CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » नेपाली डाक्टर नक्कली भारुको कारोबारमा ??

नेपाली डाक्टर नक्कली भारुको कारोबारमा ??


१९ चैत, काठमाण्डौं । भियतनामी नागरिकसँग मिलेर नक्कली भारतीय रुपैयाँ कारोबार गरेको अभियोग लागेका एक चिकित्सक जिल्ला अदालत काठमाण्डौंले मागेको तीन करोड रुपैयाँ धरौटी रकम बुझाउन नसकेपछि जेल चलान भएका छन् ।
नक्कली भारतीय रुपैयाँ कारोबारको अभियोगमा मुछिएका डा. रामकृष्ण श्रेष्ठलाई धरौटी रमक बुझाएन नसकेपछि केन्द्रीय कारागारमा थुनामा पठाइएको हो । करिब एक करोड बराबर नक्कली
भारतीय रुपैयाँ कारोबार गरेको अभियोगसहित श्रेष्ठ, लमजुङ घर भई भक्तपुर मध्यपुरठिमी बस्ने कल्पना गुरुङ र भियतनामी नागरिक फाम भान डिन्चलाई जेल सजायको मागसहित प्रहरीले ‘खोटा चलन’ मुद्दा दायर गरेकेा थियो । श्रेष्ठ मध्यपुरठिमी अस्पताल र नर्सिङ होम हाडजोर्नी विशेषज्ञ हुन् । गुरुङ पनि मध्यपुरठिमी अस्पतालकी कर्मचारी रहेको अन्नपूर्ण पोष्टमा खबर छ ।
गत बर्षको चैत २१ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ९८ लाख आठ हजार नक्कली भारुसहित भियतनामी नागरिक डिन्च पक्राउ परेका थिए । डिन्चमार्फत नक्कली भारुको कारोबार गर्ने भियतनामी महिला सुरुङले श्रेष्ठ र गुरुङसँगा पटक पटक मोवाइलमा सम्पर्क गरेको दाबी प्रहरीको छ । श्रेष्ठ सुङका चिरपरिचित साथी हुन् । आफ्ना भियनामी सहपाठी  डिन्सलाई काठमाण्डौंमा सहयोग गर्न सुङले इन्टरनेटमार्फत आग्रह गरेको प्रमाण प्रहरीले अदालतमा पेस गरेको छ ।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis