CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » फट्यांग्रा खाए पृथ्वी जोगिन्छ, भोक मेटिन्छ, : राष्ट्रसंघ

फट्यांग्रा खाए पृथ्वी जोगिन्छ, भोक मेटिन्छ, : राष्ट्रसंघ


1संयुक्त राष्ट्रसंघले किरा फट्यांग्रा प्रसस्तै खान विश्वका मानिससँग आग्रह गरेको छ । किराफट्यांग्राको सेवन बढाउँदा भोकमरीको जोखिम पनि कम हुने र वातावरण जोगाउन टेवा पुग्ने राष्ट्रसंघको जिकिर रहेको छ ।
राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनले विश्वमा खाद्यपदार्थको उत्पादन घट्दै गएका बेला
भोकमरीको जोखिम टार्नका लागि किराफट्यांग्रा खानु उपयुक्त विकल्प हुने दाबी गरेको हो । संगठनका अनुसार ग्रासहुप्पर, कमिला तथा अरु विभिन्न किराफट्यांग्राहरुमा उच्च मात्रामा प्रोटिन तथा लवण लगायतका तत्व पाइन्छन् जो भोकमरी ग्रस्त तथा कुपोषित मानिसका लागि निकै लाभदायक हुन्छन् ।
अहिले विश्वका दुइ अर्ब मानिसले विभिन्न रुपमा किराफट्यांग्रालाई आफ्नो भोजनमा समावेश गर्ने गरेको भन्दै संगठनले किराफट्यांग्राको सेवन अझै बढाउनुपर्ने बताएको छ ।
किराफट्यांग्रामा गाइवस्तु तथा सुँगरको मासुमा भन्दा उच्च मात्रामा पौष्टिक तत्व पाइने र कम प्रदुषित पनि हुने संगठनको भनाइ रहेको छ । किराफट्यांग्रालाई प्राकृतिक अवस्थाबाट पक्रेर ल्याएर खानेमात्र नभई यस्ता किराफट्यांग्राको व्यवसायिक पालन गर्न सकिने संगठनले बताएको छ ।
http://www.onlinekhabar.com/2013/05/71901/

Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis