CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » विज्ञापनले गयो जागिर

विज्ञापनले गयो जागिर

नयाँदिल्ली/  भारतको प्रसिद्ध विज्ञापन कम्पनी जे वाल्टर थम्पसन -जेडब्लुटी) ले फोर्ड कारको विवादास्पद विज्ञापन शृंखलाको मामिलामा आफ्ना कर्मचारीलाई बर्खास्त गरेको छ । 
कर्मचारीको लापर्वाहीले इटालियन पूर्वप्रधानमन्त्री सिल्भियो 
बर्लुस्कोनीसहितको विवादास्पद विज्ञापन प्रकाशन भएको भन्दै जेडब्लुटीले कर्मचारीलाई बर्खास्त गरेको हो । यस
कम्पनीले बनाएको फोर्ड कारको एउटा विज्ञापनमा डिक्कीमा तीन अर्धनग्न महिलालाई बाँधेर राखिएको छ र बर्लुस्कोनी ड्राइभिङ सिटबाट पछाडि फर्केर
मुस्कुराइरहेका छन् । विज्ञापनलाई फोर्डले अन्तिम स्वीकृति नदिँदै भारतीय एजेन्सी ग्लोबल टिम फोर्डका कर्मचारीले लोकपि्रय विज्ञापन साइट एडसफ्टवल्र्ड डटकममा हालेका थिए । 
विज्ञापन अरुचिपूर्ण र नियमविपरीत भएको निष्कर्षसहित कम्पनीले र्फमको प्रबन्धन साझेदार बबी पवारलाई समेत साझेदारी छाड्न भनेको छ । त्यस्तै, फोर्ड बिजनेस एकाइका क्रिएटिभ डाइरेक्टर बिबय सिंह भेलेन्कीलाई पनि राजीनामा गर्न भनिएको छ । 
जेडब्लुटीले भनेको छ, 'हामी यस्तो पोस्टर प्रकाशन भएकोमा गहिरो दुःख व्यक्त गर्छौं । आन्तरिक समीक्षापछि यस कार्यमा संलग्न कर्मचारीलाई निष्कासनसहित उचित अनुशासनको कारबाही गरिएको छ ।' विज्ञापनको सामाजिक सञ्जालमा निकै आलोचना भएको थियो । मोटर कम्पनी फोर्डले विज्ञप्ति जारी गरी ती विज्ञापन फोर्ड र एजेन्सी पाटर्नरको व्यावसायिक भावनाविरुद्ध भएको भन्दै यसबाट पुग्न गएको क्षतिप्रति माफी मागेको थियो ।
फोर्डका लागि बनाइएको अर्को पोस्टरमा अमेरिकी रियालिटी टिभी स्टार किम कर्दासियनका तीन बहिनीलाई गाडीको डिक्कीमा हालिएको देखाइएको छ । विज्ञापनको नारा छ- आफ्नो समस्या फोर्डको एक्स्ट्रा लार्ज डिक्कीमा राख्नुहोस्, अनि बेफिक्री हुनुहोस् । 
तेस्रो विज्ञापनमा मोटर स्पोर्टस् प्रतियोगिता 'फर्मुला वान'का ड्राइभर माइकल सुमाकरजस्तै व्यक्तिलाई ड्राइभिङ सिटमा राखेर अन्य तीन प्रतिस्पर्धी सेवेस्टियन वेटल, फर्नान्डो आलोन्सो र लुइस ह्यामिल्टनलाई डिक्कीमा राखिएको छ ।
- नया पत्रिका 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis