‘अब विश्वले चिन्नेछ नेपाल’ नाराका साथ रवि लामिछानेको ६२ घण्टा लामो टक शो प्रसारण गरी विश्व रेकर्ड राखेको न्युज २४ टेलिभिजनको अहिले हरिबिजोग भएको छ। महिनौँदेखि तलब नपाएपछि आन्दोलित बनेका पत्रकार र कर्मचारीहरु नियमित रिपोर्टिङमा गएका छैनन्। नियमित कार्यक्रम नै रद्द गरिएका छन्। व्यवस्थापनले अरु टिभीबाट भिजुअल सापटी मागेर प्रसारण गरिरहेको छ। ‘निरन्तर न्युजमा’ ट्यागलाइन भएको टिभी निरन्तर आन्दोलनमा छ। न्युज २४
को स्थितिबारे जानकार एक पत्रकारले पठाएको विस्तृत विवरण भित्र।अपडेट २ (मे ११) छैटौँ दिन पनि आन्दोलन जारी: नियमित तलबका माग गर्दै आन्दोलनरत न्यूज २४ टेलिभिजनका पत्रकार तथा कर्मचारीहरुको आन्दोलन शनिबार ६ दिन पूरा गरेको छ। तर, पनि टेलिभिजनका सबै पत्रकार तथा कर्मचारीहरुले तलब पाएका छैनन्।
शुक्रबार अबेला २० जनालाई तलब दिएर बाँकी पत्रकार तथा कर्मचारीहरुलाई तलब दिन नसकेपछि शनिबारका लागि सारिएको थियो। तर, शनिबार अबेलासम्म पनि एमसीआरबाट तीन जना, न्यूजबाट पाँच जना, मेकअपको दुई जनालाई तलब नदिएपछि पूर्ववत् घोषित कार्यक्रम अनुसार रिपोर्टिङ, ६ प्रश्न, इस्यू अफ द डे, पावर न्यूज, जय स्वभिमान लगायतका कार्यक्रममा आन्दोलनरत पत्रकार तथा कर्मचारीहरुले रोक कायम राखेका छन्। तर, पैसा पाइसकेका पत्रकार तथा कर्मचारीहरुलाई महानिर्देशक तपानाथ शुक्ला, समाचार प्रमुख चिरञ्जीवीराज देवकोटा, न्यूज २४ टेलिभिजन प्रतिष्ठान शाखाका अध्यक्ष शुशीलबाबु अर्यालले काममा फर्किनका लागि व्यक्तिगत ढंगबाट दबाब दिइरहेको एक पत्रकारले बताए।
आन्दोलनरत पत्रकार तथा कर्मचारीहरुले पूर्व सहमति अनुसार जबसम्म दुई दुई महिनाको तलब सबैको हातमा पर्दैन, तबसम्म आफूहरुको आन्दोलन नरोकिने बताए।
समाचार प्रमुख चिरञ्जीवीराज देवकोटाले शुक्रबार साप्ताहिक रुपमा प्रसारण हुने उत्तरदायित्व प्रोग्राम नयाँ बनाएर पठाएपछि देवकोटा र आन्दोलनरत पत्रकार तथा कर्मचारीबीच तँ तँ र म म भएको थियो। आन्दोलनरत पत्रकार तथा कर्मचारीहरुले अहिले आन्दोलन भइरहेको बेलामा तपाईँ पनि उत्तरदायित्व रिपिट गर्नुस् भन्दा देवकोटाले मानेका थिएनन्। पछि आन्दोलनरत पत्रकार तथा कर्मचारीहरुले देवकोटाले पठाएको प्रोग्राम स्टोरेजबाट नै डिलिट हान्दिएका थिए। डिलिट गरेको जानकारी पाएपछि देवकोटा आफ्नो कोठाबाट रन्किँदै डेस्कमा आएर फेरि पनि आफैले प्रोग्राम पठाएका थिए।
त्यस्तै नेपाल ब्रोडकास्टिङ च्यानलकै नामबाट सञ्चालन भएको इ २४ टेलिभिजनका पत्रकार तथा कर्मचारीहरुलाई गएको एक वर्षदेखि तलब दिइएको छैन। इ २४ टेलिभिजनका पत्रकार तथा कर्मचारीहरुले तलब माग्दा उल्टै थर्काएर पठाउने गरेको बताएका छन्। यसबारे अहिलेसम्म कसैले बोलेका छैनन्।
साभार : माई संसारअपडेटः विवाद झन चर्कियो
सबै पत्रकार र कर्मचारीलाई नियमित तलबको माग गर्दै गएको पाँच दिनदेखि आन्दोलन गरिरहेकामा शुक्रबार साँझ केही साहुको नजिकको मानिसलाई तलब दिएपछि विवाद झन् चर्किएको छ।
शुक्रबार साँझ क्यामेरा र भिजुअल एडिटरका २० जना कर्मचारीलाई दुई-दुई महिनाको तलब दिएपछि विवाद चर्किएको हो।
साथै आजै नेपाल पत्रकार महासंघबाट न्यूज २४ टेलिभिजन प्रतिष्ठानका अध्यक्ष शुशीलबाबु अर्यालले उपाध्यक्ष यशोदा तिम्सिनालाई बोलाएर आन्दोलन निस्क्रिय पार्न लागेको आरोप आन्दोलनरत पत्रकार तथा कर्मचारीहरुले लगाएका छन्। पूर्व सहमति अनुसार टेलिभिजनमा कार्यरत सबै जनाको दुई-दुई महिनाको तलब नदिएसम्म पूर्ववत् काममा नफर्किने उनीहरुले बताएका छन्। एक कर्मचारीका अनुसार उपाध्यक्ष तिम्सिना न्यूज २४ मा आउँदा प्रतिष्ठानका अध्यक्ष शुशीलबाबु अर्यालले सिधै सञ्चालक अनिल जोशी कहाँ लगेका थिए। त्यहाँ करिब ३० मिनेट अनिल जोशी, चिरञ्जीवीराज देवकोटा, तपनाथ शुक्ला लगायतकासँग छलफल गरेपछि यहाँको अवस्था सबै ठिक रहेको र सबै तलब चुक्ता गरेको बताइएको थियो। तर जब उनी त्यहाँबाट तल आइन्, त्यति बेला आन्दोलनरत पत्रकार तथा कर्मचारीहरुले उनलाई घेरेर पूर्वसहमति अनुसार कुनै एक माग पनि पूरा नभएको बताए। उनीहरुले आज राति १२ बजेसम्म पनि सहमति अनुसार तलब नदिए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताएका छन्। आज पनि न्यूज बाहेक सबै कार्यक्रम रोकिएको छ र यति बेला न्यूज २४ टेलिभिजनले गीत बजाइरहेको छ।
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !