CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » खेलकुदको कालो वर्ष २०६९

खेलकुदको कालो वर्ष २०६९

Yuvaraj_lamaवर्ष २०६९ मा खेल क्षेत्रमा सर्वाधिक चर्चाको विषय बन्यो, अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष गणेश थापाको एक लाख डलर काण्ड। एक लाख डलरको घुस काण्डले थापालाई चर्चित मात्रै बनाएन, नेपाली खेल क्षेत्रकै अन्तर्राष्ट्रिय रूपमा बेइज्जत गर्यो । एएफसीका पूर्व अध्यक्ष कतारी विन हमामको व्यक्तिगत खाताबाट थापाका छोराको खातामा उक्त रकम आएको थियो। यस विषयले नेपाली खेल क्षेत्र नै
तरंगित बन्यो। पछि गणेश थापाका छोरा एएफसीको जागिर छाडेर नेपालमै बस्न थालेका छन्। फिफा र एएफसीले यस विषयमा छानबिन गरिरहेको छ।
नेपाली खेल क्षेत्रमा सर्वाधिक चर्चाको विषय बने पनि यस विषयलाई नेपाल राज्य र खेल क्षेत्रको नियामक तथा तालुकदार निकायले चासो दिन सकेको छैन। थापा यति बलिया व्यक्तिका रुपमा नेपाली खेल क्षेत्रमा स्थापित भए कि उनको एक लाख डलरको काण्डमा कसैले औँला ठ्ड्याउने हिम्मतसम्म गर्न सकेन। राज्य प्रशासन समेत त्यसमा निरीह बन्यो। नेपाल प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण निवारण विभाग समेत मौन बसे। राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव युवराज लामाले यसबारे थापासँग स्पष्टीकरण माग गर्दै पत्र लेखे पनि पछि आफैले लेखेको होइन भन्दै निरीहता प्रकट गरेका थिए। थापालाई विदेशी मुद्रा अपचलन लगायतको मुद्दामा कारवाही चलाउन सकिने कानुनविदहरू बताउँछन्। तर, थापा कारवाहीबाट बच्नका लागि एकीकृत नेकपा माओवादीका अध्यक्ष ‘प्रचण्ड’ निकट बन्न पुगे र उनलाई कसैले निशाना बनाउन सकेन। ठूलालाई चैन सानालाई ऐन भन्ने उखानलाई चरितार्थ गर्दै यो विषय त्यत्तिकै सामसुम भयो। नेपालमा यो विषयलाई लुकाउन खोजिए पनि अन्तर्राष्ट्रिय रुपमा भने यसको छानबिन भइरहेको छ।
फुटबल प्रतियोगिताहरूको कुरा गर्दा वर्ष २०६९ मा नेपाली फुटबल सर्वाधिक असफल भयो। एकपछि अर्को पराजयले नेपाली फुटबल आक्रान्त बन्यो। नेपाली दर्शकले पनि फुटबलबाट निराशा मात्रै हात पारे। केही खेलाडीले कार र अर्पाटमेन्ट पाएको भनेर चर्चा गरियो। तर, सयौँ खेलाडीको अवस्था अझै पनि जर्जर छ।
ओलम्पिक विवादले विगतका वर्षहरू जस्तै गएको वर्ष पनि चर्चा पाई नै रह्यो। राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटीबीचको विवादले अर्को मोड लियो। ओलम्पिक कमिटीको विवाद सुल्झाउने नाममा राखेप सदस्य सचिव युवराज लामाले वर्षभरि तिकडम गरिरहे। ओलम्पिकका अध्यक्ष ध्रुवबहादुर प्रधानसँग बन्द कोठामा चियर्स गर्ने लामाले बाहिर भने कर्मचारी, खेलाडी र प्रशिक्षकलाई धम्क्याउने सिलसिला वर्षभरी नै जारी राखे। मन पर्नेलाई काखा र मन नपर्नेलाई पाखा गर्ने शाही संस्कारलाई लामाले पनि निरन्तरता दिए। ओलम्पिक्समा सहभागी हुने खेलाडीलाई उत्साह जगाउनुपर्नेमा उल्टै लामाले लण्डन ओलम्पिक्सको मुखैमा चर्को विवाद निकालेर खेलाडीको मनोबल गिराउने काम गरे। देशको प्रतिनिधित्व गर्दै खेलको सर्वोच्च प्रतियोगितामा सहभागी हुने खेलाडीको विदाई बन्द कोठामा लुकेर गर्नुपर्ने अवस्था आयो। ओलम्पिक्समा सहभागी हुने पदाधिकारीले पनि लुकेर लण्डन जादुमयी प्रर्दशन हेरे।
लण्डन ओलम्पिक्सलाई राखेपले पूरै बहिष्कार गर्योु। रवि राजकर्णिकारले लण्डन ओलम्पिक्सकै कारण प्रधान समूहको हात छाडेर लामाको पाउ समाते। त्यसपछि लामा र प्रधान समूह बीच पानी बाराबार सुरु भयो। तर, यतिबेला लामा नै प्रधानको पाउ समात्न पुगेपछि राजकर्णिकार अलपत्र परेका छन्। यो वर्षको अन्त्यमा ओलम्पिक काउन्सिल अफ एसियाका डाइरेक्टर हैदर फरमानको नेपाल भ्रमणपछि युवराज लामा एकाएक प्रधानसँग नजिकिए।
ओलम्पिक विरुद्धको अभियानको नाममा लामाले लाखौँ रुपियाँ राज्य कोषबाट यो वर्ष स्वाहा पनि पारे। ओलम्पिक विरोधकै लागि मोबाइल जुलुस निकाल्न लगाएर पनि लामाले त्यत्तिकै रकम पानीमा बगाए। गणेश थापाको लाख डलरको छानबिन गर्न नसक्ने लामाले लण्डन ओलम्पिक्समा उपहार स्वरुप पाएको मोबाइल फोनको विषयलाई उचाल्न खेलाडी र कर्मचारीको प्रयोग गरे। लामाले विभिन्न स्थानमा सेमिनार र गोष्ठी अनि हस्ताक्षर अभियानका नाममा लाखौँ रुपियाँ खर्च गरे।
वर्ष २०६९ मा नेपाली खेलकुदको बजेट एमाओवादीको भत्ता खाने क्षेत्र बन्यो। राखेप सदस्य सचिव लामाले विभिन्न बहानामा एमाओवादीका कार्यकर्तालाई पोस्ने काम गरे।  लामाकै नेतृत्वमा भ्रष्टाचारलाई संस्थागत गरियो। नेपाली खेल क्षेत्र विवाद र बेथितिको आहालमा डुब्यो।
नेपाली खेल क्षेत्रमा कराँते खेलाडी कुशल श्रेष्ठ र उनकी पत्नी तारा गुरुङको हस्ताक्षर काण्डले पनि वर्षको चर्चायोग्य घटनामा दर्ज हुने मौका पायो। लण्डनमा आयोजित एक प्रतियोगितामा सहभागी हुनका लागि नेपाल ओलम्पिक कमिटीको नक्कली लेटरप्याड प्रयोग गरिएको विषय बाहिर आयो। थ्रीस्टार फुटबल क्लबका मेनेजर राम श्रेष्ठले आफू लण्डन जानका लागि कुशल र ताराजस्ता खेलाडीलाई समेत फसाउन पछि परेनन्। उनी करातेका मेनेजरका रूपमा लण्डन जान तम्सिएका थिए। त्यसैगरी दुई–तीन पटक लण्डन धाइसकेका कबड्डीका अध्यक्ष लालकुमार लामा पनि करातेका प्रशिक्षक बनेर लण्डन उड्न तम्सिएका थिए। नेपाल तेक्वान्दो संघको सिन्डिकेट र दादागिरीविरुद्ध खुलेको नेपाल तेक्वान्दो युनियन अन्ततः माओवादी हस्तक्षेपका कारण ध्वस्त भएको छ। सुरुमा खेल गतिविधि गर्ने संस्थाजस्तो देखिए पनि यो विकृत बन्दै गयो र यसमा सहभागी खेलाडी र प्रशिक्षकहरू संस्था छाडेर अन्यत्र गए। अहिले यो माओवादी भातृ संगठन मात्रै बनेको छ। यसको पतन पनि गएको एक वर्षको चर्चायोग्य प्रसंग नै हो।
यो वर्षको अन्त्यमा भएको नेपाल खेलकुद पत्रकार मंचको निर्वाचनले पनि खेल क्षेत्रमा चर्चा पायो। बलिया खम्बा मानिएका कान्तिपुरका हिमेश बज्राचार्यलाई पछार्दै नागरिरकका अजय फुयाल अध्यक्षमा चुनिए। राखेपका सदस्य सचिव युवराज लामा सहितको सर्मथन भएका कारण अजयले जित हात पारेको पराजित पक्षको दावी छ।
नेपाली क्रिकेटले पनि गएको वर्ष चर्चा कमायो। खेलाडीको मिहिनेत विगतका वर्षहरू जस्तै राम्रो रहयो तर माओवादी कब्जामा पुगेको क्रिकेट संघको ब्यवस्थापन पक्ष भने निक्रिष्ट रहयो। खेल प्रतियोगिताका दौरान डन बनेर मैदानमा घुम्ने दिवाकर घलेको वरिपरि अहिले क्रिकेट संघ घुमेको छ। जसका कारण क्रिकेट संघ दिन दिने ओरालो लागेको छ। आशा गरौ वर्ष २०७० मा खेलकुदको अन्धकारमय वातावरणमा उज्यालोका ज्योतिहरू देखा पर्नेछन्।

साभार  विक्ली नेपाल 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis