यसरी गोर्खा भर्तीमा आफन्त छ भन्दै ठग्ने जमात, भर्तीमा भिड्ने युवाहरूलाई फसाउन लागिपरेका छन्। '१० लाख दिएँ तर पोखराबाट फर्किएँ,' गत वर्ष पोखरामा अन्तिम छनौटमा परेर पनि भर्ती हुन नसकेका भोजपुरका अर्का युवा दीपक राईले भने- 'पोखरामा कसैको केही लाग्दो रहेनछ, दलालले मेरो १० लाख रुपैयाँ खायो।'
पोखरामा कुनै युवा लाहुरे लागिहाले पैसा त्यतिकै पच हुन्छ। आफ्नै मेहनतले लागिहाले भने पैसा झ्वाम, नलागे दलालले त्यत्तिकै पैसा खाने खुलासा भएको छ। भर्ती नलागे भने पैसा फिर्ता पनि गर्न तयार हुन्छन् केही दलाल। सेटिङ नमिलेको भन्दै पैसा फिर्ता गर्नेहरू पनि छन्। खासमा भन्ने हो भने दलालहरूले सोझासाझा युवाहरूका अभिभावकलाई मुर्गा बनाउने गरेका छन्। उनीहरूको पोखरामा कसैसँग सम्बन्ध नै नहुने जानकारहरू बताउँछन्। अहिले थुप्रै युवा लाहुरे लगाइदिने भन्दै पैसा लगेका दलालसँग पैसा उठाउन धाइरहेका छन्। केन्द्रीय छनौटमा परिसकेपश्चात दलालहरू सक्रिय हुने गरेको भुक्तभोगीहरूको भनाइ छ। उनीहरूका अनुसार यस्तो काममा पूर्वलाहुरे र तालिम केन्द्रका मानिसको सहभागिता हुन्छ। यस्तो काममा कतिपय तालिम केन्द्रले पनि पैसा उठाउने गरेको चर्चा पनि हुने गरेको छ।
तोपगाछी, झापाका एक युवक पोखराका लागि छनौट भएपछि उनका मामाका साथी आएर पोखराको छनौटमा पारिदिने बताए। यससँगै उनले त्यसका लागि सेटिङ मिलाउन १० लाख रुपैयाँ मागे। छोरो लाहुरे हुने पक्का भएपछि आमाबाबुले पनि पैसा दिए, तर छोरा केही दिनमै असफल भएर घर फर्किए। उता लाहुरे लगाइदिन्छु भन्दै पैसा उठाएका मामाका साथीसँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्क बाहिर पुगिसकेका थिए।
यस्ता घटना पोखराबाट असफल भै फर्किएका थुप्रै युवाको मुखबाट सुन्न सकिन्छ। यतिसम्म कि दलालहरूले अहिले पैसा नभए लाहुरे लागेर पैसा तिर्नुपर्नेसम्मको सौदाबाजी गर्छन्। गोर्खा भर्तीकेन्द्रले युवाहरूबाट पैसा लिएर भर्ती लगाएको प्रमाण अहिलेसम्म फेला परेको छैन। बरु भर्ती लगाइदिने बहानामा युवाहरू बाट पैसा असुल्ने दलालहरू भ्ाने निकै देखिएका छन्।
लाहुरे तयारी तीव्र
अहिले उमेर पुगेका युवाहरू लाहुरे भिड्न तयारीमा जुटेका छन्। उनीहरू कुन दिन र्फम भर्ने भनेेर दिन गन्दै बसिरहेका छन्। र्फम भराई सँगै आफूलाई उपयुक्त बनाउन युवाहरू लाहुर लाग्नुपूर्व गरिने फिजिकल र मेन्टल सिकाइका लागि तालिम केन्द्र धाइरहेका छन्।
सहर-बजारमा थुप्रै तालिम केन्द्र खुलेका छन्। बि्रटिस गोर्खा आर्मी रिक्रुट तालिम केन्द्रहरूमा तयारी कक्षाहरू पनि प्रारम्भ भैसकेको छ। केन्द्रीय छनौटमा पर्न यस्ता तालिम केन्द्रले योग्य व्यक्ति तयार पारिरहेका छन्। मुख्यतः तालिम केन्द्रले पूर्व बि्रटिस आर्मी तथा दक्ष शिक्षकहरूबाट सहभागीहरूलाई शारीरिक, शैक्षिक एवं मानसिक ज्ञान उपलब्ध गराउँछन्।
केन्द्रको इतिहास
धरान, काठमाडौं, पोखरा र बुटवलमा तालिम केन्द्रहरूको संख्या बाक्लो छ। पूर्वेली युवाहरूका लागि लाहुरे छनौटको अभ्यास गर्न पाउने धरान प्रमुख स्थान हो। धरानमा १२ वटा तालिम केन्द्र छन्। इटहरीमा पनि तिनका शाखाहरू छन्। विगतमा भिड्ने धेरै हुन्थे, तर अहिले पासपोर्ट अनिवार्य भएकाले घटेका छन्। कागजपत्र पनि सक्कली खोज्न थालिएपछि भर्ती हुन चाहनेहरू घटेको धरानस्थित विफ आर्मी टे्रनिङ सेन्टरका सिइओ पर्वत राईले बताए। पूर्वक्षेत्रबाट ३ हजार ५ सयदेखि ४ हजार जनाले आवेदन दिने गरेका छन्। विगतमा उचाइ ५ फिट ३ इन्च आवश्यक थियो भने यसपटक उचाइ घटाइएको छ। धेरै राम्रा प्रतिस्पर्धी उचाइमा कम रहने भएकाले यस पटक उचाइ कम गरिएको अनुमान गरिन्छ। काठमाडौंमा १४ वटा तालिम केन्द्र छन्। राजधानीको कोटेश्वर, चाबहिल, सामाखुसी, बसुन्धरा र नख्खीपोट एरियामा तालिम केन्द्रहरू सञ्चालनमा छन्। यसबाहेक पोखरामा पनि तालिम केन्दहरू छन्। पोखरा त्यस क्षेत्रका युवाहरूका लागि उपयुक्त स्थान हो। देशभरका युवाहरू वातावरण मिल्ने भएकाले पोखरामै बसेर स्थानीय तालिम केन्द्रमा सहभागी हुन्छन्। पोखराको रंगशाला छेउमा सञ्चालन भैरहेको एक्स्ा आर्मी फिजिकल टे्रनिङ सेन्टरका रामप्रसाद गुरुङका अनुसार पोखरामा अहिले १६ वटा जति तालिम केन्द्र छन्। बुटवलमा पनि तीनवटा तालिम केन्द्र छन्। बुटवलमा मध्यपश्चिमका युवाहरू तालिम लिन्छन्।
तालिम केन्द्रको इतिहास
विक्रम संवत् २०५७ मा धरान सुनसरीका गल्लावाल रत्नकुमार लिम्बूले पहिलो पटक धरानमा युवाहरूलाई लाहुरे लाग्नुपूर्व आवश्यक अभ्यास गराउन थालेका हु्न्। उनले त्यतिबेला युवाहरूलाई पोखराको छनौटमा पार्नका लागि क्षेत्रीय छनौटमा परेपछि १ हजार रुपैयाँ उठाएर बिहान-बेलुकी अभ्यास गराएर तालिम केन्द्रको सुरुवात गरेका थिए। उनले आफ्नै घरमा सानो घरेलु तालिम केन्द्र खोलेका थिए। उनको त्यो मेहनतले उनका असी प्रतिशत युवा पोखरामा सफल भएका थिए। उनको तालिम केन्द्रमा शिक्षाको व्यवस्था भने थिएन। त्यसपछि भने व्यावसायिक रूपमा तालिमका अन्य सुविधासँगै तालिम केन्द्रको विकास भएको हो। अहिले भने देशका विभिन्न सहरी क्षेत्रमा व्यावसायिक रूपमा लाहुरे तालिम केन्द्रहरू खुलेका छन्।
धरान र पोखरा
गोर्खा भर्तीका लागि पूर्व क्षेत्रमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हातामा रहेको बि्रटिस क्याम्प तथा पश्चिम क्षेत्रका लागि पोखरास्थित बि्रटिश क्याम्पमा आवेदन दिन सक्छन्। जेठको दोस्रो साता तिर यो र्फम खुला हुनेछ। भदौ महिनाको दोस्रो सातादेखि क्षेत्रीय छनौट सुरु हुन्छ। अन्तिम छनौट भने मंसिरमा पोखरा बि्रटिस क्याम्पमा हुन्छ। क्षेत्रीय छनौटमा सहभागीले १२ पटक हिभ्स, २ मिनेटमा ७० पटक सिटअप तथा २ मिनेट ४५ सेकन्डमा ८ सय मिटर दूरी दौडेर पार गर्नु सक्नुपर्छ। त्यसमा अन्य शारिरीक अवस्था र स्वास्थ्य जाँच पनि गरिन्छ। यसपटकको कोटा विगतको तुलनामा निकै कम भएको तालिम केन्द्रका प्रमुखहरू ब्ाताउँछन्। यसपटक बि्रटिस आर्मीका लागि २ सय तथा सिंगापुर प्रहरीका लागि ६५ जनाको कोटा छ। पोखरास्थित बि्रटिस गोर्खा क्याम्पले यो वर्ष १ सय ८६ युवा छनौट गर्छ। यस वर्षको छनौटबाट १ सय २६ जना बि्रटिस आर्मी तथा ६० जना सिंगापुर प्रहरीमा जानेछन्।
महिलाको कुरा
सन् २०११ मा भर्तीमार्फत महिलालाई पनि लाने कुरा थियो, तर अहिले भने उक्त कुरा सेलाएको छ। महिलाका लागि छुट्टै क्याम्प, छुट्टै तालिम केन्द्र राख्नुपर्ने भएकाले महिला सहभागिताको कुरा
हटाइएको बताइन्छ।
ल्ााहुरे, आकर्षण र आक्रोश
मुख्यतः लाहुरेको जीवनशैलीले धेरै युवाको ध्यानाकर्षण गराएको छ। आकर्षणको आधार तलब नै हो। भर्ती लागेपछि जीवन शतप्रतिशत सुनिश्चत हुने भएकाले पनि लाहुरे लाग्नमा युवाको चाहना बढ्दो छ। भर्ना भएको ३ वर्षपश्चात् बि्रटिस गोर्खाको -जीएमएएस) नीतिअन्तर्गत लाहुरेले आफ्ना परिवारलाई बेलायत वा ब्रुनाईमा लान पाउने सुविधा छ।
अब दुई-चार वर्ष मात्र नेपाल बाट बि्रटिस आर्मी लाने कुरा बाहिर आएको बिफ आर्मी तालिम केन्द्रका सिइओ पर्वत राई बताउँछन्। राई भन्छन्- अब बेलायतमा रहेका पूर्वगोर्खालीहरूका सन्तानबाटै भर्ना प्रक्रिया पूरा गर्ने सम्भावना छ। सिंगापुर प्रहरीमा भने अझ केही वर्षसम्म लाने सम्भावना छ। गोर्खा पूर्वसैनिक संघ -गेसो) आन्दोलनको प्रभावले पनि यस्तो हुन गएको राई बताउँछन्।
बि्रटिस गोर्खा नेपाल
नेपालबाट सन् १८१५ देखि रिक्रुट सेना बि्रटिस सेनाले लान थालेको हो। बि्रटिस गोर्खा सैनिकले बल्कन्स, इस्ट टिमोर, सिरिया, अफगानिस्तान र इराक जस्ता देशमा आफ्नो बहादुरी देखाइसकेका छन्। पोखरास्थित बि्रटिस गोर्खा क्याम्पले नेपाल भरबाट प्रत्येक वर्षको डिसेम्बरमा १ सय ८६ रिक्रुट सेना छनौट गर्छ। त्यसबाट लगभग १ सय २६ जना बि्रटिस आर्मीमा र ६० जना सिंगापुर प्रहरीमा जान्छन्। देशभरबाट खुला प्रतिस्पर्धाका आधारमा रिक्रुट सेनाहरू छनौट गर्ने बि्रटिस गोर्खाको वेबसाइटमा उल्लेख छ। नेपालस्थित बि्रटिस गोर्खा नेपाल बि्रगेड अफ गोर्खाजको एउटा भाग हो। यसको मुख्य उद्देश्य बि्रटिस आर्मीका लागि आवश्यक जनशक्तिको छनौटसँगै बि्रटिस सेनाको अन्य सेवाका काम गर्नु हो। यसको केन्द्रीय कार्यालय ललितपुरको जावलाखेलमा छ।
के गरिन्छ पोखरामा ?
पहिलो दिन क्षेत्रीय छनौटमा परेका युवाहरूलाई पोखरा क्याम्प गेटमा इन्ट्री गराइन्छ। सबै युवालाई अघि-पछि नम्बर देखिने गरी पहिरन प्रदान गरिन्छ। उक्त पहिरन प्रत्येक प्रतिस्पर्धीले पहिरिएकै हुनुपर्छ। नत्र गुरुजी -प्रतिस्पर्धी युवाहरूलाई हेर्ने व्यक्ति) ले उक्त प्रतिस्पर्धीलाई कालो सूचीमा राख्छन्।
दोस्रो दिन मेडिकल चेक जाँच गराइन्छ। जसमा आँखा, कान, पिसाब, रगत र सम्पूर्ण शरीर नांगो बनाएर भित्री कोठामा अण्डकोषदेखि सम्पूर्ण शरीरको चेक जाँच गरिन्छ। त्यही दिन रनिङको प्रतिस्पर्धा पनि गराइन्छ। तेस्रो दिन क्याम्प छेवैमा रहेको कालीखोला तल झारेर उकालो डोको दौडमा सहभागी गराइन्छ।
इन्ट्री भएको चौथो र पाँचौं दिन शैक्षिक योग्यताको परीक्षा लिइन्छ जसमा अंग्रेजी र गणित विषयको परीक्षा हुन्छ भने आईक्यु र बार्ब टेस्टहरू पनि सञ्चालन गरिन्छन्। यस्ता चेक जाँचमा प्रत्येक प्रतिस्पर्धी पास हुँदै जानुपर्छ। अनुत्तीर्ण भए भोलिपल्टै घर जाने खर्च दिँदै पोखरा क्याम्पले बिदा दिन्छ।
यदि सबैमा पास हुँदै गए केही साता पोखरा क्याम्पको बन्द क्याम्पमा बस्नुपर्छ। सबै परीक्षा पास भएपश्चात् अन्तर्वार्ता लिइन्छ। अन्तर्वार्ता लगभग अन्तिम परीक्षा हो। एक सातापश्चात् त्यसको फाइनल रिजल्ट आउँछ। त्यसपश्चात् भने सफल हुनेहरूको अनुहारमा मुस्कान देखिन्छ भने असफल हुनेहरूको आँखाबाट आँसुको धारा बग्छ। यो क्षण वास्तवमै कारुणिक हुने पोखरामा असफल भै र्फकनेहरू बताउँछन्।
साभार : साप्ताहिक
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !