काठमाडौ, छोराछोरी पढाउनु देशको सबभन्दा ठूलो परिघटना बन्दै गएको छ । यसका साथै सहरमा राम्रा स्कुल पढाउने नाममा बच्चा र अभिभावकले ठूलो सास्ती पनि उठाउन थालेका छन् ।
प्रवेश परीक्षाको रिजल्ट हेर्न झुम्मिएको हजारौंको भीड । भर्नाको मौका पाउनेको सूचीमा नानीको दर्ता नम्बर फेला पार्ने अभिभावकको मुहार युद्धविजेताजस्तो प्रफुल्ल त नम्बर फेला नपार्नेको अनुहार
पराजितको जस्तो घुर्मैलो । सूचीमा दर्ता नम्बर फेला पार्ने अभिभावक मोबाइलबाट सुखद खबर प्रवाह गरिरहेका त नम्बर फेला नपार्ने अभिभावक दुःखद समाचार सेयर गर्दै । 'छोरी तिमीले बिहानै गरेको प्रार्थना सफल भयो,' सूचीमा छोरीको नाम भेटेपछि ठमेलका एक अभिभावकले मोबाइलमा खबर सुनाए । प्रवेश परीक्षामा सम्मिलित झण्डै चार हजारमा १ सय ३५ जना मात्र भाग्यमानी ठहरिएकाले 'अभागी' को जमात धेरै गुणा ठूलो । नानीको नम्बर फेला पार्न नसकेपछि कोही आँसु झार्न कुनातिर गइरहेका । सेन्टजेभियर्स स्कुलले कक्षा १ मा भर्नाका लागि योग्य ठहर्याएकाको सूची सार्वजनिक गरेको दिन -चैत २१) गतेको दृश्य यस्तै थियो । रातो बंगला र काष्ठमण्डप स्कुलमा असफल भइसकेका मानन्धर थरका एक अभिभावकले जेभियर्सको सूचीमा पनि छोराको दर्ता नम्बर फेला नपारेपछि तरक्क आँसु चुहाए । 'रातो बंगलामा छोरा पास भयो, आफू फेल -अभिभावकको अन्तरवार्तामा) भइयो,' उनको दुःखेसो थियो, 'अमेरिका छाडेर आइयो यहाँ स्कुल फेला पार्न सकिएन ।'
त्यही करिब ४ हजारको भिडमा थिए, किराना पसल चलाउने रमेश खड्का । सर्लाहीको जुटपानीस्थित स्कुलबाट एसलएसी गरेर राजधानी छिरेका उनले प्रवेश परीक्षा पास होला भन्ने आशामा जेभियर्सको तयारी कक्षाका नाममा १० हजार रुपैयाँ खर्च गरे । सोर्सफोर्स लाग्ने आसमा दौडधूप पनि गरे । आखिरमा उनी 'पराजित' छोराको बावुमा दरिए । नयाँ शैक्षिक सत्र सुरु हुने बेला भएपछि छोराछोरीका लागि स्कुल रोज्ने कार्यले उपत्यकावासी बाबुआमालाई बेचैन बनाउँछ । औकातअनुसारको स्कुलको खोजीमा यस्ता अभिभावक जुट्छन् । कोही साना नानीलाई पढाइ सुरुवातका लागि स्कुल छनोट गर्ने तनावमा हुन्छन् । अर्काथरी छोराछोरीले पढिरहेको स्कुल चित्त नबुझेर अर्कोको खोजीमा जुट्छन् ।
ट्रान्सपरेन्सी इन्टरनेसनलमा कार्यरत बबी शर्मा नाम चलेको स्कुलमा पढिरहेको छोरालाई भारतीय दूतावासको केन्द्रीय विद्यालयमा पढाउन एक वर्षदेखि प्रयास गरिरहेकी छन् । 'अहिलेको स्कुल पनि रामै्र हो,' उनी भन्छिन्, 'तर अझ राम्रो र भविष्यमा भारतमा पढ्न सजिलो होस् भनेर त्यहाँ सार्न खोजेकी हुँ ।' उपत्यकामा हरेक वर्ष यतिबेला स्कुल भर्ना गर्ने 'लडाइँ' मा सामेल हुने अभिभावकको संख्या लाखौं हुन सक्छ ।
रातो बंगला स्कुलमा छोरीको नाम निस्केपछि व्यवसायी चेतन भण्डारीले त ससानो भोजकै आयोजना गरे । 'चिताएको स्कुलमा नाम निस्किएकाले खुसी साटासाट गर्न मन लाग्यो,' उनी सुनाउँछन् । तर अधिवक्ता सज्जनवर सिंह थापाले रातो बंगला स्कुलमा पढिरहेका दुई छोरीलाई यसपालि देहरादुनमा भर्ना गरे । 'मलाई त्यहाँको पढाइ पनि चित्त बुझेन,' उनी सुनाउँछन् ।
'घरका पाँच दाजुभाइ र तीन दिदीबहिनीमा म सबैभन्दा कान्छो । सातै जनाले आफ्ना छोराछोरीलाई सेन्टजेभियर्समा भर्नाको प्रयास गरी असफल भए,' एक अभिभावक नाम उल्लेख नगर्ने सर्तमा भन्छन्, 'मेरी छोरी यसपालि सफल हुँदा सबैले गर्व गरेका छन् ।' काष्ठमण्डप स्कुलमा छोरालाई भर्ना गराउन तीन साता तनावमा बिताएका धुम्बाराहीका रोशन पराजुली भर्ना भएपछि ठूलै काम भएजस्तो अनुभव गरेको बताउँछन् ।
पढ्नेका लागि सबै स्कुल राम्रो ठान्ने चेल्सी इन्टरनेसनल एकेडेमीका पि्रन्सिपल सुधीर झा अभिभावकले अनावश्यक तनावलाई निम्त्याएर नानीहरूलाई थप तनाव दिइरहेको टिप्पणी गर्छन् । एकैचोटि धेरै स्कुलमा प्रवेश परीक्षा दिलाएर एकपछि अर्को स्कुलमा असफल हुँदा नानीहरूमा कस्तो मनोवैज्ञानिक असर पर्छ भन्ने कुरा अभिभावकले मनन गर्न नसकेको उनी बताउँछन् । नाम चलेका स्कुलको प्रवेश परीक्षा पार लगाउन हजारौं अभिभावकले नानीलाई ट्युसन पढाउँछन् । 'कक्षा उक्लिने परीक्षाका बेलामा नाम चलेका स्कुलको प्रवेश परीक्षाका लागि ट्युसन पढाउन पठाएर नानीमाथि बोझ थपिएको मात्र छैन, यातना दिइएको छ,' उनी थप्छन् ।
अभिभावकहरूमा नाम चलेका स्कुलमा मात्र नानीको विकास र पढाइ राम्रो हुन्छ भन्ने धारणा गडेको छ । कहलिएका स्कुलमा पढाउनुलाई सामाजिक हैसियतसँग जोडेर हेरिन्छ । महँगा र नाम चलेका स्कुलमा पढाउनुलाई गौरवको विषय ठान्ने सहरमा यत्रतत्र भेटिन्छन् । शिक्षक हुन् वा अभिभावक ५-६ वर्षको उमेरमा नानीको सर्वाङ्गीण विकास हेर्नुपर्नेमा पढाइ-लेखाइलाई मात्र जोड दिइन्छ ।
परीक्षामा फेल हुने नानीहरूमा पलाउने मनोभावनातर्फ भने कमैको ध्यान जान्छ । उनीहरूको भावनामा पर्ने ठेसले पछिसम्म नकारात्मक असर पारिरहेको हुन्छ । त्यसमाथि परीक्षामा असफल भएपछि आफ्ना नानीलाई तनाव दिनेको पनि कमी छैन । प्रवेश परीक्षामा असफल हुने नानीहरूको मनमा खेल्ने 'मैले त्यो विद्यालयमा पढ्न पाइनँ, म अरूभन्दा कमजोर रहेछु, मलाई त्यो विद्यालयले किन लिएन' जस्ता जिज्ञासाले लामो समयसम्म पछ्याइरहने जोखिमप्रति न अभिभावक न स्कुल व्यवस्थापनको ध्यान पुगेको छ । काठमाडौं विश्वविद्यालयबाट द्वन्द्व र बालविकासमा विद्यावारिधि गर्दै गरेकी मिनाक्षी दाहाल यस्ता परीक्षालाई त्यस्तै सोचको परिणाम ठान्छिन् । उनका अनुसार बालबालिकामा असीमित क्षमता र प्रतिभा हुन्छन् । त्यो नानीपिच्छे फरक हुन्छ । सबैलाई एउटै साँचोमा राखेर हेर्नु भनेको ठूलो गल्ती हो । 'यस्ता परीक्षाले त्यही गल्ती गरिरहेका छन्,' उनी थप्छिन, 'त्यसमाथि एक घन्टाको परीक्षाबाट कुनै नानीको मूल्यांकन हुन्छ भन्नु झन् गलत हो ।'
अभिभावक र तिनका कलिला नानीहरूले भोग्नुपरेको यस्तो तनावको दोषी को भन्ने बहस हरेक वर्ष भर्नाको मौसममा सतहमा आए पनि सत्र सुरु भएपछि सेलाएर जान्छ । यो प्रवृत्ति बिल्कुल नयाँ भने होइन । छिमेकी भारतमा यस्तै समस्या देखिएपछि त्यहाँको न्यायालयले नै हस्तक्षेप गरेको थियो । करिब तीन वर्षअघि दिल्ली उच्च न्यायालयले विद्यालय भर्ना हुन अभिभावक र विद्यार्थी कसैको पनि अन्तरवार्ता र परीक्षा लिन नपाइने आदेश जारी गरेको थियो । गत महिना मात्र उक्त निर्णयविरुद्ध परेको रिटलाई सर्वोच्च न्यायालयले ६ देखि १४ वर्षका नानीहरूको विद्यालय शिक्षामा स्वतः पहुँच हुनुपर्ने भन्दै खारेज गरेको थियो । तर, नेपालमा भने यस विषयले अहिलेसम्म अदालतमा प्रवेश पाइसकेको छैन ।
शिक्षाविद् मनप्रसाद वाग्ले त विद्यालय भर्नाका नाममा अभिभावक र तिनका नानीहरूलाई परीक्षाका नाममा दिइने सास्ती तुरुन्त बन्द गर्नुपर्ने बताउँछन् । 'त्यस्ता परीक्षा फेल हुने नानीहरूमा म केही गर्न सक्दिनँ भन्ने हीन भावना पलाउँछ र कालान्तरमा उसले खाडीमा मात्रै अवसर देख्न सक्छ' उनी थप्छन् । आफूहरूले भर्नाका लागि लिखित परीक्षा नै नलिने
युल्लेन्स स्कुलका पि्रन्सिपल मेदिन लामिछाने बताउँछन् । 'बच्चाहरूको गतिविधिलाई नजिकबाट अवलोकन गर्ने विधि अपनाइएको छ,' उनी सुनाउँछन् ।
सीमित स्कुलमा असीमित चाप
आफ्ना नानीहरूका लागि राम्रो विद्यालय छनोट गर्नुपर्ने दबाबकै कारण राजधानीका केही नाम चलेका स्कुलमा अधिक चाप पर्छ । सेन्ट जेभियर्स, बुढानीलकण्ठ, सेन्ट मेरिज, रातो बंगला, युल्लेन्सलगायतका निजी स्कुलमा भर्नाको मौसममा थेगी नसक्नुको भीड लाग्ने गर्छ । फाराम वितरणदेखि नतिजा प्रकाशन हुने बेलासम्म अभिभावक र तिनका नानीहरूको भिडले ती स्कुल परिसरमा मेलाकै झल्को दिने गर्छ । स्कुलका जिम्मेवार अधिकारीचाहिँ मोबाइल अफ गरेर बस्छन् । 'के गर्नु साथीभाइ ठूलाठालुको सिफारिस आउँछ, सबैको इच्छा पूरा गर्न सकिन्न,' झा भन्छन्, 'बरु मोबाइल अफ गर्यो बस्यो ।'
सरकारी र सामुदायिक विद्यालयको बिग्रँदो शैक्षिकस्तर तथा वातावरणलाई यस्तो आकर्षणको प्रमुख कारण मानिँदै आएको छ । सार्वजनिक स्कुलको शिक्षालाई ध्वस्त पारिएकाले यस्तो नियति भोग्नुपरेको शिक्षाविद् केदारभक्त माथेमा बताउँछन् । उनका अनुसार तीसको दशकमा लागू गर्न थालिएको नयाँ शिक्षापछि सार्वजनिक स्कुलको शिक्षा धर्मराउन थालेको हो । त्यतिबेला सरकारले समुदायले चलाएका स्कुल सरकारीकरण गरेको थियो । 'शिक्षालाई सरकारले स्वामित्वमा लिनु त गलत थिएन,' उनी भन्छन्, 'तर शिक्षा क्षेत्रलाई व्यवस्थित गर्ने सामथ्र्य राज्यसँग नभएकाले असफल भयो ।' गुणस्तरीय शिक्षामा असफल भएपछि निजी क्षेत्रमार्फत शिक्षाको व्यापारीकरण गरिनु समस्याको जड भएको उनको ठम्याइ छ ।
पछिल्ल्ाो समय विकसित हुँदै गएको 'नानीहरूलाई सकेसम्म राम्रो विद्यालयमा पढाउने' सोच र चेतनाले पनि केही स्कुलमा चाप बढेको युल्लेन्सका पि्रन्सिपल लामिछाने जिकिर गर्छन् । सरकारले विद्यार्थीहरूको स्तर निर्धारणका लागि प्रस्ट मापदण्ड नबनाएका कारण पनि यस्तो अवस्था सिर्जना भएको उनको भनाइ छ । 'एसएलसीको नतिजा नै स्तर निर्धारणको आधार बन्दै आएको छ,' उनी भन्छन्, 'अनि परीक्षामा निजी स्कुलको नतिजा राम्रो हुने गरेकाले नै तीप्रति आकर्षण बढेको हो ।'
तर, शिक्षाविद वाग्ले भने यसका पछाडि सामुदायिक स्कुलको कमजोर स्तरभन्दा पनि अभिभावकहरूमा रहेको एकाङ्गी सोचलाई जिम्मेवार ठान्छन् । 'अभिभावकहरूले नाम चलेका स्कुलमा आफ्ना नानीहरूको हेरचाह कत्तिको हुन्छ भन्दा पनि दैनिक उपभोग्य बस्तुजस्तो ब्रान्ड र लोगो हेर्छन्,' उनी भन्छन् । शिक्षामा लिइएको गलत नीतिका कारण पनि यस्तो अवस्था सिर्जना भएको वाग्लेको ठहर छ । हुन पनि राजधानीभित्र सामुदायिक र निजी स्कुलको अनुपात हेर्दा वाग्लेको दाबी सही ठहरिन्छ ।
राजधानीमा निजी विद्यालयको संख्या १ हजार १ सय ६७ नाघिसक्दा सामुदायिक तथा सरकारी स्कुल भने २ सय ९६ मात्र छन् । हरेक वर्ष एसएलसी परीक्षा पास गर्ने देशभरका विद्यार्थीहरूमध्ये करिब ७८ प्रतिशत सामुदायिक विद्यालय र २२ प्रतिशत निजी स्कुलका हुन्छन् । राजधानीको हकमा संख्यात्मक सघनता बढी भए पनि अधिकांश निजी स्कुलको ध्यान गुणस्तरीय शिक्षा र नानीहरूको विकासभन्दा पनि नाफा कमाउनमै केन्दि्रत छ । जसका कारण तुलनात्मक रूपमा कम महँगा र राम्रो शैक्षिक वातावरण भएका निजी स्कुलमा अभिभावकको बढ्ता चासो रहनु स्वाभाविक नै लाग्छ । शिक्षा विभागले बनाएको प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड व्यवहारमा लागू नहुँदा पनि यस्ता समस्या र विकृति देखिएको दाहाल बताउँछिन् । उक्त मापदण्डमा ६० महिना पुगेका बालबालिकाको बौद्धिक विकास, मनोसामाजिक विकास, शारीरिक विकास र आर्थिक विकासको न्यूनतम स्तर केके हुनुपर्छ भन्ने तोकिएको छ । मापदण्ड नपुग्नेलाई केकस्तो उपाय आवश्यक छ भन्ने पनि सुझाइएको छ । प्रत्येक स्कुलले यही मापदण्डलाई आधार मानेर मूल्यांकन गर्ने हो भने नानीहरूको सर्वाङ्गीण विकास हुने दाहाल बताउँछिन् । 'यो मापदण्ड व्यवहारमा लागू गर्ने हो भने पनि अहिलेको देखिएका विकृति र समस्या न्यून हुने र नानीहरूको सर्वाङ्गीण विकासमा सकारात्मक प्रभाव पार्नेछ,' उनी थप्छिन् ।
भनसुनको चाप
नेपाल प्रहरीका प्रमुख -आइजीपी) कुवेरसिंह राना झन्डै एक महिना छुट्टै खालको सिफारिसले हैरान भए । उनलाई बढुवा र आकर्षक ठाउँमा सरुवाभन्दा बढी सेन्ट जेभियर्स/सेन्ट मेरिज स्कुलमा भर्नाका लागि भनसुन गरिदिन सिफारिसको ओइरो लागेको थियो । 'बरु प्रहरी निरीक्षकको सरुवामा यतिको सिफारिस आएन,' उनी सुनाउँछन् ।
जेसुइट संस्थाले चलाएको दुई स्कुलमा भर्ना फाराम वितरण सुरु भएपछि शैक्षिक सामग्री र ट्युसनको बजार नै गर्माउने गर्छ । सहरमा दर्जनौं ठाउँमा ट्युसन कक्षा सञ्चालन हुन्छन् । जेसुइट संस्थाले यहाँ स्कुल खोलेको छ दशक नाघिसकेको छ । निजी तथा आवासीय विद्यालय संघ -प्याब्सन) का पूर्वअध्यक्ष उमेश श्रेष्ठका अनुसार अंग्रेजी माध्यममा पढाइ हुने भनिएका निजी स्कुलको संख्या नौ हजार नाघिसकेको छ । तैपनि विद्यार्थीलाई आकषिर्त गर्ने मामिलामा दुई स्कुल अघि छन् । पछिल्लो समय को-एडमा बढी आकर्षण भएकाले सेन्ट मेरिज -गल्र्स स्कुल) मा भन्दा जेभियर्समा आवेदकको चाप बढी छ ।
'भर्नाको अनुरोध लिएर आउने अभिभावकलाई पढाइ अन्त राम्रो छ किन यहाँ पढाउन चाहनुहुन्छ भनेर प्रश्न गर्छु,' जेभियर्सका पि्रन्सिपल अमृत राई सुनाउँछन्, 'पढाइ राम्रो त छ जेभियर्सजस्तो छैन भन्ने जवाफ पाउँछु ।' घोकन्ते विद्यामा विश्वास नगर्ने जेभियर्सले विद्यार्थीलाई राम्रो अंक ल्याउनभन्दा राम्रो मानव बनाउने कुरामा जोड दिने उनी बताउँछन् ।
'सेन्ट जेभियर्सभन्दा आधुनिक र गुणस्तरीय शिक्षा दिने स्कुल पनि नखुलेका होइनन्,' उमेश श्रेष्ठ थप्छन्, 'तर ती सर्वसाधारण पहुँचबाहिर छन् ।' रातो बंगला, युल्लेन्स, बि्रटिस, लिंकनलगायतका स्कुल स्तरीय भए पनि आममानिसको पहुँचमा छैनन् ।
'स्कुलको पढाउने विधिमा गुनासो छैन,' नाम चलेको स्कुलमा छोरा पढाइरहेका सनराइज बैंकका वरिष्ठ प्रबन्धक रवीन नेपाल भन्छन्, 'तर शिक्षक गतिला छैनन् ।' जेभियर्समा शिक्षक गतिला हुनुका साथै अन्तर्राष्ट्रिय स्तरमै मान्यता प्राप्त स्कुल भएकाले छोरा कक्षा ९ मा नपुग्दासम्म जेभियर्समा पढाउन प्रयास गर्ने उनी सुनाउँछन् ।
सेन्ट जेभियर्स/मेरिजले ४५ प्रतिशत सिट दुर्गम क्षेत्र, पिछडिएका जाति, विधवा, अपाङ्गका छोराछोरीका लागि सुरक्षित गर्छ । राईका अनुसार परीक्षामा पास गरे कोटा समूहमा पर्नेले मौका पाउने सम्भावना बढी हुन्छ । यसबाहेक मेरिटका आधारमा भर्ना पाउने उनको दाबी छ । तर पहुँचवालाको सिफारिस चल्ने गरेको आरोप छ । 'सम्बद्ध प्रहरी र शिक्षा कार्यालयको सिफारिसलाई इन्कार नगरेको कुरा साँचो हो,' उनको दाबी छ, 'तर पहुँचका भरमा भर्ना पाउनेको संख्या धेरै छैन ।'
ट्युसनको खेती
कसलाई केको धन्दा कसैलाई खानको धन्दा भन्याजस्तो भर्नाको मौसम एकथरीका लागि कमाउने मौसम बन्न पुग्छ । पुरानो शैक्षिक सत्र नसकिँदै उपत्यकाका ठाउँठाउँ -बढी नयाँ बानेश्वर, पुतलीसडक) मा नाम चलेका स्कुलका भर्नाका लागि भन्दै ट्युसन सुरु हुन्छ । तिनले नाम चलेका स्कुलकै शिक्षकले पढाउने भन्दै प्रचारबाजी सुरु गर्छन् । विगतमा ट्युसन पढेर प्रख्यात स्कुलको प्रवेश परीक्षा पास गरेका विद्यार्थी भन्दै फोटा छापेर आकर्षक ब्रोसर छ्याप्छ्याप्ती पारिन्छ । एक वर्षअघि अध्ययन थालेको नानीले जेभियर्सको परीक्षा पास गर्न सक्ने बताउने पि्रन्सिपल राई यस्तो ट्युसन कक्षा अनावश्यक ठान्छन् । 'हाम्रो प्रवेश परीक्षाका प्रश्न एकदमै सामान्य खालका हुन्छन्,' उनले थपे, 'ट्युसनमा निकै भारी कुरा घोकाइन्छ भन्ने सुन्या छु ।' ट्युसन चलाउनेले जेभियर्सका नाममा ठगी गरेको उनी बताउँछन् । आफ्ना स्कुलका शिक्षकलाई अन्यत्र पढाउन अनुमति नभएकाले ट्युसन पढाउन जाने कुरा अफवाह भएको उनको दाबी छ । 'हाम्रो स्कुलका नाममा ठगी भएको कुरा पटकपटक सम्बद्ध निकायको ध्यानाकर्षण गराइएको छ,' उनी थप्छन्, 'तर कसैले कारबाही गर्दैन ।' एक कक्षामा भर्ना गराउनका लागि ट्युसन कक्षा सञ्चालन गर्नुलाई लामिछाने अपराध ठान्छन् । युल्लेन्सको नाम जोडेर कक्षा सञ्चालन गर्ने ट्युसन सेन्टरलाई चेतावनी दिइसकेको उनी बताउँछन् ।
नाम चलेका स्कुलको प्रवेश तयारीको कक्षा चलाउनेले उपभोक्तामाथि ठगी मात्र गरेका छैनन्, कर पनि छलिरहेका छन् । आन्तरिक राजस्व विभागका उपमहानिर्देशक रामशरण पुडासैनीका अनुसार ट्युसन पढाउनेले लिएको शुल्कको १३ प्रतिशत मूल्य अभिवृद्धि कर
-भ्याट) तिर्नुपर्छ । यसबाहेक मुनाफामा आयकर पनि तिर्नुपर्छ । तर यस्ता मौसमी ट्युसन सञ्चालकले कर तिर्दैनन् । 'पहिलो कुरा त भ्याटमा दर्ता हुने संख्यै निकै कम छ,' उनले थपे, 'दर्ता हुनेले पनि ट्युसन शुल्कबापत लिएको रकममा भ्याट तिर्छन् भन्ने छैन ।' यिनलाई करको दायरामा ल्याउन सरकारी निकायले पर्याप्त अनुगमन गर्न नसकेको उनी स्विकार्छन् ।
प्रकाशित मिति: २०६९ चैत्र ३१ ०९:२८

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !