा, सिसा र कीलाकाँटीहरूका योगदानले सवारी साधन मर्मत एवं पार्टपुर्जा व्यवसायहरू फस्टाएका छन्। सडकछेउका बासिन्दाका ओछ्यान, भान्सा र छतमा जम्मा भएको धूलोले गमला भरेर घरैपिच्छे फूलबारी बनाउन थालिएको छ। खोकी र दमका रोगीहरूको संख्या बढ्नाले सहरमा चोरहरूको बिगबिगी घटेको छ।
यस्त्ाो फाइदै फाइदाको काममा सरकारले हस्तक्षेप गर्नुहुँदैन। धूलो खान पाउने हाम्रो नैसर्गिक अधिकार सरकारले खोस्नुहुँदैन। हामीले मात्र होइन, हाम्रा सन्तान-दरसन्तानले पनि धूलो खान पाउनुपर्छ, सडक बनाउनुहुँदैन। अध्यक्षज्यूलाई चेतना भया!
साभार : नेपाल
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !