CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » नेपाली सेलिब्रिटीको फिटनेस

नेपाली सेलिब्रिटीको फिटनेस


कुनै नायिकाले फिल्मकै लागि शरीरको आठ किलो तौल घटाउँछिन् भने यसलाई अपवादकै रूपमा हेर्नुपर्ला। केही समयअघि भिसा गर्लका लागि अनुबन्धित भएपछि अभिनेत्री ऋचा शर्माले त्यसै गरनि् र फिल्मको चरत्रि अनुसारको फिटनेसमा प्रस्तुत भइन्। ५९ किलो रहेको शरीरलाई आठ किलो घटाएर ५१ मा झार्नु ऋचा आफ्ना लागि त कठिन भयो नै, नेपाली फिल्मका थुप्रै अभिनेत्रीका लागि पनि उनको मिहिनेत उदाहरणीय बन्यो। 


फिल्मको चरत्रि अनुसार अभिनय र शरीरको ढाँचा बनाउनुपर्नेमा कलाकारको व्यक्तिगत स्वभाव र व्यक्तित्वलाई आधार मानेर फिल्म बनाउने 'ट्रेन्ड' चलिरहँदा ऋचाले जे गरनि्, त्यो कठिन मिहिनेत र लगावको अर्थ हो, व्यावसायिकता। त्यसैले नयाँ पुस्तामाझ अत्यधिक रुचाइने अभिनेत्रीको पंक्तिमा रहेकी ऋचा आफ्नो फिटनेसमा धेरै ख्याल गर्छिन्। छोटो समयमै धेरै दर्शक कमाउनुमा उनको अभिनयका साथै फिट शरीरको पनि भूमिका छ।

हालै तीनमहिने युरोप बसाइमा पनि ऋचाले नाचेर थप तीन किलो तौल घटाइछन्। त्यसो त उनी चिल्लो, पिरो र अमिलो खानाको भने खासै ख्याल गर्दिनन्। न कहिल्यै मुख बार्छिन्, न त उपवास नै बस्छिन्। दैनिक शारीरकि व्यायामका अतिरत्तिm बिहान-बेलुका दुई/दुई घन्टा जगिङ् पनि गर्छिन्। भन्छिन्, "मेरो शरीरको तौलमा एकदम चाँडै तलमाथि भइरहन्छ।" अर्थात्, तौल बढ्यो भने पनि उनी तुरुन्तै घटाउन सक्छिन्।

सँगसँगै, अर्की अभिनेत्री रेखा थापा भने एक महिना अमेरकिा बसेर र्फकंदा फिटनेस कायम राख्ने कुरा त परै जाओस्, झट्ट हेर्दा भद्दा देखिने गरी ह्वात्तै मोटाएर आइन्। त्यसै पनि मोटी र होची देखिने रेखा अमेरकिा बसाइमा थप चार किलो बढिन्। भन्छिन्, "रातारात फिल्म सुटिङ्को तनाव भएन। दिनभर िघुम्यो, रमायो, खायो।"

अमेरकिा जानुअघि ५५ किलो रहेकी उनी र्फकंदा ५९ मा उक्लिछन्। भन्छिन्, "मेरो शरीर पर्दामा अलि बढी भद्दा देखिन्छ। लाइट जिम गएर घटाउने तरखरमा छु।"

यता बस्दा पनि उनी बिहान ढिला उठ्छिन्, खानामा खास ख्याल गर्दिनन्, नियमित व्यायाम पनि छैन। सुटिङ् हुँदा बिहानै उठेर त्यही अनुसारको तयारी गर्छिन्। तर, सुटिङ् नहुँदा बिहान उठ्दा ९, १० पनि बज्छ रे ! पिज्जा र यस्तै अन्य चिल्लो पदार्थप्रति उनको मोह उस्तै छ। जे भए पनि एक महिनाभित्रै चार किलो तौल बढ्नु शरीरका लागि अनुकूल होइन। त्यसैमाथि पर्दामा देखिने 'सेलिबि्रटी'का लागि त शरीरको फिटनेस कायम राखिरहनु चुनौतीकै कुरा हो।

पुरानी अभिनेत्री करश्िमा मानन्धर अझै कान्छो पुस्तासँग समेत अभिनय गर्दै छिन्। उमेरले ४१ पुगे पनि उनको शारीरकि तन्दुरुस्ती र अनुहारको चमकको विषय लिएर नेपाली फिल्मी बजारमा बेलाबेला अनेक प्रसंग उठिरहन्छ। बलिउडमा एकताकाकी मिस वल्र्ड ऐश्वर्या रायसमेत आमा बनेपछि फिल्ममा खासै देखिन सकिनन्। यता, करश्िमा भने झन्डै 'टिन एज' पार गर्नै लागेकी छोरीका साथ र्‍याम्पमा उत्रिन्छिन्। करश्िमाका समकालीन मात्रै नभएर उनीभन्दा पछि प्रवेश गरेका कैयौँ अभिनेत्री उमेर र बिहेका कारण फिल्मबाट बिदावारी भइसकेका छन्। निर्देशक यादव खरेल भन्छन्, "मैले अहिलेसम्म चिनेका र संगत गरेका अभिनेत्रीमध्ये फिटनेस कायम राख्ने करश्िमा नै हुन्। छोरी पुस्ताले अभिनय गररिहँदा उनले अझै बिदा हुनुपरेको छैन।"

खरेलले भनेजस्तै सँगै काम गरेका अधिकांश अभिनेत्रीहरू यतिबेला पर्दामा छैनन्। अझ केही त नेपालमै छैनन्, भएकाको पनि उमेरका कारण शारीरकि संरचना नै परविर्तन भएको छ। धेरैजसो अभिनेत्रीहरूको फिटनेस बिग्रनुमा विवाहलाई मुख्य कारण मान्छन् खरेल। भन्छन्, "बिहे नगरीकन बस्दा फिटनेस कायम गर्न सहज हुन्छ। तर, बिहे गरेर पनि फिटनेस कायम राख्न सक्नु ठूलो चुनौती हो।"

विदेश बसाइ र घरबार भएर पनि फेर िउही चमक, उही ऊर्जा र उही जीउडालका साथ फिल्ममा देखिनुलाई धेरैले करश्िमाको क्षमताका रूपमा लिन्छन्। उनको फिटनेसको रहस्य के हो त ? भन्छिन्, "उमेर छँदैदेखि फिटनेसलाई मेन्टेन गररिाख्नाले पछिसम्म सहज हुँदो रै'छ। उमेर ढल्कन थालेपछि फिटनेस कायम गर्छु भन्ने हो भने निकै गाह्रो हुन्छ।"

बिहान सबेरै उठ्नु, सामान्य योग र व्यायाम गर्नु अनि ठीक समयमा ठीक खाना खानु करश्िमा फिटनेसको रहस्य हो। शरीरलाई हानि हुने र बढी खानामा भने बन्देज नै लगाउनुपर्ने उनको अनुभव छ। उनले भोकै बसेर या फास्टिङ् गरेर फिटनेस कायम राख्ने काम कहिल्यै गरनिन्। 'मर्निङ् वाक' गरेर वा खाना रोकेर तौल घटाउन पनि उनी उचित ठान्दिनन्। काठमाडौँका सडकछेउमा मर्निङ् वाकमा जाँदा हाइस्पिडमा दौडने कारको डर र डाइटिङ् गर्दा अनुहारकै चमक उड्ने डरले गर्दा उनले सामान्य व्यायाम र योगमै चित्त बुझाएकी छन्।

पछिल्लो समय नजानिँदो पारामा केही तौल बढेको महसुस गरेकी करश्िमा फेर िघटाउने तयारीमा छिन्। केही साताअघि पश्चिमको यात्रामा जाँदा भेटिएकी एक फ्यानले उनलाई त्यस्तो सुझाव दिएकी हुन्। प्रशंसक र दर्शक उनको फिटनेसको प्रशंसा मात्र गर्दैनन्, अन्य थुप्रै अभिनेत्रीहरूसमेत उनको 'मेन्टेन्ड फिटनेस' देखेर चुकचुकाउँछन्। कतिसम्म भने उनको शरीर देखेर कान्छो पुस्ताका अभिनेत्रीहरूसमेत मात खाँदै छन्।

बिहेलाई फिटनेसको समस्या मान्ने निर्देशक खरेलको भनाइलाई लगभग गलत पुष्टि गर्ने अभिनेत्री हुन्, माल्भिका सुब्बा। झन्डै एक वर्षअघि उनको बिहे भयो। तैपनि, उनको फिटनेस उस्तै छ। भन्छिन्, "मेरो तौल घटबढ भइरहन्छ। पेटको समस्या हुने भएकाले बाहिरको खाना या जङ्क फुडमा विशेष सतर्क हुन्छु।"

दैनिक व्यायाममा खास ध्यान नदिए पनि माल्भिका आफ्नो तौल एकैचोटि ह्वात्तै नबढ्नेमा विश्वस्त छिन्। अनुहारको चमक कायम राख्न खानासँगै धूलो र घामबाट बच्नुपर्ने उनको भनाइ छ। बिहान सबेरै उठ्नु, उठेर चिसो पानी र त्यसपछि कालो चिया पिउनु उनको दैनिक तालिका नै हो।

अभिनेत्री नम्रता श्रेष्ठको मिर्गौलामा केही वर्षअघि पत्थरीको समस्या देखिएको थियो। तैपनि, अमिलो र पिरो स्वाद भने जिब्रोमै बसेको छ। अभिनयमा उत्रेको झन्डै एक दशक भइसक्दा पनि अनुहारको चमक, ऊर्जा र शारीरकि बनोट कायम राख्नु नम्रताको कौशल हो। व्यायाम या योगबिनै उनको शरीर सधैँ उस्तै या फिट रहनुको कारण भने ठीक समयमा खाना खानु रहेछ। उनलाई फिल्मका लागि 'फिगर चेन्ज' गर्नुपर्ने अवस्था आएको छैन।

मोडल तथा अभिनेत्री केकी अधिकारी शरीरभन्दा बढी अनुहारको सुन्दरताका कारण फिल्ममा टिकेकी छन्। म्युजिक भिडियोमा लगभग कब्जा नै जमाएकी केकीले केही फिल्ममा अभिनय गरेकी छन्। फिल्मको चरत्रिकै लागि भनेर शरीरको तौल घटाएको र बढाएको दुवै अनुभव उनीसँग छ। मसान फिल्मका लागि उनले चरत्रिसँग तालमेल मिलाउन केही किलो तौल बढाएकी थिइन् भने बितेका पलका लागि केही तौल घटाइन्।

पेसाले व्यस्त भए पनि यिनका लागि अर्को जिम्मेवारी पनि छ, अध्ययन। बिहानै कलेज जानुपर्ने र घरमा बस्दा पनि पढाइका लागि समय छुट्याउनुपर्ने बाध्यताका बाबजुद उनी नियमित व्यायाम र योग गर्न भ्याउँछिन्।

दैनिक १० देखि १५ मिनेट योग र केही सामान्य व्यायाम उनको शारीरकि तन्दुरुस्तीको कारक हो। यसबाहेक, 'स्पाइसी' खाना नखानु पनि उनको फिटनेस रहस्य हो। भन्छिन्, "जति व्यस्त भए पनि ठीक समयमा खाना खान्छु, त्यो पनि हाइजेनिक मात्रै।" एकातर्फ नेपाली कलाकारहरूको अभिनय क्षमतामाथि आलोचना हुँदै आएको छ भने त्यसैमाथि फिटनेसको कमीका कारण फिल्म क्षेत्रबाटै टाढिने खतरा पनि छ। निर्देशकहरूको भनाइमा अधिकांश अभिनेत्रीहरू न 'फिजिकल' फिटनेसमा ध्यान दिन्छन्, न 'पर्सनालिटी' फिटनेसमा। यसले उनीहरूको शारीरकि आकर्षणमा ह्रास ल्याउँछ र स्वतः फिल्मबाटै हट्नुपर्ने बाध्यता सिर्जना हुन्छ।

आकर्षक र चुस्त ज्यान कलाकारका लागि पहिलो सर्त नै हो। तर, अधिकांश नेपाली अभिनेत्रीहरू मोटा र भद्दा देखिन्छन्। उनीहरू खस्कँदै गरेको फिटनेसप्रति चिन्तित देखिनुको सट्टा न खानपानमा ख्याल गर्छन् न नियमित व्यायाममै। बरू, बिस्तारै फिल्मबाटै मुक्त हुने मार्ग सजिलो मान्छन्।

विपना थापा, गौरी मल्ल, मौसमी मल्ललगायत थुप्रै अभिनेत्री ढल्कँदो उमेरसँगै फिल्मबाट बिदा भए भने चल्तीका अभिनेत्रीहरूको अवस्था पनि उस्तै छ। भिसा गर्लका लागि नायिका ऋचा शर्माले शरीरको आठ किलो तौल घटाएर सानो फिगरमा देखिनु र केकी अधिकारीले मसानका लागि 'म्याचुअर्ड देखिन भन्दै केही तौल बढाएका घटनालाई अपवाद मान्छन् निर्देशकहरू।

निर्देशक खरेलले भनेजस्तै फिटनेस 'लुज' गर्नेहरू पर्दाबाटै बिदा भए। मेलिना मानन्धर, ऋचा घिमिरे, सञ्चिता लुईंटेल, अरुणिमा लम्साल यतिबेला आ-आफ्ना सन्तानको स्याहारसुसारमा व्यस्त छन्। थाहा छैन, फेर िउनीहरू पर्दामा आउनेछन् या बिदा हुन्छन्।

उमेर ढल्कँदै जाँदा शरीर पनि ढल्किनु स्वाभाविकै हो। शरीरलाई घटाएर, दुब्लाएर या जिरो फिगरमा ल्याउनु मात्रै फिटनेस नभएको करश्िमा बताउँछिन्। उनको भनाइमा शरीरको जस्तो ढाँचा र ढबक उस्तै कायम राख्न सक्नु नै फिटनेस हो।

यसका साथै, स्वास्थ्यका हिसाबले पनि शरीरलाई फुर्तिलो र ऊर्जावान् बनाइराख्नुलाई फिटनेस मान्छन् निर्देशक खरेल। भन्छन्, "नियमित व्यायाम, खानपान, नियमित हेल्थ चेकअपजस्ता कुरा नै फिटनेसको पहिलो सर्त हो।"

पर्दाका लागि मात्रै होइन फिटनेस। फिटनेस राख्न नसके पहिलेजस्तै पारश्रिमिक, उस्तै चमक र फ्यान कमाउन नसकिने भनाइमा प्रायः सेलिबि्रटीहरू सहमत छन्। नयाँ निर्देशक मनोज पण्डितको अनुभवमा पर्दामा देखिने मान्छेका लागि हेल्थ फिटनेसले मात्रै पुग्दैन। उनीहरूका लागि पर्सनालिटी फिटनेसको पनि आवश्यकता पर्छ। उनी थप्छन्, "सँगै काम नगरेको भए पनि मिथिला शर्मामा पर्सनालिटी फिटनेस कायम रहेको देख्छु।
-- रमन पौडेल, नेपाल 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis