एक करोड नक्कली भारतीय रुपैयाँसहित मंगलबार पक्राउ परेका पाकिस्तानी नागरिक फारुक शेष मोहम्मद र उनका नेपाली सहयोगी मोहम्मद नरुल्लाहको पक्राउपछि नेपालमा लामो समयदेखि सक्रिय नक्कली भारुका नयाँ कारोबारीको अनुहार सतहमा आएको छ। मंगलबार त्रिभुवन विमानस्थलमा पक्राउ परेका मोहम्मद र उनलाई लिन विमानस्थल पुगेका काठमाडौं बागबजार निवासी नरु उल्लाहको पक्राउपछि सुरक्षा निकायको आँखा छल्दै नक्कली भारुको कारोबारमा नेपाललाई ट्रान्जिट बनाउन सक्रिय नेपाली समूहका नयाँ सदस्यको नाम खुलेको हो।
नरु उल्लाहको बयानबाट रविराज सिंह, अनुराज प्रधान र सुनिल रायमाझी विभिन्न देशको हवाइमार्गबाट नेपाल भित्रिने नक्कली भारु भारतसम्म पुर्यााउन सक्रिय खुलाउन प्रहरी सफल भएको छ।
नक्कली भारुको कारोबारमा नाम पोलिएका यी तिनै प्रहरीका लागि समेत नौला व्यक्ति हुन्। भरियामात्रै पक्राउ गर्दै आएको नेपाल प्रहरीका अधिकारीले यसलाई सफलता मानेको छ।
विश्वस्तस्रोतका अनुसार नरु उल्लाहले अनुप श्रेष्ठ भनेर पहिचान खुलाएका शिखर म्यानपावरका अनुराज हुन्। गाडी चोरी र मानवतस्करीमा मुछिएका उनी प्रहरी सूचीमा फरार भए पनि उपत्यकामा खुलमखुला थिए।
प्रहरी अनुसन्धानमा उनले चढ्ने गरेको बिएमडब्लु गाडी चोरीको खुलेपछि काठमाडौं परिसरका तत्कालीन प्रमुख रमेश खरेलले गाडी बरामद गरेर राजस्वमा बुझाएका थिए। प्रहरीको एक तहबाटे संरक्षण पाउँदै आएका उनीविरुद्ध भन्सारले चोरी गाडीको मुद्दामा ४० लाख धरौटी निकालेर खोजी गरे पनि पक्राउ परेका थिएनन्।
विश्वस्तस्रोतका अनुसार नरु उल्लाहले नाम बताएका सुनिल बुटवलका सुनिल रायमाझी हुन्। सुरक्षा निकायको माथिल्लो तहसम्मलाई प्रभाव पार्दै आएका उनी नेपाल, दुबई र अमेरिका आवतजावत गरिरहन्छन्।
रवि सिंह, रविसिंह प्रधान, रवि गरी विभिन्न परिचय बोकेका व्यक्ति रातोपुलका रविराज सिंह रहेको अनुसन्धानमा खुलेको छ। उनी तेक्वान्दो संघका कोषाध्यक्षसमेत छन्। प्रहरी अधिकारीमाझ उनी परिचित मुहार नै भए पनि नक्कली भारु कारोबारमा जोडिएका थिएनन्। नरु उल्लाहको पक्राउपछि उनको भित्री कारोबार खुलेको हो।
कुनै समय जमिम साहको स्पेसटाइमका नरुउल्लाह जमिम शाहको हत्यालगत्तै गायव भएपछि प्रहरीले उनलाई शंकास्पद सूचीमा राखे पनि नक्कली भारुको कारोबारमा जोडिएका भने थिएनन्।
दुबई हुँदै नेपालमा सुनतस्करी फस्टाएताका उनले जमिमको सहयोगीको रुपमा काम गरेको जमिम हत्यासम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदनमा छ। तर, उनी जाली भारुको कारोबारमा जोडिएका थिएनन्।
जमिम हत्यासँगै भागेर दुबईमा लामो समय बसेका उनी पुनः काठमाडौंमा देखिएपछि प्रहरीले उनलाई शंकास्पद सूचीमा राखेर निगरानी बढाउँदा नक्कली भारुसहित पक्राउ परे। पक्राउपछि उनले आफस् ३० वर्षदेखि नक्कली भारु कारोबारमा सक्रिय पाकिस्तानी समूह हाजी मस्तानको सम्पर्कमा रहेको बयान दिएर प्रहरीलाई नै चकित पारेका थिए।
जिल्ला अदालत, काठमाडौंको अनुमतिमा महानगरीय प्रहरी परिसर, काठमाडौंको हिरासतमा रहेका यी दुवैविरुद्ध नक्कली भारु कारोबारमा अनुसन्धान ब्युरोले छानबिन गरिरहेको छ।
नरु उल्लाहको बयानबाट नयाँ जालो तोडिने आशामा रहेको प्रहरी यी दुवै पक्राउको घटना नै गोप्य राख्ने प्रयासमा रहे पनि सूचना चुहिएपछि सतर्क भएको छ।

मुख्य केन्द्र लाजिम्पाट
नक्कली भारुका सहयोगी खोजी गर्ने, खर्चसहित पाकिस्तान पठाउने र उनीहरु सुरक्षित रुपमा विमानस्थलबाट बाहिरिएपछि सोही भारु स्थलमार्गबाट भारत पुर्या्उन कारोबारीले वैदेशिक रोजगारको आवरणमा रहेको लाजिम्पाटस्थित शिखर म्यानपावरको कार्यालय उपयोग गर्ने गरेको अनुसन्धानरतपक्षको निष्कर्ष छ।
कारोबारीले योजना पनि शिखरमै बनाउने गरेको नरु उल्लाहले समेत बयान दिए। उनले प्रारम्भिक बयानमा अनुप (अनुराज) ले पाँच महिनाअघि शिखरमै सुनिलसँग परिचय गराएर नक्कली भारुको कारोबारबारे पाकिस्तानका हाजी तलादसँग छलफल गर्न खर्चसहित पाकिस्तान पठाएको खुलाएका छन्।
नक्कली भारु कारोबारमा शिखर म्यानपावरको नाम खुलेको यो पहिलोपटक होइन। २०६७ असोज ६ गते ४० लाख नक्कली भारुसहित पक्राउ परेका नेपाली नागरिक टेकबहादुर कार्कीबाट समेत यो तथ्य खुलेकोमा सुरक्षा निकायले निगरानी नगर्दा सामसुम भएको थियो।
कार्कीले प्रहरी बयानमा पाकिस्तान पठाउने, त्यहाँबाट बैंकक हुँदै थाई एयरमा नक्कली भारु लिएर नेपाल आउने योजना त्यहीँ बनेको थियो। उनले बयानमा रोजगारीका लागि विदेश जाने सिलसिलामा पासपोर्ट लिएर शिखर म्यानपावर पुग्दा पाकिस्तान गएर आउने प्रस्ताव आएको र वीरेन्द्र र जुवेदले आते–जाते खर्चसँगै सामान ल्याइदिएबापत थप ३५ हजार दिने प्रस्ताव गरेको खुलाएका थिए।
कार्कीसँगै वीरगन्जका वीरेन्द्र साह, भारत मोतिहारीका मोख्तार अन्सारी, इसामुद्दिन मिया, बारा रामपुरटोकनीका आफताव आलम अन्सारी, चोकट महतो खुल र पाल्पा देवीनगरका विनोद खत्रीसमेत पक्राउ परेका थिए। उक्त घटनाको अनुसन्धान क्रममा केन्द्रीय अनुसन्धान ब्युरोले केन्द्रीय कारागारमा २०६६ माघबाट केन्द्रीय कारागारमा रहेका कैदी युनुस अन्सारीले सुरक्षाकर्मीलाई आर्थिक प्रभावमा पारेर कारागारभित्र मोबाइलमार्फत बाबरको नाममा नक्कली भारु कारोबार जारी राखेको खुलाएको थियो। प्रहरीले यसको पुस्ट्याइँका लागि केन्द्रीय कारागारमा युनुसको कोठामा छापा मारेर सीम र मोबाइल नै फेला पारेको थियो।

पाकिस्तानमा एकै टोली
भारतीय सरकारी निकायको प्रतिवेदनअनुसार अधिकांश नक्कली भारु पाकिस्तानमा उत्पादन हुन्छन्। ती नेपाल, श्रीलंकालगायत मुलुकबाट भारत पुग्छन्। नेपालमा पक्राउ परेकाहरू र अनुसन्धानबाट पनि नक्कली भारु पाकिस्तानबाटै ल्याइने गरेको देखिएको छ।
पाँच वर्ष अवधीमा नेपालमा नक्कली भारुसहित पक्राउ परेकाहरुका आधारमा कारोबारमा २४ समूह सक्रिय रहेको प्रहरी निकायको निष्कर्ष छ। नेपालमा नक्कली भारु कारोबारमा छुट्टाछुट्टै समूह सक्रिय देखिए पनि पाकिस्तानमा उनीहरुको सहयोगी भने उही देखिन्छ।
नेपालमा पक्राउ परेका भिन्न–भिन्न व्यक्तिको सम्पर्क पाकिस्तानको कराचीमा रहेका हाजी तलाद नै देखिएका छन्। युनुस नक्कली भारु कारोबारमा सक्रिय रहँदा उनको सम्पर्क हाजीसँगै देखिएको थियो। २०६६ मा पक्राउ पर्दाताका युनुसको सम्पर्क र सम्बन्ध हाजीसँग रहेको खुलेको थियो। युनुसको सम्पर्क जालोको अनुसन्धान क्रममा पाकिस्तानमा सहयोगी भनेर सुरेन्द्र भन्ने नाम पनि आएको थियो। पूरा नाम नखुले पनि सुरेन्द्र हाजीकै सहयोगी हुनसक्ने सुरक्षास्रोतको आशंका छ। मंगलबार पक्राउ नरु उल्लाह र फारुकको पाकिस्तानी सम्पर्कस्रोत पनि हाजी नै भएको खुलिसकेको छ।
नेपालमा आउने नक्कली भारुको स्रोत पाकिस्तान नै रहेकोमा सुरक्षा निकाय विश्वस्त छन्। सन् १९९३ को मुम्बई बम विस्फोटपछि भारत छाडेर पाकिस्तान बस्दै आएका दाउद इब्राहिम यसका सक्रिय रहेको भारतीय पक्षको निष्कर्षसँग नेपालको सुरक्षा निकाय पनि सहमत देखिन्छ। सोही आधारमा हाजी उनै इब्राहिमका सहयोगी भएकोमा सुरक्षास्रोत विश्वस्त देखिन्छ।
चार वर्षअघि नै हाजीको खोजीमा नेपाली सुरक्षा निकायले नेपालको इन्टरपोल एनसिबीमार्फत पाकिस्तानमा रहेको इन्टरपोल एनसिबीसँग समन्वय गर्दै आए पनि हाजीको खोजीमा कुनै उपलब्धि भने हुन सकेको छैन।

नेपाल ट्रान्जिट
नक्कली भारु कारोबारमा तीन तहका समूह सक्रिय देखिन्छ। अन्तर्राष्ट्रिय गुणस्तरअनुसारको नक्कली भारु छपाइमा पहिलो समूह सक्रिय देखिन्छ। दोस्रो समूह छपाइ भएको नोट निश्चित स्थानमा भण्डारण गरी एजेन्टमार्फत भारतसम्म पुर्याोउन सक्रिय देखिन्छ। तेस्रोले नक्कली भारु बजार फैलाउने काम गर्छ।
पहिलो तहका कारोबारी पाकिस्तान, बैंकक र दुबईमा सक्रिय देखिन्छन्। दोस्रो नेपाल, श्रीलंका र बंगलादेशमा बढी सक्रिय छन्। नक्कली भारु बजारमा फैलाउन नेपाल र भारतीय बढी सक्रिय देखिन्छन्।
जानकारका अनुसार नक्कली भारु भारतसम्म पुर्यामउन नेपाल, श्रीलंका र बंगलादेश ट्रान्जिटका रूपमा प्रयोग हुँदै आएका छन्। यीमध्ये नेपालको रुट सबैभन्दा धेरै सक्रिय देखिन्छ। पाकिस्तान, मलेसिया, सिंगापुर र बंगलादेश, कतारबाट हवाइमार्ग हुँदै नक्कली भारु नेपाल भित्रिँदै आएको छ। काठमाडौंमा सेल्टर लिएर बसेका कारोबारीले स्थलमार्गको उपयोग गरेर सीमावर्ती जिल्लामा भारु पुर्याैएर भारत पुर्या उँछन्। पाकिस्तान, बंगलादेश, मलेसिया, थाइल्यान्ड, सिंगापुर, संयुक्त अरब इमिरेट्स, बहराइन र श्रीलंकाबाट हवाइमार्ग हुँदै नक्कली भारु नेपाल भित्रिने गरेको प्रहरी अनुसन्धानमा देखिएको छ।

जालोको जन्जाल
२०६४/६५ मा भारतीय बैंक र एटिएमबाट समेत नक्कली भारु निस्कन थालेपछि भारत कारोबार रोक्न बढी नै सक्रिय भयो। यता, नेपालमा त्यहीँताकाबाट नक्कली भारु कारोबारमा नाम जोडिएका मजिद मनिहार, सौकत बेग, जमिम साहलगायतकाहरु भारतीय अपराधीबाट शृंखलाबद्ध मारिए।
भारतीय पक्षको निरन्तर असन्तुष्टिपछि नेपाल सरकारले समेत नक्कली भारु कारोबार नियन्त्रणमा सुरक्षा निकायलाई सक्रिय गरायो। बितेका पाँच वर्ष अनुसन्धान ब्युरो ( तत्कालीन प्रतिआतंकवाद निर्देशनालय) का प्रहरी निक्कै सक्रिय देखिए, सञ्जाल पहिल्याउन।
शृंखलाबद्ध आक्रमण र प्रहरीको सक्रियताले केही समय कारोबार सुस्तायो, तर रोकिएन। कारोवारीले नयाँ–नयाँ जुक्ति निकालिरहे। पाकिस्तानी, नेपाली र भारतीय नागरिकलाई भरियाको रुपमा प्रयोग गर्दै आएका उनीहरुले भियतनामी, थाई र फिलिपिनो नागरिकको उपयोग गर्न थाले। सुटकेसमा फल्स बटम साटो ह्विलचेयर, शरीरमा टेप टाँस्नेलगायत विभिन्न उपाय अपनाए पनि पक्राउको क्रम भने रोकिएन।
२०६५ देखि २०७० वैशाख ७ सम्मको नेपाल प्रहरीको तथ्यांकअनुसार पाँच वर्ष अवधीमा नेपालमा ११ करोड ३ लाख नक्कली भारु फेला परिसकेको छ। यसबीच प्रहरीले विभिन्न देशका ६३ जनालाई पक्राउ गरिसकेको छ जसमा अधिकांश नेपाली, पाकिस्तानी र भारतीय छन्।
यो वीचमा प्रहरीले २४ समुहका सदस्यलाई पक्राउ गर्योत। प्रधान कार्यालयस्रोतका अनुसार पाँच वर्षको अवधीमा २७ नेपाली पक्राउ परे। पाकिस्तानी २७, भारतीय ११, भियतनामी ३ र बंगलादेशी, थाई र फिलिपिनो १–१ जना पक्राउ परेका थिए।
अधिकांश आउँदा आउँदै विमानस्थलमा पक्राउ परे भने कोही होटलसम्म पुगेपछी प्रहरीको फन्दामा फसे। केही कारोवारी आएको प्रहरीले पत्तै पाएन।

भरियामात्र फन्दामा
जाली भारुको कारोबारमा संलग्न देखिएका अलताफ अन्सारी मुन्ना काठमाडौँमा पक्राउ परे, लाल मोहम्मद भारतको उत्तरप्रदेशमा।
पाँच वर्ष अवधिमा पक्राउ परेका नेपालीमा शेख साफी अहमद, सहिद इकबाल, कविता र कविर बरमशखा, युनुस अन्सारी, काशीराम अधिकारी, अमोदमणि र विनोदमणि महतो, अरुणकुमार गुप्ता, राजा महाराज, नवलकुमार यादव, इस्ताफ हुसेन अन्सारी उर्फ मुन्ना खान, डिकबहादुर नेपाली, मोहम्मद जाफिर, शेख मोहम्मद, असिम मियाँ, अनबर हुसेन अन्सारी, हसान अन्सारी, मोहम्मद नरु उल्लाह छन्।
प्रहरी तथ्यांकमै नेपालमा जति कारोबारी पक्राउ परेका छन्, त्यसमा अधिकांशको हैसियत भरियामात्रै हो। युनुस, चोकट महतो, मुख्तार अन्सारीलगायत मात्र नेपालमा सक्रिय पहिलो तहका कारोबारी हुन्।
नेपालमा पक्राउ परेका पाकिस्तानी र भारतीयलगायत समेत अधिकांश भरिया हुन्। हतारमा विमानस्थलमै अधिकांश पक्राउ पर्दा नेपालमा सक्रिय कारोबारी प्राय उम्किन्छन्। प्रहरीको जालोबाट उम्किएका उनीहरुले नै पुनः अर्को भरिया प्रयोग गरेर कारोबार शृंखला जोड्छन्।
कहिलेकाहीँ मुख्य कारोबारी नै फेला नपरेको पनि होइन। २०६७ जेठमा १५ लाख नक्कली भारुसहित समातिएका मोहम्मद जमिल त्यही तहका कारोबारी थिए। तर, अहिले उनी नेपालमा छैनन्। दुई वर्षअघि उपचारका लागि गंगालाल हृदयरोग केन्द्रमा लगेका उनी प्रहरीको मिलेमतोमा भाग्न सफल भए। उनी अस्पतालबाट भागेर कता लागे, अहिलेसम्म रहस्यमै छ।
सुुरक्षास्रोतका अनुसार पछिल्लो समय नेपालमा आफताब आलम बढी सक्रिय देखिएका छन्। काठमाडौंमा दुईपटक बरामद भएको नक्कली भारु बाराको रामपुर टोकनीका उनै आफताव आलमले मगाएको प्रहरी अनुसन्धानमा खुलेको थियो।
सोमेश्वर र सेख जाकिर उल्लाहको नाम पनि सक्रिय कारोबारीको सूचीमा छ। पहिलो तहकै नरु उल्लाह मंगलबार पक्राउ परेपछि विभिन्न आवरणमा रहेका नयाँ कारोबारीको पहिचान खुलेपछि कारोबारीको सन्जालभित्रै छिरेर अप्रेसन गर्न सकिनेमा प्रहरी आशावादी देखिन्छ।

साभार : नागरिक
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !