कतिपय अवस्थामा प्रत्यक्षदर्शी हुनु पनि दुःखदायी क्षण बन्दोरहेछ। देश दर्शन र अन्य संस्थाले आयोजना गरेको नेत्र शिविर सकाएर शनिबार अपराह्न भक्तपुरबाट मित्र उत्तम भट्टराईसँगै मोटरसाइकलमा फर्कँदै थियौँ। उत्तम जी कोटेश्वरमा झरेर अर्को माइक्रोमा चढ्नु भो। म बानेश्वर हुँदै फर्कँदै थिएँ। कान्तिपुर पब्लिकेशनको ठीक सामुन्ने आइपुग्दा
मोटरसाइकल पल्टेको आफ्नै आँखाले देखेँ। बच्चा र महिला पनि भुईँमा लड्न पुगे। बच्चाकी आमाले बच्चालाई बचाउन भरमग्दुर प्रयास गरिन्। आफू लडेर पनि बच्चालाई ठोक्किनबाट बचाइन्। तर लडिसकेपछि बच्चा उनको हातबाट खस्यो।
कोटेश्वरतिरबाट आइरहेको नेपाल यातायातको बसको पछाडिको चक्काले ती आइमाइको खुट्टा किच्यो। “मेरो बच्चा !……. मेरो बच्चा ……..!!” ती महिला आफ्नो पीडा भन्दा पनि बच्चाको चिन्ताले कारुणिक स्वरले चित्कार गर्दै थिइन्। यत्तिकैमा नेपाल यातयातले ब्याक गरेर ती महिला र बच्चालाई किचेर मार्ने प्रयास गर्यो।

तर मभन्दा अगाडि आइरहेका दुई मोटरसाइकल यात्रीले हतारमा सडक मै मोटरसाइकल रोकेर बच्चा र आइमाईलाई जोगाए। बसका चालक फुत्त हाम्फालेर कुलेलम ठोके।
एकै छिनमा मान्छेको भीड लाग्यो। बसमा सामान्य तोडफोड गरियो। केही युवा भागिरहेको चालकको पछाडि दौडे। केही पर पुगेपछि चालकलाई समातेर प्रहरीको जिम्मा लगाइयो। सामान्य घाइते भएकी महिला र दुधे बालकलाई ब्याक गरेर मार्न तम्सने त्यो चालकको राक्षसी मन देख्दा निक्कै दुःख लाग्यो।
यो घटना देखिरहेका अन्य प्रत्यक्षदर्शी आक्रोशित हुँदै बस जलाइदिनु पर्ने कुरा गर्दै थिए। चालकको दानवता देख्दा मलाई निक्कै नरमाइलो लाग्यो। आखिर चालकहरु किन दुर्घटनामा सामान्य घाइतेको पनि ज्यानै लिन उक्सिन्छन् ? यसमा दोषी को ? प्रशासन, वर्तमान कानून या चालकको नियत?

नेपालको कानूनमा पनि दोष नभएको होइन, मान्छे मार्यो भने १७ हजार, घाइते भयो भने अनिश्चित। कानून कै कारणले यस्ता घटना घटेको कुरा सत्य हो। तर मान्छेमा मानवता नभए पछि कानून केही होइन। एउटा दुधे बालक नजिकै सडकमा रोइरहेको छ। उनैकी आमालाई जानाजान गाडी व्याक गरेर मार्न सक्नु भनेको मानवीय मन हुँदै होइन। मनै दानवीय भए पछि समाजमा जस्ता घटना पनि हुने गर्छ।
मलाई त्यो बालकको मुहार अनि ती महिलाको चित्कारले अझैसम्म छोडेको छैन। घर पुगेर छोरीलाई अंगालो हालेर रोएँ एक छिन। कठै बरा ती दुधे बालक !
-हरिराम पौडेल- @ माई संसार
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !