रंगमञ्चमा उदाएको बलियो पुस्ता
सुनील पोखरेलको 'आरोहण गुरुकुल'बाट बाहिरिए र घिमिरे युवराजसँग संयुक्त भई 'शिल्पी' नाट्य समूह खोले, राजन खतिवडा, ३४, ले। केही समयपछि त्यहाँबाट पनि बाहिरिए। उनी आफ्नो रंगमञ्चीय अवधारणा र शैलीलाई प्रयोग गर्न चाहन्थे। त्यसैले उनले दयाहाङ राईलाई भेटे र 'मण्डला नाटकघर' स्थापना
भयो।दयाहाङ राई, ३२, को पनि रंगमञ्चीय कथा झन्डैझन्डै राजनकै जस्तो छ। अनुप बराल निर्देशित टलक जंग भर्सेस टुल्केमा अभिनय गरेपछि उनी अनुपकै संस्था एक्टर्स स्डुडियोमा भर्ना भए। त्यतिन्जेल उनले केही नाटकमा अभिनय गरसिकेका थिए।
त्यहाँबाट बाहिरिएपछि उनले रविन पाण्डेसँग मिलेर माइला डट कम निर्देशन गरे। यी दुईलाई जोड्यो, त्यही नाटक माइला डट कमले। यसको केही अवधिपछि राजन र उनले आफ्नो रंगमञ्चीय सीपलाई प्रस्तुत गर्न खोलेको 'मण्डला नाटकघर'बाट जर्नी इन्टो...मा सहायक निर्देशकको काम गरे। त्यसपछि यही समूहबाट राजनको निर्देशनमा उनले चन्द्रदास चोरमा अभिनय गरे। तर, रविनको मोटरसाइकल दुर्घटनामा निधन भएपछि उनी एक्ला भए।
सुरेश चन्द, ३५, पनि गुरुकुलकै उत्पादन हुन्। लामो समय गुरुकुलमा अभिनय र प्राविधिक काम गरेर खारएिका उनी अहिले स्कुल स्कुलमा बाल नाटकबाटै चेतना जगाउन सक्रिय छन्। 'स्पेस, पहिचानको खोजी' नामक रंगसंस्था स्थापना गरेर उनी नेपाली रंगमञ्चलाई नयाँ दिशाबोध गराउन सक्रिय छन्।
प्रसिद्ध नृत्यकार चतुर्भुज आशावादीको 'भानु कला केन्द्र'सँग आबद्ध 'नाट्येश्वर आर्ट' हुँदै अनुपको 'एक्टर्स स्टुडियो'सम्मको यात्रामै आशान्त शर्मा, ४०, ले रंगमञ्चका धेरै उकाली-ओराली पार गरसिकेका थिए। अहिले उनी कुनै समूहमा आबद्ध छैनन् तर सबै समूहसँग मिलेर नाटक निर्देशन र अभिनय गर्छन्।
यसरी रंगमञ्चको बीउ छर्दै हिँड्ने खगेन्द्र लामिछाने, जेबी रुवाली, रवीन्द्र झा, पि्रयंका झाजस्ता दर्जनौँ प्रतिनिधि पात्र भेटिन्छन्, आजको रंगमञ्चमा। "हामी रंगमञ्च छाडेर अर्को क्षेत्रमा फड्को मार्ने सोच पनि राख्न सक्तैनौँ," राजन भन्छन्, "त्यसैले यो हाम्रो बाध्यता पनि हो र एक मात्र रोजाइ पनि।"
दया सम्भिmन्छन्, अनामनगरस्थित 'मण्डला नाटकघर'को शिलान्यास गर्दा सबैको खल्ती टकटक्याउँदा चियाखाजाका लागि कसैको खल्तीमा २५ रुपियाँ दामसम्म ननिस्केको। तर, उनीहरू परििस्थतिसँग सम्झौता गरी योजना छाड्न तयार थिएनन्। दया सिनेमामा जम्न थालिसकेका थिए। उनले सिनेमामा खेलेको बाँकी बक्यौता उठाउने र सम्झौता भएका सिनेमाबाट पनि अगि्रम पेस्की भेला पार्न थाले। अलिअलि रकम जम्मा भयो। तर, त्यतिले पनि सम्भव थिएन, यो खाका बनाउन।
उनीहरू अब अँध्यारोमा छामछाम छुमछुम गर्दै दैलो भेटेको अवस्थामा पुगे। उनीहरूका अगाडि चम्किला सम्भावनाहरू परपरसम्म छरएिका थिए। यही मेसोमा राजनले चरणदास चोर र मिस जुलीको निर्देशन गरेर मण्डलामा मञ्चन गरे। यी दुई नाटकले उनीहरूको सपनालाई साँच्चिकै मूर्त रूप दियो।
उता सुरेश चन्द गुरुकुल बन्द भएपछि केही समय फुर्सदमा रहे। के गर्ने र कहाँबाट सुरु गर्ने भन्ने द्विविधामा रुमलिँदा रुमलिँदै उनी बालकहरूका लागि रंगकर्म गर्ने निश्चयमा पुगे। यस सिलसिलामा धेरैपटक राजधानीका सरकारी विद्यालयको चक्कर लगाए। अनि, एउटा सरकारी विद्यालयमा उनले काम पाए, रंगकर्म सिकाउने। अहिले उनले धेरै सरकारी विद्यालयमा विद्यार्थी र अभिभावकलाई नाटकबाटै सन्देश प्रवाह गररिहेका छन्। "म नाटक बिना उद्देश्य गर्दै गर्दिनँ," सुरेश भन्छन्, "मेरा नाटकले बालबालिका र शिक्षक-अभिभावक दुवैमा चेतना भर्ने काम गर्छ।"
युवराज अहिले सत्यमोहन जोशीद्वारा लिखित मजिपा लाखेको अभ्यासमा व्यस्त छन्। यो नाटक आसन्न कोलकाता अन्तर्राष्ट्रिय महोत्सवमा नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने एक मात्र नाटक हुनेछ। महोत्सवमा १० राष्ट्रले रंगमञ्चीय प्रतिनिधित्व गर्नेछन्।
सुरेशको रंगमञ्चीय गतिविधिको पाटो पनि त्यत्तिकै रोचक छ। उनले केही महिनाअघि आफ्नै पहलमा राजधानीमा काठमाडौँ चिल्डे्रन फेस्टिवल गरे। तीमध्येका पाँचवटा नाटकमा उनी आफैँले लेखन-निर्देशन गरेका थिए। उनी आफैँ नाटक लेख्छन्, निर्देशन गर्छन् र अभिनय पनि। उनले गरेको अर्को उदाहरणीय काम थियो, अपांगहरूका लागि नाटक। उनले पूर्वको पाँचथरदेखि पश्चिम महाकालीसम्म स्थानीय अपांगहरूबाटै नाटक गराउँदै ४७ ठाउँमा पुगे। भन्छन्, "बालबालिकादेखि अपांगता भएकासम्मका व्यक्तिलाई समेटेर उनीहरूमार्फत नै उनीहरूका हकअधिकारबारे आमजनमानसमा चेतना छर्न कृत संकल्पका साथ लागेको छु।"
केही साताअघि प्रशिक्षणमा विराटनगर पुगेका थिए, मण्डलाका राजन र शिल्पीका युवराज। यस्ता प्रशिक्षणमा राजनले अभिनय र नाट्य प्रस्तुतिकला तथा युवराजले अभिनयमा शारीरकि हाउभाउसम्बन्धी प्रशिक्षण दिन्छन्। यति मात्र होइन, उनीहरू विभिन्न विद्यालयमा रंगमञ्चसम्बन्धी ज्ञान र अभ्यास पनि प्रदान गर्छन्। जस्तो: सुरेश राजधानीका पाँचवटा विद्यालयमा नियमित नाट्य प्रशिक्षण दिन्छन्। यी समूह कचहरी रंगमञ्च पनि सञ्चालन गर्छन्। "कचहरीले प्रत्यक्ष रूपमा स्थानीयका समस्यामाथि सम्बन्धित क्षेत्रबाट सम्बोधन हुन्छ भने परोक्ष रूपमा रंगमञ्चप्रति आममानिसको रूचि अभिवृद्धि हुन्छ," युवराज भन्छन्, "यो पनि हामीले गुरुकुलबाटै ल्याएको फरक रंगमञ्च शैलीको बीउ हो।"
यसै प्रसंगलाई जोड्दै दया स्पष्ट पार्छन्, "हाम्रो सपना भनेको रंगमञ्चमा नाटक प्रस्तुत गर्नु मात्र होइन, नाटकका लागि आवश्यक सम्पूर्ण सुविधा र प्रविधिको जोहो गर्नु पनि हो।" उनको सपनाले भन्छ, हरेक ठाउँमा एउटा रंगमञ्च ग्राम हुनुपर्छ र रंगकर्मीहरू जन्मिनुपर्छ।
रंगकर्मबाटै जीविका मुस्किलले चलेको होला तर राजन, दया, युवराज, आशान्ता या सुरेश सबै यसबाटै पालितपोषित छन्। उनीहरू प्रायः सबै अन्तर्राष्ट्रिय रंगमञ्चसँग परिचित छन्। अझ राजन र युवराजका हकमा त उनीहरू दुवै डेनमार्कबाट यही विषयको शिक्षा लिएर रंगमञ्चमा ओर्लिएका हुन्।
रंगमञ्चसँग आबद्ध यो पुस्ता आफ्ना अग्रजहरूभन्दा अझ सक्रिय छ। उनीहरूलाई आफ्नो पहिचानको चुनौती र आर्थिक अभावको पिरलो छ। त्यसैले उनीहरू कला र व्यवसाय दुवै कुरालाई समान दूरीमा राखेर रंगमञ्चमा सक्रिय भइरहेका छन्। उनीहरू संस्थागत रूपमा पृथक्जस्ता देखिन्छन् तर एकअर्कालाई साथ-सहयोग गर्न पनि त्यत्तिकै तत्पर छन्। उनीहरू अरूसँग भन्दा आफैँसँग बढी प्रतिस्पर्धी देखिन्छन्। त्यसैले उनीहरू आमदर्शकबीच जाँदा परपिक्वताका साथ प्रस्तुत हुन्छन्।
रमण घिमिरे , नेपाल

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !