CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » जागिर खान गएकीलाई लुटियो

जागिर खान गएकीलाई लुटियो

View image on TwitPic website
पत्रपत्रिकामा ‘आवश्यकता’, ‘चाहियो’ लेखिएका विज्ञापनतिर नजर लगाउने गर्नुभएको छ ? बेरोजगारीले गाँजेको देशमा धेरैले आँखा लगाउने नै भए। तपाईँजस्ताले मात्र हैन, खराब व्यक्तिहरुले पनि यस्तोमा आँखा लगाउने गर्दा रहेछन्। केही अघि काठमाडौँमा यस्तै घटना भएको सुनिएको थियो। अहिले फेरि पोखरामा ठ्याक्कै त्यस्तै घटना भएछ।
पोखराको आदर्श दैनिक पत्रिकामा चैत १७ गते एउटा चाहियो विज्ञापन छापिएको
रहेछ। मिडिया हाउस प्रा. लि. लाई दुई जना महिला कर्मचारी चाहियो व्यहोराको। बेरोजगारहरुको आँखा लाग्ने नै भयो।
पोखरा उपमहानगरपालिका–१६ लामाचौर बस्ने २६ वर्षकी सम्झना भण्डारीले पनि त्यो विज्ञापन हेरेकी रहिछिन्। उनले पत्रिकाको विज्ञापनमा लेखिएको नम्बरमा फोन गरिन्।
फोनमा चिल्ला कुरा गरेर उनीहरुले अन्तर्वार्ताका लागि बोलाएछन्। जागिर पाइने भइयो भन्दै उनी बोलाएको ठाउँ महेन्द्रपुलस्थित सन्तोष होटलमा पुगिन्। जागिर त के खाएर पाउनु, उनको स्वागत त छुरा बोकेकाहरुले पो गरिरहेका रहेछन्।
छुरा तेर्स्याएपछि धम्क्याएर उनीहरुले सम्झनाले लगाइरहेको दुई तोला सुनका गहना लुटेछन्। दुई तोला अर्थात् एक लाखभन्दा महँगो गहना !
गहना मात्र हैन, उनीहरुले सम्झनाले चढीआएको ग.५ प ८२६० नम्बरको स्कुटरसमेत लुटे। उनले यसबारे प्रहरीलाई उजुरी गरेपछि खटिएको प्रहरीले स्कुटर चाहिँ अमरसिंह चौरमा फेला पार्‍यो। मान्छे भने कता हो कता बेपत्ता। पुलिसले खोज्याखोज्यै छ।
केही अघि मात्रै पनि ‘पोखरा र चितवनमा लेडिज मोडल चाहियो,’ ‘अफिसमा लेडिज रिसेप्सनिस्ट र क्यासियर चाहियो,’ भन्दै राष्ट्रिय दैनिक पत्रपत्रिकामा मोबाइल नम्बरसहितको विज्ञापन छापी महिलालाई झुक्याएर बोलाई यौन दुव्र्यवहार र लुटपाट गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको थियो। ती थिए दैलेखका थुमबहादुर चन्द। कान्तिपुरमा उतिबेला छापिएको समाचार अनुसार काठमाडौँमा एक महिला जागिर पाउने आसमा एक्लै त्यहाँ पुगेकी थिइन्। चन्दले कलंकीको लुम्बिनी गेस्टहाउसमा बोलाएर अफिस माथिल्लो तलामा छ भन्दै लिएर गएका थिए। होटलको कोठामा पुगेपछि ढोका बन्द गरेर दुव्र्यवहारको प्रयास गरेका थिए। युवती कराउन थालेपछि जुत्ताको मोजा भित्रबाट चक्कु निकालेर आफू गुण्डा भएको बताउँदै कराएमा ज्यान मार्ने धम्की दिएका थिए । जबरजस्ती गरेपछि युवतीसँग भएका सुनका गरगहना, मोबाइल फोन सबै लुटेर बाथरुमभित्र थुनेर भागेछ। चन्दले युवतीसँग भएको एक तोलाको सुनको सिक्री, आधा तोलाको कानमा लगाउने रिङ, नगद २ हजार र मोबाइल फोन लगेको थियो। उनले पोखराको महेन्द्रपुलस्थित एक कार्यालयलाई महिला कर्मचारी चाहिएको र ७ हजार रुपैयाँ तलब दिने भन्दै विज्ञापन छापेर मोबाइल नम्बर दिएका थिए। त्यो नम्बरमा सम्पर्क गरेर जागिर खान गएकी कास्की छारेपाटनकी एक युवतीलाई पृथ्वीचोकमा बोलाएर बसपार्कको एक होटलमा लगि यौन दुव्र्यवहार गर्दै गरगहनाहरू लुटेर भागेका थिए।
फेरि पनि यस्तै घटना देखिएकोले सतर्क हुन जरुरी देखिएको छ।
साथमा यस्ता अपत्यारिला ५० हजार रुपियाँ तलब दिने भन्दै सहर भरी पर्चा टाँस्नेहरुको पनि अनुगमन गर्न जरुरी छ। कति ठगिएकाहरुले उजुरी गर्न नआउने भएकोले थाहै नभइराखेको हुनसक्छ।
View image on TwitPic website

- माई संसार 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis