अन्य क्षेत्रमा जस्तै मेल डोमिनेटिङ बलिउड चलचित्र उद्योगमा पनि अब महिलाहरूको प्रभाव बढ्दै गएको छ। अभिनयमा मात्र नभई फिल्म मेकिङको क्षेत्रमा पनि महिलाहरू पुरुषलाई कडा टक्कर दिन थालेका छन्। अभिनेताहरूभन्दा कम पारिश्रमिक प्राप्त गर्ने अभिनेतृहरूको पारिश्रमिक पनि क्रमिक रूपमा बढ्दो छ। चलचित्र 'डर्टी पिक्चर' को सफलतापछि मात्र अभिनेतृको बलमा पनि फिल्म हिट हुन
नो वन किल्ड जेसिका ः मोडल जेसिका लालको हत्यामा आधारित यो चलचित्रलाई पनि दर्शकले खुबै मन पराए। पत्रकारको भूमिकामा रानी मुखर्जी र सबरिना लालको भूमिकामा विद्या बालनले यो चलचित्रलाई जीवन्त तुल्याए। मेल लिड एक्टरबिनाको यो चलचित्रले बक्स अफिसमा पनि राम्रो कमाइ गरेको थियो।
सात खुन माफ ः चलचित्र समीक्षकहरूले यो चलचित्रमा पि्रयंका चोपडाको अभिनयको निकै प्रशंसा गरेका थिए। यो चलचित्रमा अभिनेतृ पि्रयंकाले त्यस्ती महिलाको चरित्र निर्वाह गरेकी थिइन् जसले प्रेमको खोजीमा सातवटा विवाह गर्छिन् र एक-एक गर्दै आफ्ना सबै श्रीमान्को हत्या गर्न पुग्छिन्, तर उनको साँचो प्रेमको खोजी पूरा हुँदैन। त्यसो त यो चलचित्रले बक्स अफिसमा राम्रो प्रभाव देखाउन सकेन तर पि्रयंका चोपडाको अभिनयले सबैको ध्यान आकृष्ट गर्यो।
फेसन ः सन् २००८ को सुपरहिट चलचित्र 'फेसन' मा ग्ल्यामर वल्र्डपछाडि लुकेको अँध्यारो पक्षलाई देखाउने प्रयास गरिएको थियो। जसलाई दर्शकले हार्दिकताका साथ स्वीकार गरे। एउटी साधारण युवतीको सुपर मोडलसम्मको यात्रालाई अभिनेतृ पि्रयंका चोपडाले पर्दामा जीवन्त रूपमा प्रस्तुत गरिन्। मोडलको जीवन वरिपरि घुमेको यो चलचित्र वास्तविकता नजिक थियो।
ब्ल्याक ः २००५ मा प्रदर्शित यो चलचित्र अभिनेतृ रानी मुखर्जी अभिनीत राम्रा चलचित्रमध्येको एउटा हो। उनले सहजतापूर्वक एउटी अन्धी, लाटी युवतीको भूमिका निर्वाह गरेर दर्शकको मन जितेकी थिइन्। यो चलचित्रमा अमिताभ बच्चनको उपस्थिति हुँदाहुँदै पनि रानी आफ्नो अलग छाप छोड्न सफल भइन्।
कुरा बितेका दिनको
एकाध नै किन नहोस्, बलिउडमा वुमन सेन्टि्रक चलचित्रको इतिहास भने पुरानै छ। चर्चित फिल्ममेकर विमल रोयको परिणिता, सुजाता, वन्दिनी आदि चलचित्रको केन्द्रीय भूमिकामा महिला नै थिए। चलचित्र सीता, गीता र गुड्डीको कथा पनि पूर्णरूपले महिला चरित्रमा नै आधारित थिए। यसबाहेक चाँदनी, चालबाज, खुनभरि मांग, आखिर क्यों, मिर्च मसला, अर्थ, मृत्युदण्ड आदि चलचित्रमा पनि महिला चरित्रलाई फोकस गरिएको थियो। नर्गिसद्वारा अभिनीत सुपरहिट चलचित्र मदर इन्डियाको गिन्ती अहिलेसम्मकै राम्रो र स्मरणीय वुमन सेन्टि्रक चलचित्रमा गनिन्छ। यसैगरी डोर, पिन्जर, तहजिब, सत्ता, फायर, फिलहाल, लज्जा, चाँदनीबार, जुबैदा, फिजा आदि चलचित्र पनि महिलाहरूमै आधारित चलचित्र हुन्।
फिल्म मेकिङमा सहभागिता
पुरुषप्रधान बलिउडमा अभिनयका साथै प्रोडक्सनमा पनि पुरुषहरूकै बाहुल्य र वर्चस्व रहिआएको छ। यद्यपि समयसागै त्यसमा पनि परिवर्तन देखा परेको छ। अहिले अभिनयमा मात्र होइन फिल्म मेकिङको क्षेत्रमा पनि महिलाहरूको सहभागिता बढ्दै गएको पाइन्छ। फराह खान, जिया अख्तर, मेघना गुल्जार, पूजा भट्ट, तनुजा चन्द्रा, रीमा कागती, मीरा नायर, दीपा मेहता, एकता कपूर, किरण राव आदिले फिल्म निर्माण क्षेत्रमा आफ्नो अलग पहिचान बनाएका छन्। मीरा नायर तथा दीपा मेहताले आफ्नो चलचित्रलाई फर्मुला चलचित्रभन्दा फरक देखाउने प्रयास गरेका छन् र सोही कारणले यी दुवैजना विवादमा पनि फसेका छन्। त्यसबाहेक सिल्भर स्त्रिmनमा आफ्नो कला देखाइसकेका जुही चावला, शिल्पा सेट्टी, सुस्मिता सेन, लारा दत्ताजस्ता थुप्रै अभिनेतृ पनि फिल्म प्रोडक्सनमा अगाडि बढिरहेका छन्।
अभिनेतृहरूको आम्दानी
बलिउडमा वुमन सेन्टि्रक चलचित्रको दायरा मात्र बढेको छैन, अभिनेतृहरूको आम्दानी पनि बढेको पाइन्छ। भनिन्छ डर्टी पिक्चरको सफलतापछि अभिनेतृ विद्या बालनको पारिश्रमिक करिब ७ करोड भारु पुगेको छ। मधुर भण्डारकरको चलचित्र हिरोइनका लागि करिनाले पनि त्यति नै पारिश्रमिक प्राप्त गरेकी थिइन्। करिना चलचित्रबाट प्राप्त हुने लाभमा पनि आफ्नो हिस्सा प्राप्त गर्ने प्रथम नायिका हुन्। करिनाले एउटा चलचित्रका लागि साढे ४ करोडदेखि ५ करोड भारू पारिश्रमिक लिन्छिन्। कटरिना कैफले ४ करोड, पि्रयंका चोपडा र दीपिका पादुकोणले ३ करोड भारु लिन्छन्।
फिल्मका साथै विज्ञापनका माध्यमबाट पनि अभिनेतृको राम्रो कमाइ हुन्छ। चलचित्रमा मोटो रकम लिने अभिनेतृहरूले इन्डोर्समेन्टका लागि पनि राम्रै रकम असुल्ने गरेका छन् अर्थात् सिल्भर स्त्रिmनका साथै विज्ञापनमा पनि बलिउडका लिडिङ लेडी छाएको पाइन्छ। कटरिना र ऐश्वर्यालाई एउटा विज्ञापनका लागि ४ करोड, पि्रयंका, करिनालाई ३ करोड र दीपिका पादुकोणलाई साढे २ करोड भारु प्राप्त हुने गरेको छ अर्थात् बलिउडका लिडिङ लेडी अब हरेक स्थानमा मेल एक्टर्स बराबर देखिन थालेका छन्। साभार : नारी

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !