CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » सावधान !! चेक काट्नुअघि

सावधान !! चेक काट्नुअघि

हिजोआज एटिएम, डेबिट एवं क्रेडिट कार्डले अर्थको दुनियाँमा नयाँ क्रान्ति ल्याए पनि चेकको महत्व कम भएको छैन। आज पनि लेनदेनका लागि चेकभन्दा अरू कुनै उपयुक्त माध्यम छैन। बढी पैसा भुक्तानी गर्न चेक नै प्रयोग हुन्छ। राम्रो प्रमाण हुने भएकाले अहिले चेकको प्रयोग निकै हुन
थालेको छ। यसलाई प्रयोगमा ल्याउन सजिलो छ तर केही सावधानी भने अपनाउनुपर्छ।

बैंकमा एकाउन्ट खोलेपछि चेकबुक लिनु ग्राहकको अधिकार हो। प्रत्येक चेकको तल्लो भागमा नम्बर अंकित हुन्छ। चेकको पहिलो नम्बर निकै महत्वपूर्ण हुन्छ। चेक बुक लिँदा चेकको गन्ती गर्न बिर्सनु हुँदैन। चेक बुकलाई सधैं सुरक्षित स्थानमा राख्नुपर्छ। चेकमा पहिले साइन गरेर तथा खुम्च्याएर राख्नु हुँदैन।

चेक काट्दा 

- चेक काट्ने बेला कुनै पनि प्रकारको जालसाजी तथा हेराफेरीबाट बच्न विशेष सावधानी अपनाउनुपर्छ।

- चेकमा रुपैयाँ लेख्दा बीचमा खाली ठाउँ राख्नु हुँदैन। स्पष्ट अक्षरमा लेख्नुपर्छ।

- धनराशि सकेसम्म बायाँपट्ट िलेख्नुपर्छ।

- चेक मेटाउन नमिल्ने पेनले लेख्नुपर्छ।

- लिखित धनराशिभन्दा पहिले र पछि जुन खाली ठाउँ छ त्यसमा लाइन बनाउनुपर्छ।

- चेकमा धनराशिलाई अंकका साथ अक्षरमा लेख्नुपर्छ। किनभने शब्दमा लेखिएको राशि मेट्न सकिँदैन।

- चेकमा कुनै प्रकारको परिवर्तन गर्न चाहे हस्ताक्षर गर्नुपर्छ।

- यदि बाहिर जाँदा चेक दिनुपरे त्यसमा सुनिश्चित मिति लेख्नुपर्छ।

- क्यान्सिल गरिएको चेकलाई सुरक्षित स्थानमा राख्नुपर्छ।

- खाली तथा सिंगल चेक कसैलाई दिनु हुँदैन।

- भुक्तानी गर्दा एकाउन्टपेयी चेक नै काट्नुपर्छ।

चेक क्यान्सिल गराउँदा 

-चेक काटिसकेपछि कतिपय अवस्थामा चेकको भुक्तानी रोक्नुपर्ने स्थिति उत्पन्न हुनसक्छ। त्यसकारण जतिसक्दो चाँडो चेकको भुक्तानी रोक्नुपर्छ। यस विषयमा बैंकलाई तुरुन्तै जानकारी दिनुपर्छ। बैंकलाई आफ्नो एकाउन्ट नम्बर, चेक नम्बर, पुँजी, मिति र भुक्तान प्राप्तकर्ताको नाम बताउनुपर्छ। चेक भुक्तानी लिनुभन्दा पहिले कानुनी सल्लाह लिनुपर्छ।

चेक बाउन्स हुने कारण 

- चेकमा जति रकम लेखिएको छ त्यति रकम एकाउन्टमा नहुँदा।

- चेकको मिति सही नभए।

- चेक प्रदान गर्नेले बैंकको चेक रोक्ने निर्देशन दिए।

- चेकमा गरिएको हस्ताक्षर बैंक रेकर्डमा भएको हस्ताक्षरसँग नमिले

साभार ; नारी 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis