CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » लिंगमा तेजाबको सुइ लाएपछि ....

लिंगमा तेजाबको सुइ लाएपछि ....


injectionआफ्नै सहोदर भाइको हत्या गरेको आरोपमा एक युवकको लिंगमा तेजाब र पेट्रोलको सुइ लगाइएको छ । यस्तो नृसंस काम कुनै सर्वसाधारणले होइन पुलिसले गरेको हो । हाम्रो देशमा होइन, भारतको उत्तर प्रदेशको एटा जिल्लाको घटना हो यो ।
बर्बरताको सबै हद पार गर्दै प्रहरीले भाइ हत्याका आरोपि बलबिर नामका युवकको लिंगमा पेट्रोल र तेजाब भरिएको इन्जेक्सन लगाइदियो । पुलिसको यो करतूतबाट गम्भीर
अवस्थामा पुगेका बलबीरको पछि मृत्यु भएको बताइएको छ ।
घटनाको व्यापक आलोचना भएपछि स्थानीय प्रहरी चौकीका प्रमुख सहित ३ जना प्रहरी निलम्बित भएका छन् । साथै घटनाको छानविन गर्न समेत उत्तर प्रदेश सरकारले आदेश दिएको छ । समाचार अनुसार एटा जिल्लाको सकरौली क्षेत्रस्थित इसौली गाउँमा बस्ने
मानिकचन्द्र सरानीको शव अपि्रल ९ का दिन हजारा नहरमा भेटिएको थियो । घटनाको छानविनका क्रममा प्रहरीले उनका भाई बलबीर लगायतका चार जनाको
हत्यामा संलग्नता रहेको आशंका गर्दै पक्राउ गर्यो । आफ्नो अपराध कबुल गराउँदै प्रहरीले उनीहरुलाई जेलमा पठायो । जेलमा बलबीरको स्वास्थ्य निकै खराब भयो । उनलाई सुरुमा जेल प्रशासनले उपचारका लागि एटा जिल्ला अस्पतालमा लग्यो । त्यहाँ निको नहुने देखेपछि उनलाई अर्को सुविधासम्पन्न अस्पतालमा
रिफर गरियो तर उनको शुक्रबार बिहान निधन भएको बताइएको छ । प्रहरीले हिरासतमा भएका बेला बलबीरलाई हत्याको अभियोग कबूल गराउन उनको लिंगमा तेजाब र पेट्रोलको सुइ दिएर यातना दिएको बताइएको समाचार अन्लाईन खबर मा छापेको छ । 

Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis