सम्बोधनमा जोशीले आफूले अझै एक वर्षसम्म तलब दिन नसक्ने बताउँदै अहिले जसलाई जागिर छोड्ने इच्छा छ उसले छोड्न सक्ने भन्दै धम्कीको भाषा प्रयोग गरेको त्यहाँ कार्यरत एक पत्रकारले बताएका छन्। उनका अनुसार नछोड्ने पत्रकार तथा कर्मचारीहरुलाई बिना तलब एक वर्षसम्म त्यहीँ काम गर्न पाइने ‘अफर’ पनि दिइएको थियो।
क-कसले छाडे?
अध्यक्ष जोशीले आफ्नो सम्बोधनमा जागिर छोड्न धम्कीको भाषा प्रयोग गरेपछि र एक वर्षसम्म पनि तलब नदिने बताएपछि सम्बोधन सकिएको लग्दै समाचार वाचक तथा डेस्क सम्पादक प्रमोद न्यौपाले, अनुप आचार्य र डेस्क सम्पादक प्रभात देवकोटाले राजीनामा दिए। उनीहरुको राजीनामा बुधबार नै स्वीकृत भयो।

आफ्नो राजीनामा बारे समाचार वाचक तथा डेस्क सम्पादक प्रमोद न्यौपानेले आफ्नो फेसबुकमा लेखेका छन्- ३६३ दिनको न्यूज २४ को यात्रामा विश्राम। यो यात्रामा साथ र सहयोग गर्नेप्रति आभार।
त्यस्तै बिहीबार पनि आधा दर्जन पत्रकार तथा क्यामेरापर्सनहरुले राजीनमा दिएका छन्। राजीनामा दिएकाहरुले पाउनु पर्ने तलब पाएका छैनन्।
१० दिने आन्दोलन
१० दिनदेखि नियमित तलबको माग गर्दै आन्दोलनरत न्यूज २४ टेलिभिजनका पत्रकार तथा कर्मचारीहरुले आन्दोलन सफल भएको दावी गरेका छन्। आन्दोलनको क्रममा रिपोर्टिङ, ६ प्रश्न, इस्यू अफ द डे, पावर न्यूज, जय स्वभिमान, मिसन चेन्ज, व्यूरोको नयाँ प्रोग्राम प्रसारण हुन सकेन। न्यूज २४ को इतिहासमै पत्रकार तथा कर्मचारीहरुले एकमुष्ट दुई-दुई महिनाको तलब बुझ्न पाए। (नौ जना बाहेक) तर बाँकी तलब भने उनीहरुले पाउन सकेनन्। बाँकी तलब दिने बारे यस्तो लिखित सम्झौता भएको थियो, जुन पालना भएन

इ-२४ मा झन् बिजोग, १ वर्षदेखि तलब पाएनन्
१ वर्ष अगाडिको बैशाख १ गते सञ्चालनमा आएको पहिलो मनोरन्जनात्मक टेलिभिजन भनिएको ई २४ टेलिभिजनको स्थिति झन्- झन् नाजुक अवस्थामा आएको छ। ई २४ टेलिभिजनका अधिकांश कर्मचारीले विगत १ वर्षदेखि तलब पाएका छैनन् भने ई न्युज बाहेक सम्पूर्ण कार्यक्रमको निर्माण रोकिएको छ। अब विश्वले चिन्नेछ नेपाल!

साभार : माई संसार

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !