काठमाडौं। बैदेशिक रोजगार विभागको महानिर्देशकबाट पूर्णचन्द्र भट्टराई बिदा हुनासाथ अनियमितता बढ्न थालेको छ। व्यक्तिगत श्रम स्वीकृति शाखाबाट अन्धाधुन्द स्वीकृति लिने कार्य नियन्त्रण गर्नेदेखि विभागमा हुँदै आएको संस्थागत घुसखोरी नियन्त्रण गरेका भट्टराई १८ महिनामा जतिसक्दो सुधार गरेर एक किसिमले सही प्रणालीको जग बसालेर गएका छन्। विभागमा सरुवा भएका हालका महानिर्देशक विनोद केसीले भट्टराईले बसालेको प्रणालीलाई यथावत राखी थप सुधारका कामहरू गरी घरखेत बन्दकी राखी मजदुरी गर्न जाने गरिब नेपाली युवाको भावनामा ठेस पुर्यातउने छैनन् भन्ने अपेक्षा
गरिएको छ। एउटा कम्पनी भनेर अर्कै कम्पनीमा पठाउने र अलपत्र पार्ने ठग म्यानपावरको बिगबिगी रहेको छ। भट्टराईको पालामा ठगी गर्ने त्यस्ता म्यानपावर र नक्कली डिमान्ड लेटरको आधारमा श्रम स्वीकृति निकाल्नेहरू पनि केसी विभागमा महानिर्देशक भएपछि जम्जमाउन थालिसकेको बताइन्छ।
घुस नदिंदा श्रम कक्षले कामदार फर्कायो
बैदेशिक रोजगार विभागको एयरपोर्ट श्रमकक्षका कर्मचारीहरूलाई सेटिङ नमिलाउँदा केही दिनअघि दुवई उडेका केही कामदार फर्काइएका छन्। द रिभर म्यानपावरबाट दुवई जान लागेका ती कामदार किङ अकोबर ट्राभल्सको टिकटबाट जान लागेका थिए। एक जना कामदार बराबर ८ हजार रुपैयाँ क्षमकक्षका नासु भीम बस्नेतलाई नदिएपछि उनीहरू अफलोड भएको सूत्रले बतायो। अध्यागमनमा मात्र सेटिङ गरेर द रिभर म्यानपावरले दुवई पठाउन लागेका ती कामदार भोलिपल्ट एयर अरेबियाको विमानबाट दुवई उडेका छन्। श्रम स्वीकृति लिएका कामदारहरूलाई पनि एयरपोर्ट श्रमकक्षका कर्मचारी भीम बस्नेतले अनेक दुःख दिएर घुस मागेर हैरानी दिने गरेको एक म्यानपावर व्यवसायीेको गुनासो छ। अध्यागमन कार्यालय एयरपोर्टमा काम गरी बैदेशिक रोजगार विभागमा सरुवा भएका नासु बस्नेत कामदार विदेश जाँदा अध्यागमनबाट कसरी सेटिङ गरेर जान्छन् भन्ने कुराका जानकार भएकाले उनी श्रम कक्षबाट असुली गर्न तल्लीन छन्। यसबारेमा श्रमकक्षका कर्मचारी नन्द ज्ञवालीसँग सम्पर्क गर्दा द रिभर म्यानपावरका कामदार विमानस्थलबाट फर्काइएकोबारेमा केही जानकारी नभएको प्रतिक्रिया दिए। उनले भने–’बिहानको सिफ्टमा त्यस्तो भएको भए थाहा भएन। मेरो ड्युटी २ बजेपछि मात्र हो।’ एयरपोर्टबाट कामदार अफलोड गराउने नासु बस्नेतको ड्युटी समय बिहानदेखि दिउँसो २ बजेसम्म रहेको र उनले नै ती कामदार पैसा नदिएकाले अफलोड गरिदिएको स्रोतले बतायो। त्यस्तै बैदेशिक रोजगार विभागको व्यक्तिगत श्रम स्वीकृतिको रिइन्ट्रीमा विगतमा लामो लाइन हुने गर्दथ्यो भने पछिल्ला दिनमा झोलामा पासपोर्ट लगेर दलालहरूले घुस खुवाउँदै काम गराउँदै आएका छन्। विभागमा झोलामा पासपोर्ट बोक्ने दलालका कारण लाइन बस्ने क्रम घटी फाट्टफुट्ट मात्र बस्ने गरेका छन्। विगतमा रिइन्ट्रीमा बिहान ४ बजेदेखि ६ बजेसम्म विभागमा लामो लाइन लाग्ने गरेको थियो। रिइन्ट्रीका शाखा अधिकृत प्रदीप सुवेदी, नासु पेशल पोखरेल र देवराज भट्टराईको समूहले झोलामा पासपोर्ट बोकेर ल्याउने दलालहरूलाई प्रतिगोटा ८ सय देखि १ हजार रुपैयाँसम्म लिएर व्यक्तिगत श्रम स्वीकृति दिइरहेका छन्। झोलामा पासपोर्ट लिएर विभागामा जाने दलालहरूबाट दैनिक लाखौं रुपैयाँ घुस कर्मचारीहरूले उठाउने गरेका छन्।
अन्तिम स्वीकृतिमा पनि उस्तै उता, अन्तिम स्वीकृतिमा दुवईको खेती फष्टाएको छ। स्रोतका अनुसार दुवईको नमिलेका कागजातहरू फाइलैपिच्छे प्रतिगोटा १ हजार रुपैयाँका दरले दिदै मिलाइन्छ। मिलेका फाइलको फाइलैपिच्छे शाखा अधिकृत विष्णहरि उपाध्याय र जनक पन्तले २।३ हजार रुपैयाँ लिएर मात्र फाइल हेर्ने र अगाडि बढाउने गरेका छन्। घुस लिने बीचौलियाको काम नासु अरुण पौडेलले गर्दैआएका छन्। अन्तिममा ब्यक्तिगत फाइल स्वीकृत गर्दा एउटाको १० हजार रुपैयाँसम्म लिएर दैनिक लाखौं रुपैयाँको घुस पौडेलमार्फत् लिएर भागबण्डा हुने गरेको छ। निर्देशक रमेश मैनालीलाई पनि सेटिङ गरी अन्तिम स्वीकृतिमा घुसखेती मौलाएको छ। तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि राष्ट्रिय सतर्कता केन्द्रले पनि विभागको यो घुसखोरीको बारेमा कुनै चासो नदेखाएको गुनासो छ।
- साँघु २ बैसाख

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !