CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » सभासदको तलब, भत्ता फिर्ता हुने ? हो र ?

सभासदको तलब, भत्ता फिर्ता हुने ? हो र ?

इटहरी, चैत २०- नयाँ जनवादी नेपाल पार्टीले लामो समय लगाएर पनि संविधान नबनेकाले अघिल्लो संविधानसभाका सबै सदस्यले लिएका सबै तलव भत्ता फिर्ता गर्नु पर्ने माग राखेको छ।

पार्टीको यही चैत १६ देखि १८ गतेसम्म धनुषामा बसेको केन्द्रीय कमिटीको निर्णय प्रेस विज्ञप्तिमार्फत् सार्वजनिक गर्दै सो पार्टीले चार दलीय सिण्डीकेटको नेतृत्वमा अब हुने भनिएको संविधान सभा निर्वाचनले पनि नेपाली जनताले चाहेजस्तो
संविधान आउन नसक्ने किटान गर्दै चार दलका मुख्य नेताहरु जिम्मेवार नभएकाले नै नेपालले यस्तो दुर्नियत भोग्नु परेको उल्लेख गरेको छ।

पार्टीको महासचिव प्रमोदनायारण यादवको अध्यक्षतामा बसेको सो बैठकले संविधान सभाको निर्वाचनपछि ठूला राजनीतिक दलका शीर्षस्थ नेताहरुले संविधान बनाउने भन्दा पनि सत्तामा कसरी पुग्ने र अकुत सम्पत्ति कसरी आर्जन गर्ने भन्नेमा ध्यान केन्द्रित गरेकाले मुलुकको यो दुर्दशा भएको पनि उल्लेख गरिएको छ। पार्टीले आन्दोलनका कार्यक्रमहरु पनि घोषणा गरेको छ। रासस
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis