‘अब विश्वले चिन्नेछ नेपाल’ नाराका साथ रवि लामिछानेको ६२ घण्टा लामो टक शो प्रसारण गरी विश्व रेकर्ड राखेको न्युज २४ टेलिभिजनको अहिले हरिबिजोग भएको छ। महिनौँदेखि तलब नपाएपछि आन्दोलित बनेका पत्रकार र कर्मचारीहरु नियमित रिपोर्टिङमा गएका छैनन्। नियमित कार्यक्रम नै रद्द गरिएका छन्। व्यवस्थापनले
अरु टिभीबाट भिजुअल सापटी मागेर प्रसारण गरिरहेको छ। ‘निरन्तर न्युजमा’ ट्यागलाइन भएको टिभीनिरन्तर आन्दोलनमा छ। न्युज २४ को स्थितिबारे जानकार एक पत्रकारले माइसंसारलाई पठाएको विस्तृत विवरण भित्र।
नियमित तलबको माग गर्दै न्यूज २४ टेलिभिजनका पत्रकार तथा कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन्। रेडियो नेपालमा महाप्रबन्धक हुँदा सो संस्था तहसनहस पारी रकम कुम्ल्याएको आरोप लागेका तपानाथ शुक्ला न्यूज २४ टेलिभिजन सुधार्ने भन्दै महाप्रबन्धकमा नियुक्त भएपनि व्यवसायिकता निर्वाह गर्न नसकी मालिकको पक्षपोषणमा लागेको आरोप त्यहाँका कर्मचारीले लगाउन थालेका छन्। कर्मचारीहरुले तलब माग गर्दा उल्टै पत्रकार माथि हैसियतको प्रश्न उठाउंदै धम्की दिँदै आएको त्यहाँ कार्यरत पत्रकार बताउँछन्।
कर्मचारीको आन्दोलन दबाउन समाचार प्रमुख चिरञ्जीवीराज देवकोटा, रिपोर्टिङ कोअर्डिनेटर तथा नेपाल पत्रकार महासंघ न्यूज २४ टेलिभिजन प्रतिष्ठान शाखाका अध्यक्ष शुशीलबाबु अर्याल खुलेरै लागेका छन्। यही बैशाख २३ गतेबाट सुरु रहेका पत्रकारहरुको आन्दोलनबारे कतैबाट कसैले केही बोलेको छैन।
आन्दोलनलाई साम्य पार्न नसकेपछि टेलिभिजन, तराई टेलिभिजन, माउन्टेन टेलिभिजन र इमेज टेलिभिजनबाट भिजुअल लिएर प्रसारण भइरहेको छ। रिर्पोटिङ, पावर न्यूज, इस्यू आफ द डे, ६ प्रश्न लगायतका कार्यक्रमहरुको नयाँ प्रसारणमा रोक लगाइएको छ। ती कार्यक्रम रिपिट गरिएका छन्।
भिजुअल लिन जानको लागि टेलिभिजनमा कार्यरत एक सवारी चालकलाई प्रयोग गरिएको छ। आन्दोलनरत कर्मचारीहरुले आफूहरुको माग पूरा गर्न छाडेर प्रतिस्पर्धी टेलिभिजनको शरणमा पर्नु लाचारी भएको प्रतिक्रिया जनाएका छन्। बिहीबार दिउँसो ३३ दलले न्यूज २४ को कार्यालय अगाडि नै कोणसभा गरेको थियो। सो कार्यक्रममा अन्य टेलिभिजनका कर्मचारीहरुले रिपोर्टिङ गरिरहेका थिए भने न्यूज २४ का कर्मचारीहरु भने आफ्नै कार्यालय छेउमा भएको कार्यक्रम टुलुटुलु हेरेर बसेका थिए।
आन्दोलन कायमै
बुधबारको बैठकमा काममा फर्कन आग्रह गरिए पनि कर्मचारी तथा पत्रकारहरुले तलब आएपछि मात्रै काम थाल्ने अडान लिएका थिए। बिहीबार भने कुनै औपचारिक बैठक हुन सकेन। बुधबारको बैठकमा शुक्रबारसम्म २ महिनाको तलब दिने प्रतिबद्धता महाप्रबन्धक तपनाथ शुक्ल र समाचार प्रमुख चिरञ्जीवी देवकोटाले गरेका थिए। त्यसमा पनि १५ हजारभन्दा कम तलब भएका कर्मचारी तथा पत्रकारहरुको मात्रै २ महिनाको तलब आउने बताएको स्रोतको दावी छ। यसरी २ महिनाको तलब दिएपछि शुक्रबार पनि सम्पूर्ण कर्मचारी तथा पत्रकारहरुलाई तलब दिन सक्ने अवस्था नरहेको स्रोतले बतायो। एक पत्रकारका अनुसार, यसरी तलब आएपछि तलब लिने तर आन्दोलन नरोक्ने बताएका छन्।

रामसुभकले जागिर छाडे
न्यूज २४ मै कार्यरत पत्रकार रामसुभक महतोले अन्ततः जागिर छोडेका छन्। उनले २ महिनाअघि नै राजीनामा दिएको भए पनि स्वीकृत गरिएको थिएन। बुधबार उनको राजीनामा स्वीकृत गरी उनको हालसम्मको सबै तलब दिइएको छ। राजीनामा दिएका अर्का पत्रकार युवराज आचार्यको बारेमा भने निर्णय भएको छैन। रामसुभकलाई २ महिनाअघि राजीनामा दिएमा संस्थाले पैसा नदिए आफैले दिने प्रतिबद्धता समाचार प्रमुखले गरेको बताइएको छ। सो प्रतिबद्धता पूरा नगरेको कुरा उठेपछि रामसुभकलाई तलब दिएर बिदा गरिएको हो। त्यस्तै पत्रकार प्रमोद न्यौपाने, अनुज ढुंगेल, उद्धवराज भेटवाल लगायतकालाई पनि छिट्टै विदाइ गर्ने तयारीमा रहेको छ।

पत्रकार महासंघ मौन
न्यूज २४ टेलिभिजनमा ४ दिनदेखि जारी आन्दोलनबारे पत्रकार महासंघ भने मौन रहेको छ। पत्रकार हकहितका चर्का कुरा गर्ने महासंघले न्यूज २४ को आन्दोलनबारे पर्याप्त सूचना पाएर पनि कुनै कदम चालेको छैन। आन्दोलन पनि पत्रकार महासंघको प्रतिष्ठान शाखाको अगुवाईमा नभएर स्वस्फूर्त जारी छ। महासंघमा केन्द्रीय सदस्य रहेका मातृका पौडेल सञ्चारमन्त्रीको प्रेस सल्लाहकार भएपछि विरलै मात्रै न्यूज २४ को कार्यालय पुग्ने गरेका छन्। यद्यपि आन्दोलनका बीचमा आएर उनले आफ्नो ऐक्यबद्धता जनाएका थिए। तथापि महासंघको केन्द्रीय समिति मार्फत उनले कुनै पहल गराएका छैनन्। पत्रकार महासंघ न्यूज २४ शाखाका अध्यक्ष सुशील बाबु अर्यालले आन्दोलनमा प्रत्यक्ष सहयोग नगरेको आन्दोलनरत कर्मचारीहरुको गुनासो छ। चिरञ्जीवीले पत्रकारको भन्दा पनि मालिकको पक्षपोषण गरेको आरोप छ।

साभार : माई संसार
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !