CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » राती ढालभित्र छिर्दा...

राती ढालभित्र छिर्दा...


कञ्चन अधिकारीघडीले रातको ८ बजाएको छ। विस्तारै अध्याँरो बढ्दै छ। पूर्व-पश्चिम हाइवेमा सावारीसाधन पातलिन थालिसकेका छन्। प्रसंग वैशाख ३० गतेको हो। हामी ठ्याक्कै नवलसरासीको गैडाकोटबाट नारायणगढ बजार जाने तरखर गर्दै थियौं। गर्मीले गर्दा शरीरबाट कुलकुल पसिना बगिरहेका छन्। म सँगै सुमन, अर्चना, खड्ग लगायत हिँडेरै हामी बस्ने होटलसम्म जान लागेका थियौं| मलाई थाहा थियो नारायणी पुलमा बेल्का भएसी मज्जको हावा चल्छ र शीतल हुन्छ।
शीतल खाने बहानामा नै कैयौं जोडी यही पुलको साइडमा बसेर मायाप्रेम साटिरहेका पनि भेटिन्छन् बेलुकीपख। घरबाट हावा खाने बहान बनाएर निस्केर मायाप्रेममा लिन हुने धेरै युवकयुवती देखिन्छन् पुलमा।
त्यसैले हामी पनि हावा खाने दाउले साथी भवानीश्वरको बिहेको गाडीलाई विदा गरेर पुलको बाटो लग्यौं। नेपालमा दिन प्रतिदिन लोसेडिङ बढ्दो छ। त्यो दिन ८ बजे नारायणगढ बजारमा बत्ति जाने पालोले गर्दा पूरै अध्यारो थियो। नारायणी पुलमा विस्तारै हामी गफिँदै थियौं। कहिले साथीको बिहेको चर्चा त कहिले आफ्नै दमौलीका गफ।
हामी हावामा कावा खाँदै अघि बढिरेहेका थियौं। विपरित दिशाबाट आएका गाडीका हेडलाइटले आँखै खान्थे। तै पनि आँखा चिम्सा पार्दै हामी चिसो हावा खान पाएकोमा मस्त थियौं। साथीहरु यहाँबाट गएपछि होटलमा बसेर भवानीको विहेलाई थप रमाइलो बनाउने दाउमा थिए।
म सबैभन्दा अगाडि थिए। अरु साथीहरु पछिपछि। हाम्रो गन्तव्य शहीदचोकबाट केही पश्चिमको एउटा होटलसम्म थियो। रात छिप्पिँदै गएकोले पसलहरु पूरै बन्द भइसकेका थिए। मानिसका चहलपहल कम हुँदै थियो। होटलका च्यानल गेट चाहिँ खुल्लै थियो।
म आफ्नै सुरमा हातमा क्यामरा र फोन बोकेर हिँड्दै थिए। सडकबाट हिँड्न असुरक्षित हुन्छ सडक पेटीबाटै हिँड्दा सुरक्षित महशुस गर्दैं पुल्चोकबाट अगाडि बढिरहेका थियौं।
'लौ साथीहरु अब धेरै छैन है हामी होटलमा पुग्न,' भन्दै थिएँ। सडकपेटीमा बनाइएको ढल माथि राखिएको स्ल्याव नै स्ल्यावको बाटो थियो।
एक्कासीमा अंग्रेजी फिल्ममा भूतले ढलको प्वालबाट हात छिराएर मान्छे ताने जस्तै गरी म स्वाट्ट ढलमा खस्न पुगेँ।
देब्रे हातमा क्यामरा थियो खल्तीमा मोवाइल थियो। मैले के भयो पत्तै पाइन। हत्तपत्त साथीहरु आइपुगे। 'लौ के भयो कतै चोट लागेन ?,'सुमनले सोध्यो। म लल्याकलुलुक भएँ। लडेर उठेपटी हेरेको त पछिपछि आएको अरु २ जना पनि झण्डै छिरेका थिए ढल भित्र।
घुँडा मज्जाले बज्रिएको थियो। कुइनो दुखिरहेको थियो र छातीमा हल्का गाह्रो भएको थियो। मलाई बढी भएको छ भनु भने साथीहरु आत्तलिएलान्। त्यति बेला मैले आफूलाई खासै कतै दुखे जस्तो गरिनँ खोच्याउँदै होटलतिर अघि बढेँ।
मलाई मेरो भन्दा मलाई क्यामराको डर थियो। लडेपछि पहिले मैले क्यामरा हेरेँ केही भएको रहेनछ। धन्न पाइन्ट च्यातिएको रहेनछ। अनि आइफोन पनि सकुशल। ढक्क फूलेको मन शान्त भयो। केही समय अघि मैले यस्तै गरेर एकजना साथीको क्यामरा विगारिदएको थिएँ।
होटल पुगेपछि मलाई केही गाह्रो भयो। घुँडा दुख्न थाल्यो। साथीहरुलाई भने, 'अलि गाह्रो भयो पेन किलर वा मुभ लगाउनु पर्यो ल्याइदेउ न।' रात छिप्पेकोले नजिकै मेडिकल नभेटेपछि म औषाधोपचार नगरी होटलमै बसेँ।
होटलमा बसेपछि हेरेको त घोडा भुक्क सुन्निएको रहेछ। छाति हल्का दुखेको थियो। कुइनो पनि दुखेको थियो।
पहिला त भरतपुर नगरपालिकाका कर्मचारीलाई गाली गरेँ। अनि सरकारलाई। किनकी सडकमा सडक वत्ति भएको भए सायद म ढल भित्र छिर्ने थिइनँ होला।
ढलको स्ल्याव एकपछि अर्को उप्केका रहेछन्। यस्तो ठाउँमा मान्छे नपसेर के पसोस् त?
यस्तै कुरा साथीहरुलाई सुनाउँदा उनीहरु पनि काठमाडौंका ढलमा पसेको कुरा सुनाए। कति साथीको त कम्मरसम्म नालीको फोहरले कालो निलो भएर घर गएको समेत घटना सुनाए। अरुको हालत आफ्नैजस्तो भएपछि हासेँ, मुसुक्क।
तर म र मेरासाथीमात्र होइनन धेरै यो जोखिमबाट मुक्त छैनन्। स्थानीय निकाय सम्हालेर बसेकाहरुको नाकैमुनिको यस्ता दृष्य हटाउन उनीहरु किन लाग्दैनन्, बुझेको छैन्। स्थानीय राजनीतिमा होमिएका नेताहरु मजसरी नै खसे भने म दु:खी हुनेछैन। हो उनीहरुले पाउने पीडा महशुश गर्न सक्छु तर वेवास्तालाई माया गरौं कसरी?

कञ्चन अधिकारी, नागरिक 

Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis