CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » म अब यो अत्यधिक सेक्स चाहना निस्तेज गर्न वा कम गर्न चाहन्छु। के यसको कुनै औषधी छ ?

म अब यो अत्यधिक सेक्स चाहना निस्तेज गर्न वा कम गर्न चाहन्छु। के यसको कुनै औषधी छ ?

म २८ वर्षिय पुरुष हुँ। मेरो विवाह भैसकेको छ, तर मेरी श्रीमती प्रायःजसो यौनसम्पर्क गर्न मान्दिनन्। म धेरै कर गर्छु तर सक्दिनँ। हामीबीच महिनामा लगभग दुई पटकजति मात्र सम्पर्क हुन्छ। त्यसमा पनि मलाई उनको बाध्यता जस्तो मात्र लाग्छ, किनभने उनी खासै उत्तेजित हँुदिनन्। यौनसम्पर्क हुँदा म पूर्वक्रीडामा समेत धेरै समय खर्चन्छु र
लगभग एक घण्टाजति त सम्पर्क नै गर्छु। मैले उनको मेडिकल चेक अप पनि गराएँ। सबै थोक नर्मल नै छ। उनमा यौनचाहना नै नभएको हो वा उनी अरू पुरुषसँगको सम्पर्कमा छिन् मलाई थाहा छैन। म अब हस्ताक्षेप गर्ने वा यौनसम्पर्कका लागि कर गर्ने पक्षमा पनि छैन, किनभने यो उनको आफ्नो अधिकारको कुरा हो। मैले उनको हरेक समस्या समाधान पनि गरेकै छु जस्तो लाग्छ। मलाई अत्यधिक उत्तेजनाले गर्दा असहज नै हुन्छ। जतिबेला पनि यौनसम्पर्कका बारेमा सोच्छु। यसले अफिसलगायत अरू काममा समेत असर पर्न थालिसक्यो। म एक प्रकारको बिरामीजस्तै हुन्छु। यौन सम्पर्ककै लागि म एक-दुई पटक यौन व्यवसायीकहाँ समेत पुगें, तर मलाई त्यसो गर्नु ठीक लागेन र फर्किएँ। म अब यो अत्यधिक चाहना निस्तेज गर्न वा कम गर्न चाहन्छु। के यसको कुनै औषधी छ ? त्यस्तो औषधीको प्रयोगका लागि श्रीमतीको सहमति चाइन्छ वा चाहिँदैन ? यदि औषधी पनि छैन भने म के गरूँ ?                                                 २३५के.

असमान यौनेच्छा

दम्पती वा जोडीमध्ये एकलाई बढी यौनेच्छा हुने र अर्कोलाई कम हुने अनमेल वा असमान यौनेच्छा -mष्smबतअजभम ष्दिष्मय) ले वैवाहिक तथा यौनजीवनमा धेरै असजिलो स्थिति उत्पन्न गरेको देखिन्छ। धेरैजसो स्थितिमा यस्तो अनमेल हुनुको दोष आफ्नो यौनसाथी वा श्रीमान् वा श्रीमतीलाई नै दिने गरेको पाइन्छ। दाम्पत्य जीवनभित्र यौनसम्पर्क राख्न तुलनात्मक रूपमा सहज हुने भए पनि अन्य कतिपय कुराले यसलाई गम्भीर रूपमा असर पारिरहेको हुनसक्छ। यी कुरा, के-कस्ता कुराले व्यक्तिलाई उत्तेजित पार्छ, यौनसम्पर्क कत्तिको सुखदायी हुने गरेको छ देखि यौनदेखि बाहिरका अन्य सम्बन्धको सुमधुरता कस्तो छ भन्नेसम्म हुनसक्छ। यस्तो स्थितिमा कसैले यौनसम्पर्क नै राख्न नमान्ने हुन्छ भने कसैले यौनसम्पर्क राखे पनि त्यसमा कुनै उत्साह देखाउँदैनन्। 

समस्याको कारण के होला ? 

एक त तपाईंकी श्रीमतीमा यौनचाहना नै कम भएको हुन सक्छ भने अर्कातिर अन्य कारण पनि हुन सक्छन्। पहिले महिलामा यौनचाहना कम हुने कारणका बारेमा कुराकानी गरौं। तपाईंकी श्रीमती यौन क्रियाकलापमै संलग्न हुन नरुचाउनुभएको हो भने पर्याप्त मात्रामा यौनचाहना नहुनु, यौन उत्तेजना नै सुरु नहुनु वा यौनसन्तुष्टि गर्न बाधा पार्ने कुनै पनि कुराका शारीरिक, मानसिक वा दुवै कारण हुन सक्छन्। पाठेघर वा वरिपरी संक्रमण भएका कारण यौनसम्पर्क नै पीडादायक हुने भएकाले महिलाले यौनसम्पर्क नै गर्न मान्दैनन्। केही दीर्घरोगमा पनि यस्तो प्रभाव पर्न सक्छ। त्यसैगरी मानसिक कारणहरूमा यौनप्रतिको गलत मानसिकता, आफैंभित्रका मानसिक विरोधाभास, लोग्नेबाटै भए पनि यौन दुव्र्यवहारजस्ता निकै दुःखपूर्ण/आघातपूर्ण पूर्व यौन अनुभूतिहरू जस्ता कुरा यौन क्रियाकलापमा सहज रूपमा लाग्नबाट रोक्न सक्छ। त्यसबाहेक दैनिक जीवनमा आइपर्ने तनावहरू जस्तै चिन्ता, निराशा, थकाइ, अन्तरव्यक्ति सम्बन्धको चिसोपन तथा दम्पतीबीचको तनाव आदि यसका कारण हुन सक्छन्। यो तपाईंको पारिवारिक जीवनका अन्य कतिपय कुरासँग पनि सम्बन्धित हुन सक्छ। उमेर अनुरूप पनि यौनेच्छाको तीव्रतामा परिवर्तन आउँछन्। यी सबै कुराको सूक्ष्म अवलोकन तपाईंले नै गर्न सक्नु हुन्छ। 

अब समस्याको कारणको अर्को पाटोलाई हेरौं। तपाईंलाई थाहै हुनुपर्छ, यौनसम्बन्धी चाहना, आवश्यकता अनि यौनेच्छा वा यौन व्यग्रता व्यक्तिअनुसार फरक-फरक हुन्छ। कसैलाई बढी त कसैलाई कम हुन्छ। यहाँ तपाईंको आवश्यकता बढी र श्रीमतीको कम भएको देेखिन्छ। यौनेच्छामा हुने यी असमानता वा अनमेल स्वाभाविक हुन् र वैवाहिक जीवनमा बाँधिएपछि यसैअनुसार यौनजीवनलाई ढाल्नुपर्छ भन्ने सोच नहुनु र अरूमा दोष देख्नु अनि यस्ता कुराले निम्त्याउने असझदारी यसको मुख्य कारण हुन पुग्छ। प्रत्रमा तपाईं आफूले सक्दो सहने प्रयास गर्नुभएको कुरा झल्काउनुभएको छ तर समझदारीका लागि आवश्यक कुराकानी गर्नुभएजस्तो लाग्दैन। यदि त्यस्तो हुँदो हो त तपाईंले यौनेच्छा नै नभएको हो वा होइन, थाहा पाउनुहुन्थ्यो होला वा समस्या के हो, राम्रोसँग कुराकानी गर्नुहुन्थ्यो होला। 

समाधान के त ?

यदि श्रीमतीमा यौनचाहना नभएको हो वा अन्य कारणले यौनसम्पर्क राख्न नचाहनुभएको हो भने त्यसलाई हटाउनुपर्ने हुन्छ। मेडिकल जाँच गराउँदा केही खराबी नभेटिनु राम्रो कुरा नै हो। आशा गर्छु, तपाईंले स्त्रीरोग विशेषज्ञबाटै जाँच गराउनुभएको होला। तपाईंकी श्रीमतीपछि सम्पूर्ण परिस्थितिका बारेमा सबैभन्दा बढी तपाईंलाई नै थाहा हुने भएकाले त्यसको विश्लेषण गरेर समाधानको बाटो पहिल्याउनुहोस्। तपाईंले सक्दो सहयोग गरेको कुरा उल्लेख गर्नुभएको छ र हस्तक्षेप नगर्ने कुरा गर्नुभएको छ, जसको म प्रशंसा गर्छु। यौनपेसाकर्मीकहाँ नजाने कुरा पनि एकदमै बुद्धिमत्तापूर्ण निर्णय हो। 

अर्को कुरा, तपाईंले चाहेजस्तै र आफ्नो अनुकूलताअनुसार नै सबै कुरा नहुन सक्छ। यहाँ दुई व्यक्ति संलग्न हुने भएकाले दुवैको चाहना अनि अनुकूलतालाई विचार गरेर कुनै मध्यबिन्दुमा दुवैले भेट्नुपर्ने हुन्छ। यौन सम्पर्क राख्ने चाहना नहुनुको कारण पत्ता लगाउने र त्यसलाई हटाउनेतर्फ ध्यान दिनुपर्ने हुन्छ। वास्तवमै अर्को व्यक्तिसँग यौनसम्बन्ध छ भने आ-आफ्नो बाटो रोज्नु मनासिव होला, तर अनावश्यक रूपमा शंका गर्नाले समाधान दिँदैन। 

के औषधी खानुपर्ला ?

सर्वप्रथम केका लागि औषधी खाने भन्ने स्पष्ट हुनु आवश्यक छ। यौनेच्छा स्वाभाविक हो, यसलाई कम वा निस्तेज पार्नुपर्ला जस्तो लाग्दैन। त्यसैले औषधी सेवनतर्फ नसोच्न सल्लाह दिन्छु। समस्याको समाधान भएपछि यी सबै कुरा सकारात्मक रूपमा परिवर्तन हुन्छन्। श्रीमतीले अहिले लिङ्ग-योनि मैथुन गर्न नमान्नुभएको हो भने तपाइर्ंले श्रीमतीको सहयोग र सहमतिमा उहाँको शरीरको अन्य अङ्गसँग लिङ्ग घर्षण गराएर आनन्द लिन सक्नुहुन्छ। यदि त्यस्तो स्थिति छैन भने समस्याको समाधान नभएसम्म यौन तनाव शान्त पार्न हस्तमैथुनको सहयोग लिन सक्नुहुन्छ। यद्यपि त्यसले यौनेच्छा शान्त भयो भनेर वास्तविक समस्या समाधानका लागि गर्नुपर्ने प्रयासबाट भने विमुख नहुनुहोला। 

साभार : साप्ताहिक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis